• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कसरी आयो बजेटमा स्रोत नखोजिने व्यवस्था?

64x64
दुर्गा दुलाल बिहीबार, असोज १४, २०७८  ०९:०२
1140x725

काठमाडौं- संघीय संसद्‍अन्तर्गत दुवै सदनको बैठकमा विरोध जारी राखेको प्रतिपक्षी दल नेकपा (एमाले)ले गएको सोमबार नयाँ नारा लगाएको छ। सोमबार बिहान बसेको राष्ट्रिय सभाको बैठकमा एमाले सांसद परशुराम मेघी गुरुङले सरकारले कालो धनलाई सेतो बनाउने प्रयास बजेटको आर्थिक ऐनमा गरेको दाबी गरे।

केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन विधेयकमार्फत् संशोधन गर्दै वर्तमान सरकारले पेस गरेको बजेटमा संविधानको धारा २० ले भूतप्रभावी कानुन बनाउन नपाउने व्यवस्थाको उल्लंघन र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनविपरीत हुनेगरी लगानीको स्रोत नखोज्ने व्यवस्था राखेको भन्दै उनले उक्त व्यवस्था हटाउनुपर्ने माग गरे।

प्रतिनिधि सभा बैठकमा पनि एमालेले विरोधलाई निरन्तरता दियो। सोमबारको नाराबाजीमा एमालेले लगानीको स्रोत नखोज्ने भनी बजेटमा गरिएको व्यवस्था खारेजीकै माग उठायो। त्यसको अघिल्लो दिन ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकमा पनि यो कुरा उठेको थियो। संसद्‍ बैठक निरन्तर अवरोध गरिरहेको एमालेले यो अजेण्डालाई नयाँ नाराको रूपमा थप गरेको हो। यससँगै बजेटमा उल्लिखित लगानीको स्रोत नखोज्ने व्यवस्थाको पक्ष र विपक्षमा अहिले बहस भइरहेको छ।

आर्थिक अध्यादेशको दफा (६) मा थपिएको व्यवस्था 
तत्कालीन प्रधानमन्त्री ओलीले जेठ ८ गते प्रतिनिधि सभा दोस्रो पटक विघटन गरेका थिए। प्रतिनिधि सभा विघटनपछि उनको सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान भन्दै अध्यादेशमार्फत् ल्याएको बजेट सार्वजनिक गरेको थियो। उक्त बजेटमा केही संशोधनसहित वर्तमान अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस गरेका थिए।

संसद्‍मा पेस गरेको ‘अर्थसम्बन्धी विधेयक’ को दफा ६ मा आयकर ऐनको दफा ११ (ख) पछि ११ (ग) थप गरी निश्चित क्षेत्रमा २०८० सालसम्म गरिएको लगानीको आयस्रोत नखोजिने उल्लेख गरिएको थियो। अर्थ मन्त्रालयका एक सहसचिवका अनुसार बजेटको प्रतिस्थापन विधेयक तयारीका क्रममा यो बुँदा राखिएको थिएन। पछि अर्थमन्त्री शर्मा आफैंले उक्त बुँदा थप गरेको ती सहसचिवको भनाइ छ।

बजेट निर्माणमा संलग्न ती सहसचिवका अनुसार यस्तो व्यवस्था बजेटमा राख्न विगतमा पनि दबाब आउने गरेका थिए। तर, नेपालमा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४’ जारी भइसकेकोले त्यसविपरीत हुने व्यवस्था बजेटमा राख्न नहुने कुरामा मन्त्रीहरू सहमत हुन्थे। यस पटक पनि सुरुमै मन्त्रालयमा दबाब आएको थियो तर आफूहरूले सम्भव नहुने अडान राखेपछि उक्त व्यवस्था नराख्न अर्थमन्त्री शर्माले सहमति जनाएको ती सहसचिवले स्मरण गराए। सोहीअनुसार प्रतिस्थापन विधेयक तयार गरेर पठाएको भए पनि पछि अर्थमन्त्री कसैको दबाबमा परेर उक्त बुँदा थप गरेको हुनसक्ने उनी बताउँछन्।

