• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

पूर्णिमाको यात्रा– चुल्होदेखि चुचुरोसम्म

64x64
रासस मंगलबार, असोज २६, २०७८  १५:४३
1140x725

पोखरा- “अहिले  सम्झँदा अचम्म लाग्छ, एउटा गाउँको मध्यम वर्गीय किसान परिवारकी छोरी मैले हिमाल चढ्ने सपना कहिल्यै देखेकी थिइनँ तर आज पाँच–पाँचवटा हिमालको चुचुरोमा पुग्न सफल भएँ। हिमाल आरोहणको यात्रा आफैँका लागिसमेत एक किसिमले ‘सरप्राइज’ भयो।”

एकपछि अर्को सफलता हासिल गर्दै हिमाल आरोहीका रुपमा आफ्नो परिचय स्थापित गर्न सफल फोटो पत्रकार पूर्णिमा श्रेष्ठको अनुभव हो यो। श्रेष्ठले यही असोज १५ (अक्टुबर १) मा  धौलागिरि  हिमाल  आरोहण गर्न सफल भइन्। उनीसँगै अर्का आरोही महिला पासाङल्हामु शेर्पाले पनि धौलागिरि हिमाल आरोहण गरी प्रथम महिला आरोहीको सूचीमा आफूलाई पार्न सफल भइन्। उनीहरु दुवै जनाले आफ्नो नाम राख्न सफल भएका हुन्।

फरक पृष्ठभूमिबाट पनि लगातार हिमालको चुचुरोमा पुगेर कीर्तिमान राख्न सफल उनले खुसी साट्ने क्रममा भनिन्, “जीवनमा सधैँ सोचेको र देखेको सपनाबाट मात्र सफल भइन्छ भन्ने होइन रहेछ, मैले हिमाल चढ्ने सपना देखेकी थिइनँ तर फरक क्षेत्रबाट आफूलाई स्थापित गर्छु भन्ने सोचले चुचुरोतिर पुर्‍यायो र सफल पनि बनायो।”

अहिले बटुलेका खुसीहरुसँग रमाइरहँदा उनी आफ्नो बाल्यकाल र विगततिर पनि फर्किइन्। “म घरभित्रको काममा रमाउँथे, कसैले कहीँ घुम्न जाऊँभन्दा पनि घरमा खाना पकाउनुपर्छ भनेर बसिरहन्थेँ, घर सफासुग्घर राख्न खुबै मन पर्थ्यो, आज म चुल्होबाट चुचुरोमा पुग्न सफल भएँ, मेरो सफलतामा साथीहरु पनि दङ्ग छन्।” आफूलाई सधैँ चुनौतीको सामना गर्न मनपर्ने पूर्णिमालाई आफ्नो अनुभव नै नभएको क्षेत्रमा प्राप्त गरेको सफलताले यतिखेर दङ्ग बनाएको छ।

गोर्खा आरुघाटमा मध्यम किसान परिवारमा जन्मिएकी पूर्णिमा २०६४ सालमा उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ पुगिन्। काठमाडौँको त्यही भीडबाटै आफूलाई फरक पहिचानको खोजी व्यस्त बनाइन् पूर्णिमाले। बुबा आमाको सपना थियो छोरी टेलिभिजनमा समाचार पढेको हेर्ने तर छिटो बोल्ने, अशुद्ध पनि भएकाले पूर्णिमाले टेलिभिजनको पर्दामा आफूलाई सफल हुन नसक्ने निष्कर्ष आफैँ निकालिन्।

उनमा पत्रकारिताको हुटहुटी पनि चलिरहेकै थियो। त्यसैले फुड एन्ड वाइन म्याग्जिनमा समाचारदाताका रुपमा काम गरिन्।  समाचारदाताहरुको पनि भीड नभएको कहाँ हो र? तर त्यो भीड पनि छिचोल्दै जाँदा पत्रकारितामा महिला फोटो पत्रकार धेरै नभएको र तुलनात्मक रुपमा जोखिमपूर्ण पेसा लागेपछि यसबाट आफ्नो पहिचान बनाउने अभ्यासमा जुटिन्। कर्ममा विश्वास गर्ने र मिहिनेत गर्ने बानीले होला पत्रकारिकातामा पैसा हुँदैन भन्नेहरुका लागि पनि गतिलो उदाहरण बन्ने हिम्मत पूर्णिमामा पलाइरहेको थियो।

