• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख २१, २०८३ Mon, May 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

पर्यटकका लागि शुक्लाफाँटा खुला

64x64
रासस शुक्रबार, असोज १५, २०७८  ०९:५२
1140x725

कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्‍ज आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिएको छ। पर्यटकीय गतिविधिका लागि निकुञ्‍ज खुला गरिएको हो। विश्वव्यापी सङ्‍क्रमणका रूपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरसको भयावह परिस्थितिलाई मध्यनजर गर्दै वैशाखदेखि बन्द गरिएका पर्यटकीय गतिविधि निकुञ्‍जमा खुला गरिएको हो।

हात्ती सफारीबाहेकका पर्यटकीय गतिविधिका लागि निकुञ्‍जमा नियमानुसार अनुमति लिइ प्रवेश खुला गरिएको निकुञ्‍जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए।

जङ्‍गल सफारी, जङ्‍गल वाक, र्‍याफ्टिङ तथा डुङ्‍गा विहार, क्याम्पिङ र फिसिङलगायतका पर्यटकीय गतिविधि खुला गरिएको उनले जानकारी दिए। 'निकुञ्‍ज प्रवेश गर्नेले तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्णरूपमा पालना गर्नुपर्नेछ,' उनले भने, 'अनिवार्यरूपमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्नुपर्ने र जङ्‍गल सफारी तथा जङ्‍गल वाकमा जाँदा अनिवार्यरूपमा नेचरगाइड साथमा हुनुपर्नेछ।'

उनका अनुसार जङ्‍गल वाकको हकमा एउटा गाइडले तीन र दुई गाइडले १० पर्यटकलाई गाइड गर्न पाउनेछन्। तोकिएको रुटमा मात्रै जङ्‍गल ड्राइभ, जङ्‍गल वाक, क्याम्पिङ तथा फिसिङ गर्न पाइनेछ। कोरोना महामारीका कारण बन्द रहेको निकुञ्‍जमा पर्यटकीय गतिविधि खुला गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि हुने अपेक्षा गरिएको छ। निकुञ्‍ज ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ। निकुञ्‍जको प्रमुख विशेषताका रूपमा ५४ दशमलव पाँच वर्गकिलोमिटरमा फैलिएको घाँसेमैदान र त्यसमा विचरन भइरहने बाह्रसिङ्‍गेको ठूलो बथान हो।

सबैभन्दा बढी पर्यटकले बाह्रसिङ्‍गेको बथान हेर्ने गर्दछन्। बाघको सङ्ख्यालाई र बाघ पाइने क्षेत्रलाई हेर्ने हो भने सानो क्षेत्रमा बाघको घनत्व बढी भएको क्षेत्रका रूपमा सो निकुञ्‍ज रहेको छ। निकुञ्‍जमा ३६ प्रकारका स्तनधारी, १२ प्रकारका घस्रने जन्तु, २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा ३५ प्रजातिका पुतली र ४५० प्रजातिका चरा पाइने गर्दछन्।

nimb
nimb
Ncell 2
Ncell 2

हात्ती र गैँडासमेत निकुञ्‍जमा रहेका छन्। निकुञ्‍जमा पुग्ने पर्यटकको आकर्षणका रूपमा घाँसेमैदान, रानीताल, सिंहपाल बाबा मन्दिर, शिलालेख क्षेत्र, कृष्णसार संरक्षण गरिएको हिरापुर क्षेत्र, झोलुङ्‍गे पुल र कालिकिच ताल रहेका छन्।

सीमानाकामा तालिमप्राप्त कुकुरसहित सुरक्षाकर्मी परिचालन गरिने
जिल्ला प्रहरी कार्यालयले दसैं-तिहारका लागि सीमानाकामा तालिमप्राप्त कुकुरसहित सुरक्षाकर्मी परिचालन गर्ने भएको छ। सीमा क्षेत्रमा पहिलोपटक कुकुरसहित सुरक्षाकर्मी परिचालन हुन लागेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले चाडपर्वका बेला अवाञ्छित गतिविधि हुन नदिन सीमानाकामा कुकुरसहित सुरक्षाकर्मी परिचालन गर्ने योजना बनाइएको बताए।

पश्चिमी सीमा नाका गड्डाचौकी र दक्षिण पूर्वी नाका गौरीफन्टामा कुकुरसहित प्रहरी परिचालन गर्न लागिएको हो। जिल्ला प्रहरी कार्यालयसहित मातहतका सबै प्रहरी युनिट दसैं-तिहार सुरक्षाका लागि सक्रियरूपमा परिचालन गर्ने तयारमा प्रहरी कार्यालय लागेको छ। त्यसका लागि मातहतका सबै प्रहरी युनिटसँग छलफल अघि बढाइएको प्रवक्ता न्यौपानेले बताए।

प्रहरीले दसैं-तिहारमा सीमानाकासहित पूर्व-पश्चिम राजमार्ग, बढी भीडभाड हुने ठाउँ, आपराधिक गतिविधि बढी हुने क्षेत्र, सार्वजनिक यातायातलगायतका क्षेत्रलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मिलाउँदै आएको छ। यस वर्ष पनि प्रहरी शान्ति सुरक्षाका लागि योजनाबद्धरूपमा अघि बढ्न लागेको हो।

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  ०९:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन नेपाल वायुसेवा निगमले काठमाडौंबाट गुल्मीका लागि आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो । शनिबार, वैशाख ५, २०८३
११ महिनामा करिब ५ हजार पर्यटकले गरे फोक्सुण्डो तालको भ्रमण शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार यो अवधिमा ४ हजार ३६२ जना नेपाली, ५५ जना सार्क मुलुकका तथा ४६५ जना अन्य विदेशी पर्य... शुक्रबार, चैत २७, २०८२
मार्चमा १ लाख २० हजारभन्दा बढी विदेशी पर्यटक नेपाल घुम्न आए मार्च महिनामा मात्रै सार्क राष्ट्रहरूबाट ४२ हजार ६६८ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको करिब ३५ प्रतिशत हो । यसमध्ये भारतबाट सबैभ... बुधबार, चैत १८, २०८२
ताजा समाचारसबै
रास्वपाले ल्यायो स्थानीय चुनावका लागि उम्मेदवार छान्ने नयाँ रूपरेखा (पूर्णपाठ) सोमबार, वैशाख २१, २०८३
कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन : प्रधानमन्त्री सोमबार, वैशाख २१, २०८३
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सोमबार, वैशाख २१, २०८३
मन्त्रिपरिषद बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी सोमबार, वैशाख २१, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’ आइतबार, वैशाख २०, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
धोबी खोला किनारको सार्वजनिक जग्गामा बनेको ८ तले भवनमा डोजर आइतबार, वैशाख २०, २०८३
रास्वपा सचिवालय सदस्य सागर ढकालले लिए पद तथा गोपनीयताको शपथ आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्