तर राष्ट्रिय सभा र सार्वजनिक कार्यक्रममा अर्थमन्त्री शर्माले त्यसलाई खण्डन गर्दै सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार नियन्त्रणलाई प्रभाव पार्ने काम नगर्ने बताउँदै आएका छन्। उनले यी कानुनसँग बाझिने कुनै पनि कानुन नल्याउने दाबीसमेत गरेका छन्। सरकारले यस्तो व्यवस्था गरेको सार्वजनिक भएलगत्तै अर्थ मन्त्रालयले पनि खण्डन गर्दै सम्पत्ति शुद्धीकरणमा छुट दिन नसकिने प्रस्टीकरण दिएको थियो।

कालो सूची वा कारबाहीमा पर्नसक्ने! 
सम्पत्ति शुद्धीकरणसम्बन्धी विषय हेर्ने अन्तर्राष्ट्रिय निकाय फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) र एसिया प्रशान्त क्षेत्र समूह (एपीजी) ले यसै वर्ष नेपालको मूल्यांकन गर्दै छन्। यसरी हुने मूल्यांकनमा यो व्यवस्थामा विवाद हुँदै गएमा असर पर्ने अर्थ मन्त्रालयका एक सहसचिवले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

गैरकानुनी आर्जनले वैधता पाएको तथा आतंकवादलाई सहयोग गर्ने लगानी आए/नआएको अनुगमन गर्ने भएकाले स्रोत नखुलेको रकम भित्र्याउन दिँदा यसले प्रश्न उठाउने मात्र नभइ मुलुकलाई नै कालो सूचीमा राख्ने वा कारबाहीको सिफारिससम्म गर्नसक्ने अधिकार राख्ने ती सहसचिवले बताए। यसरी कारबाही हुँदा प्रमुख दातृ निकाय तथा राष्ट्रहरूबाट प्राप्त हुने वैदेशिक सहायताहरूमा असर पर्न जान्छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्र बैंकलगायत निकायले गरिरहेका कामको विवरण एफएटीएफ र एपीजीलाई पेस गर्न थालिसकेका छन्। सन् २०२०/२१ भित्र नेपालको मूल्यांकन गरिसक्नुपर्नेमा कोरोना महामारीका कारण रोकिएको थियो। तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले अन्तर्राष्ट्रिय निकायहरूलाई केही समय सार्न अनुरोध गरेपछि यो पछि धकेलिएको थियो। अब भने अन्तर्राष्ट्रिय निकायका अधिकारी नेपालमा स्थलगत अनुगमनका लागि आउने तयारीमा छन्। यस्तो अवस्थामा नेपालमा आन्तरिम रुपमा लगानीको स्रोतको विषयमा विवाद हुनु दुःखद् र हाम्रै लागि हानिकारक हुने जानकारहरू बताउँछन्।

यसअघि पनि बजेटमा राख्ने प्रयास ‘असफल’ 
लगानीको स्रोत खुलाउनु नपर्ने व्यवस्था बजेटमा राख्ने प्रयास भएको पहिलोपटक होइन। यसअघिका बजेटहरूमा पनि यस्तो चलखेल हुने गरेको थियो। सन् २०१४ मा नेपाल पनि न्यूनतम कानुनी र संस्थागत संरचना नभएको भन्दै नकारात्मक सूचीमा परेको थियो।