“म काममा विश्वास गर्छु, त्यसैले पनि मिडियामा केही हुन्न भन्नेका लागि आफ्नै कमाईमा पनि स्तरीय जीवन व्यतीत गरेर देखाँउछु भन्ने लाग्थ्यो,” उनी भन्छिन्। पूर्णिमाले आफ्नै पारिश्रमिकबाट तीन लाखको क्यामेरा किनिन्। यसै सिलसिलामा सन् २०१७ मा इन्जा रिपोर्टिङ्गमा गएकी साथी सृष्टि काफ्लले सर्वोच्च शिखर सगरमाथाको सौन्दर्यको बयान गरिदिएपछि पूर्णिमालाई त्यति नै बेला उडेरै सगरमाथ पुगुँझैं लाग्यो तर आरोहीका रुपमा होइन फोटो पत्रकारका रुपमा। उनलाई मोह जाग्यो, कहिले हिमालमा पुगुँला र सुन्दर दृश्य क्यामेरामा कैद गरुँ भनेर। अब उनले सगरमाथा बेसक्याम्प पुग्ने बाटोहरुको खोजी गर्न थालिन्। सन् २०१७ मा एभरेष्ट म्याराथन गराउने कम्पनीका सञ्चालक विक्रम पाँणेकाजीलाई पाँच महिनाअघि देखि नै सम्पर्क गरिन्। आफू ‘अफिसियल फोटोग्राफर’ का रुपमा त्यहाँ पुग्न चाहेको र जसरी पनि सहभागी गराउन अनुरोध गरिन्।

आयोजकले दुब्ली पातली पूर्णिमालाई विभिन्न कठिनाइ देखाइरहे तर उनको आत्मविश्वासको अगाडि कम्पनि पनि बाध्य भयो। सम्पूर्ण प्रक्रिया पूरा गरेर उनलाई बेसक्याम्पसम्मको कार्यक्रममा सहभागी गरायो।  यसरी पूर्णिमालाई पहिलो पटक हिउँसँग स्पर्श गर्ने अवसर प्राप्त भयो।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल हिमालैहिमालको देश रहेछ भन्ने तथ्यलाई भित्रैदेखि अनुभूति गर्ने अवसर त्यतिबेला मिलेको उनी सुनाउँछिन्। त्यही बेसक्याम्पसम्मको अनुभव नै उनलाई हिमालको चुचुरोमा पुर्‍याउने सशक्त आधार बन्यो। मनमा हिमाल उक्लने चाहनाहरु बढ्न थाल्यो। हिमाल आरोहणका बारेमा सिक्न र जान्न मन लाग्न थाल्यो। एक दिन साथीभाइमाझ सगरमाथा चढ्छुभन्दा पूर्णिमा हाँसोको पात्रसमेत बनिन्। 

“स्वाभाविक पनि हो बेसक्याम्पको यात्रा छिचोल्न निकै सास्ती भएर घोडाको सहारा लिन पुगेको मान्छे सगरमाथाको चुचुरोमा पुग्छुभन्दा पत्याउने कुरै भएन,” उनी सम्झन्छिन्।

धेरैले उनलाई हिमाल आरोहणमा सोचे जसरी प्रेरित भने गरेनन्। किन चढ्ने हिमाल? हिमाल चढेर के हुन्छ? भन्नेको सङ्ख्या निकै धेरै थियो तर त्यसको उत्तर उनीसँग थिएन। फेरि त्यसबीचमा निकै कमले मात्र भित्री इच्छालाई बुझेर त्यो आँटलाई पूरा गर्नुपर्छ भनेर हौसला दिन्थे। पूर्णिमाले आफ्नो चाहना पूरा गर्ने प्रयास जारी राखिन्। उनलाई ननिदाई देख्ने सपनाको नसा लागिसकेको थियो। त्यसैले त्यो सपना पूरा गर्न उनी कैयौँ रात जागै बसिन्।

दिनदिनै जागेको यही भोक मेटाउन एक दिन हिमाल आरोहण कम्पनिको मानिसलाई आफ्नो सगरमाथा चढ्ने इच्छा सुनाइन्। सगरमाथा चढ्नुअघि ६ हजार मिटर चुचुरो चढ्नुपर्ने सुझाव पाएपछि उनी त्यसको तयारीतिर लागिन्। “मलाई यसरी तालिम विना नै सहजै हिमाल चढ्छु, भन्ने आँट कसरी आयो होला?” यो आफ्नै प्रश्नको जवाफ उनले अहिलेसम्म पनि पाएकी छैनन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनी अहिले पनि अनुत्तरित प्रश्नमै रोकिन्छिन्। आर्थिक पाटोको समस्या पनि उस्तै थियो। यसबीचमा आफू अध्ययरत स्कुलका भाइबहिनीले खाजा रकम जोगाएर दिएको सहयोग रकमदेखि साथीहरुले आफ्नो रहर पैसाले रोक्नु हुँदैन भन्दै दिएको ऋणसम्म गरेर रु चार लाख, विभिन्न शुभचिन्तकबाट प्राप्त साथ सहयोग र शुभेच्छाले मानसिक रुपमा त उनले चुचुरो चढिसकेका छन्।

सशरीर मात्र त्यहाँ पुग्न बाँकी थियो। अन्ततः आमा बुबादेखि सम्पूर्णको आशीर्वाद लिएर सन् २०१७ सेप्टेम्बर पहिलो हप्ता मनास्लु हिमाल आरोहण दलमा सहभागी भएर चुचुरोतिर उनको पाइला लम्के।