ठूला पूर्वाधारमा लगानी आकर्षित गर्न २०६६ सालमा ‘लगानीको आयस्रोत नखोजिने’ व्यवस्था गरिएको थियो। यो व्यवस्थापछि केही सिमेन्ट उद्योग र जलविद्युत् आयोजनामा लगानी भित्रिएको अर्थविद् केशव आचार्य बताउँछन्। त्यसपछिका बजेटमा पनि यस्तो व्यवस्था राख्ने प्रयास भएका थिए। अन्तर्राष्ट्रिय समुदायको दबाबकै कारण २०६६ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग गठन गरिएपछि लगानीको आयस्रोत नजोजिने व्यवस्था रोकिँदै आएको थियो। विभागको स्थापनापछि उक्त व्यवस्थालाई निरुत्साहित गरिँदै आएको छ। तर, राजनीतिक स्वार्थका कारण यस्तो प्रावधान पटक-पटक बजेटमा समेट्ने प्रवृत्ति रोकिएको छैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आर्थिक वर्ष २०७५/७६ को बजेटमा पनि यस्तै व्यवस्था ल्याइएको थियो। त्यतिबेला पनि उक्त व्यवस्थाको निकै आलोचना भएको थियो। तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले विधेयकमा यस्तो व्यवस्था भूलबस पर्न गएको उल्लेख गर्दै त्यसलाई हटाउने सार्वजनिक प्रतिक्रिया दिएका थिए। पछि ‘लगानीको आयस्रोत नखोजिने’ व्यवस्था हटाइएको थियो। त्यसपछिका बजेटमा यस्तो सुविधा उल्लेख थिएन । चालु आवको बजेट प्रतिस्थापन गर्न ल्याइएको विधेयकमा उक्त व्यवस्था राखिएपछि विवादित बनेको हो।

‘स्रोत नखोज्ने व्यवस्था किन गरियो भन्ने बुझाउन सक्नुपर्छ’
अर्थविद् आचार्य स्रोत नखोज्ने भन्ने व्यवस्था राख्नै नहुने भन्ने तर्कमात्र गर्न नहुने बताउँछन्। नेपालले यसबाट फाइदा पनि लिनसक्ने तर त्यसका लागि सरकारले किन यो व्यवस्था राखियो र यसको फाइदा के हो भनी अन्तर्राष्ट्रिय समुदायलाई बुझाउन सक्नुपर्ने उनको भनाइ छ।

‘स्रोत नखुलेको रकम नेपालमा लगानी हुन पाएन भने अन्य देशमा सुन वा अन्य माध्यमबाट बाहिर जान्छ,’ उनले भने, ‘आतंकवाद, लागुऔषध जस्ता स्रोतबाहेक अन्य केही स्रोतका रकमलाई उपयोग गर्न सक्नुपर्छ।’

एसिया प्यासिफिक समूहले आतंकवाद, लागुऔषध र गैरकानुनी आर्जनले अर्थतन्त्र नचलोस् भनेर ल्याएको र नेपाल पनि सदस्य देश भएकाले दबाब हुने उनले बताए। ‘अन्तर्राष्ट्रिय मान्यता पाउने र विदेशी सहयोग ल्याउने हो भने स्रोत नखोज्ने व्यवस्थामा कडाइ नै गर्नुपर्छ,’ उनले भने, ‘अर्कोेतिर दुई नम्बर भएर जाने पैसालाई रोकेर पुँजी पलायन पनि रोक्नुपर्नेछ।’

स्रोत नखोज्ने पैसाले केही रोजगारी र उत्पादन हुनसक्ने तथा राजस्वको स्रोत पनि हुने अर्थविद् आचार्यको बुझाइ। यी दुवै कुरालाई कसरी मिलाएर लैजाने भन्ने सरकारले सोच्नुपर्ने उनले बताए। विगतमा सिमेन्ट र जलविद्युतका लागि स्रोत नखोज्ने भनिएको र त्यसले नेपाललाई फाइदा नै भएको उनको विश्लेषण छ। २०६६ पछि सिमेन्टका उद्योग र जलविद्युतमा लगानी बढेको उनी बताउँछन्। स्वदेशी र  विदेशीका केही लगानी सिमेन्ट र जलविद्युतमा आएको उनले बताए। यसले अर्थतन्त्रका लागि राम्रै गरेको उनको बुझाइ छ।

‘विगतमा यस्ता सम्पत्ति घोषणा गर्ने र कर तिर्ने नीति पनि ल्याइएको थियो,’ अर्थविद् आचार्यले भने, ‘तत्कालीन अर्थमन्त्री रामशरण महत र बाबुराम भट्टराईको समयमा सम्पत्ति घोषणा गर्न दिइएको थियो। तर कति सम्पत्ति आयो भन्ने यकीन तथ्यांक छैन।’

नेपालजस्तो वैदेशिक सहायता र अन्य देशको भर पर्नुपर्ने अवस्थामा बेवास्ता गरेर जान गाह्रो रहेको उनको बुझाइ छ। विगतमा नेपाल झण्डै ‘ग्रे एरिया’मा परेको र तत्कालीन समयमा कानुनी संरचनाहरू बनाएपछि हटेको उनले स्मरण गराए। विगतमा ‘ग्रे एरिया’बाट उम्केको हुँदा फेरि त्यतैतिर जाँदा समस्या हुने उनको बुझाइ छ। ‘अन्तराष्ट्रिय समुदायले कालो सूचीमा राख्यो भने हाम्रा बैंकहरूले खोलेको प्रतितपत्र मान्य हुँदैन। आयात निर्यात ठप्प हुन्छ,’ उनले भने, ‘उत्तर कोरियामा जस्तो अवस्था छ हामीकहाँ पनि त्यस्तै हुनसक्छ।’

शक्ति राष्ट्रहरूले यस विषयमा दोहोरा नीति अपनाउने गरेको भए पनि हामी कमजोर भएकाले नसक्ने उनको बुझाइ छ। अर्थविद् आचार्यका अनुसार अमेरिकाका केही राज्यमा स्रोत देखाउनु नपर्ने व्यवस्था रहे पनि ती राज्य कालो सूचीमा पर्दैनन्। तर, हामी कालोसूचीमा पर्ने विभेद रहे पनि बोल्न नसक्ने वास्तविकता रहेको उनी बताउँछन्।

‘हामीले सशक्त रूपमा यसका लागि स्रोत नखोज्ने लगानी गर्ने हो भन्न सक्नुपर्छ। विगतमा खराबी गरेको छैन,’ उनले भने, ‘विगतमा विद्युत र सिमेन्टमा लगानी धेरै आएको थियो।’ स्रोत नखोल्ने हो भने सरकारले स्पष्ट नीति लिनुपर्ने उनले बताए। ‘यस्तो सम्पत्ति कि त सरकारले जफत गर्नुपर्‍यो, कि त खोल्नुपर्‍यो,’ उनको भनाइ छ। 

के-केमा लगानी गर्न पाइन्छ?
बजेट अध्यादेशको दफा ६ मा आयकर ऐनको दफा दफा ११ (ख) पछि देहायको ११ (ग) थपिएको भनी राखिएको छ।

जसमा राष्ट्रिय महत्त्वका पूर्वाधार विकास आयोजना तथा उद्योगलाई सहुलियत दिन उक्त व्यवस्था राखिएको उल्लेख छ। यसरी लगानी गर्ने क्षेत्रमा राष्ट्रिय महत्त्वका जलविद्युत् आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, भूमिगतमार्ग तथा सडकमार्ग, रेलमार्ग जस्ता पूर्वाधार विकास आयोजना, सिमेन्ट उद्योग, स्टिल उद्योग, कृषिमा आधारित उद्योग, पर्यटन सेवासँग सम्बन्धित उद्योग तथा ३०० जनाभन्दा बढी नेपाली नागरिकलाई रोजगारी दिने र ५० प्रतिशतभन्दा बढी स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने उत्पादनशील उद्योग (चुरोट, बिँडी, सिगार, खाने सुर्ती, खैनी, गुट्का, पान मसला, मदिरा र बियर उद्योगबाहेक) रहेका छन्। 

यस्ता उद्योगमा २०८० साल चैत मसान्तसम्म गरिने लगानीको आयस्रोत नखोजिने ऐनमा उल्लेख छ। उक्त ऐन संघीय संसद्‍को दुवै सदनबाट पारित भइसकेको छ।

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  ०९:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
चिनियाँबाट बरामद साढे २१ किलो सुन प्रहरीले भन्सारमा बुझायो अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार भन्सार कार्यालयमा बुझाए पनि सुन तस्करीको थप सञ्जाल  पत्ता लगाउन प्रहर... सोमबार, असोज २६, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। सोमबार, असोज २६, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्