विभिन्न कठिनाइ हण्डर र ठक्कर सबैको अनुभव बटुल्दै २२ दिनमा उनी असोज १२ गते (सेप्टेम्बर २६) सन् २०१७ मा पहिलोपल्ट आठ हजार एक सय ६३ मिटरको मनास्लु हिमालको चुचुरोमा पुग्न सफल भइन्। जीवनको पहिलो हिमाल आरोहणको अनुभव उनले मनास्लु हिमालबाट लिइन्।

त्यसपछि उनको आत्मविश्वास हिमालजस्तै अग्लिँदै गयो। सन् २०१८ मे १९ मा उनले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिन्। त्यसैगरी सन् २०२१ अप्रिलमा अन्नपूर्ण प्रथम र २०१९ नोभेम्बर १० आमादब्लम हिमालको सफल आरोहणको अनुभव बटुलिन्। धौलागिरि हिमाल उनी दोस्रो प्रयासमा सफल भइन्।

“हिमाल आरोहण मृत्यु बोकेर हिँडेको यात्रा हो, कति बेला कहाँ के हुन्छ थाहा छैन तर त्यही जोखिम र चुनौतीबीच प्राप्त खुसी र आनन्द सबैभन्दा ठूलो उपलब्धि हो,” श्रेष्ठले भनिन्।

“हिमाल चढेको खुसी सम्झिरहँदा यसको ऋण सकेसम्म नसम्झनु परे हुन्थ्यो जस्तो लाग्छ,” उनले साथीभाइसँग ऋण लिएर हिमाल चढेको र कम्पनी र गाइडलाई बुझाउने पैसाको अभाव भएको प्रसङ्ग पनि जोड्न छुटाइनन्।

धनभन्दा अघि मन सारेर बटुलेको इच्छाशक्तिले आरोहणमा सफलता मिलेको स्मरण गर्दै उनले हिमाल चढ्दाका प्रत्येक पाइला याद रहेको बताइन्। “जति मिहिनेत गर्‍यो, उत्ति सफलता हात पर्छ, भन्ने यथार्थ भोगाइलाई आत्मसात् गर्न पाएँ,” श्रेष्ठले भनिन्।

उनले यसअघि अन्नपूर्ण प्रथम आरोहण गर्नुपूर्वको तयारी राम्रो भएकाले आर्थिक बोझ कम भएको सुनाइन्। “अन्नपूर्ण प्रथमका लागि प्रदेश सरकारको पनि सहयोग रहेकाले दिल खोलेर खुसी साट्न पाएको थिएँ तर अहिले धौलागिरि हिमाल भने ऋणमै पुगेर आएँ,” उनले भनिन् “उमेर छ समय पनि छ, कुनै दिन तीर्न सकूँला नि भनेर बसेकी छु ।” उनले सबैको जीवनमा एउटा–एउटा सगरमाथा हुने र त्यो चढ्न निकै गाह्रो हुने अनुभव सुनाइन्। आफ्नो जीवनमा हिमाल नै ऊर्जा भएकाले अब जस्तै कठिन अवस्था आए पनि सहजै पार लगाउन सक्छु भन्ने आत्मविश्वास बढेको उनको भनाइ छ । यतिखेर सफलतामा आएका समाचार र साथीभाइका शुभकानामा पनि आफ्नो १० लाख ऋण भने भित्रभित्रै सम्झिरहने उनी बताउँछिन्।

हिमाल आरोहणको यात्रामा आफू नथाक्ने यात्री भएकाले निरन्तरता दिने योजना उनको छ। नेपालका आठ हजार मिटरभन्दा माथिका कञ्चनजङ्घा, ल्होत्से र मकालु एकै याममा चढ्ने योजना बनाइरहेकी श्रेष्ठले किलर माउन्टेन भनेर चिनिने केटु हिमाल भने साँचेर राख्ने र चढ्न हतार नगर्ने बताए।

“केटु हिमाल साँचेर राखेको सपना हो, हतार गर्दिनँ,” उनले भनिन्। पत्रकारितमा स्नातकोत्तर  श्रेष्ठले आफूभित्रको विशेष क्षमताको समयमै पहिचान गर्न आफू सफल भएको बताइन्। नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियजगत्मा ब्रान्डिङ गर्न पर्वतारोहण पर्यटनलाई जोड दिन उनको सुझाव छ। नेपालमा रहेका अनगिन्ती चुचुरोहरु प्रचारप्रसारको अभाव ओझेलमा रहेको बताउँदै सरकारले देशका हरेक हिमालको पहिचान र परिचयबाहिर ल्याएर विशेष नीति निर्माणसहित यसको प्रवद्र्धनमा जोड दिनुपर्ने सुझाव दिइन्। 

प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  १५:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने सोमबार, कात्तिक २, २०८३
काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन सोमबार, कात्तिक २, २०८३
क्यानडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्