• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ११, २०८२ Sun, Jan 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

७१ दिनसम्म हुन सकेन मन्त्रिपरिषद् विस्तार : के हुन् सत्तापक्षीय दलभित्रका समस्या?

64x64
वीरेन्द्र ओली मंगलबार, असोज ५, २०७८  १३:३५
1140x725

काठमाडौं- शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ७१ दिन पुगिसक्दा समेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। सत्तापक्षीय दलहरुका कारण मन्त्रिपरिषद् विस्तार गर्न नसकिएको प्रधानमन्त्री देउवा निकट नेताहरुको भनाइ पाइन्छ। तर, सत्ताको नेतृत्व गरिरहेको कांग्रेस लगायतका अन्य दलका आ-आफ्नो आन्तरिक र बाह्य समस्याले लामो समयसम्म मन्त्रालयहरु मन्त्रीविहीन भएका छन्।

मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको भन्दै आलोचना हुन थालेपछि प्रधानमन्त्री देउवाले अघिल्लो हप्ता मन्त्रिपरिषद् विस्तार गर्न कसरत गरेका थिए। मन्त्रिपरिषद्लाई पूर्णता नै दिन नसकिए पनि सदस्यहरु थप्न उनले सक्रियता बढाएका थिए। तर जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देउवालाई भेटेरै तत्काल अघि नबढ्न दबाब दिएका थिए।

मन्त्रिपरिषद्लाई पूर्णता दिने वातवारण नबन्दासम्म केही सदस्यहरु मात्रै थप नगर्न दबाब बढेपछि प्रधानमन्त्री देउवा रोकिएको बालुवाटार स्रोतले जनाएको छ। ‘दबाब  आएपछि प्रधानमन्त्रीज्यूले पनि सबैलाई अनुकूल हुनेगरी नै मन्त्रिपरिषद् विस्तार गरौंला भनेर त्यतिबेलाको सक्रियतालाई स्थगित गर्नुभयो', बालुवाटार स्रोतको भनाइ छ।

आ-आफ्नै अप्ठ्यारो

मन्त्रिपरिषद् विस्तारमा ढिलाई हुनुमा सत्ता गठबन्धनमा सहभागी दलका आ-आफ्नै अप्ठ्यारा छन्। आकांक्षीको ठूलो संख्या, गुट व्यवस्थापन गर्नुपर्ने दायित्व र दल विभाजनको आशंका जस्ता कारणले त्यस्तो अप्ठ्यारो सिर्जना भएको हो।

कांग्रेसमा मन्त्रिपरिषद् विस्तारसँग जोडिन आइपुग्ने मुख्यगरी दुई विषय छन्। पहिलो, महाधिवेशन। दोस्रो, गुट व्यवस्थापन।

प्रधानमन्त्री देउवा आगामी महाधिवेशनमा सभापतिका आकांक्षी हुन्। त्यसमा आफूलाई सहयोग पुग्नेगरी मन्त्रिपरिषद्‌मा अवसर दिनु उनका लागि बाध्यता छ। अहिले मन्त्री नबनाइदिएकै कारण महाधिवेशनमा घात वा असहयोग नहोस् भन्नेमा देउवा सचेत छन्।

अर्कोतिर, गुट व्यवस्थापन मिलाउन पनि देउवालाई सकस परेको छ। अहिले कांग्रेसबाट प्रधानमन्त्री देउवा सहित ७ मन्त्री बन्ने मोटामोटी समझदारी बनेको छ। देउवा गुटबाट गृहमन्त्री बालकृष्ण खाँड, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले अवसर पाइसकेका छन्। उनकै गुटबाट कांग्रेस सचेतक पुष्पा भुसाल र मीन विश्वकर्मा पनि मन्त्रीका आकांक्षी हुन्।

Ncell 2
Ncell 2

तर संस्थापनबाट तीन जना मन्त्री भइसकेकाले उनको भाग पुगिसकेको इतर पक्षको भनाइ छ। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट दिलेन्द्रप्रसाद बडु मन्त्री बनाइने निश्चित जस्तै छ। त्यस्तै, तेजुलाल चौधरी र मिनेन्द्र रिजाल पनि आकांक्षी हुन्। पौडेलले आफ्नो पक्षबाट तीन जनालाई मन्त्री बनाइनुपर्ने दबाब दिँदै आएका छन्। देउवा भने दुई जनालाई मन्त्री बनाउने पक्षमा छन्। कांग्रेसकै अर्का नेता कृष्णप्रसाद सिटौला पक्षबाट उमाकान्त चौधरीको नाम चर्चामा छ।

यस्तै, माओवादी केन्द्रमा मन्त्री हुने आकांक्षीको सूची लामो छ। त्यसको दबाब प्रचण्डलाई परिरहेकै छ। उनले सार्वजनिक रुपमै मन्त्री हुनेको भीडबाट आएको, पार्टी ४९ जनै सांसद्लाई मन्त्री चाहिएको जस्ता अभिव्यक्ति दिइसकेका  छन्। कसलाई मन्त्री बनाउने भन्ने मापदण्ड तयार नगरेका कारण उनीमाथि दबाब बढेको हो। 

माओवादी केन्द्रबाट मन्त्रिपरिषद्‌मा कसले नेतृत्व गर्ने भन्ने विषयले पनि सो पार्टीभित्र सकस सिर्जना गरेको छ। पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ आफैं पार्टीको नेतृत्व गरेर सरकारमा जान खोजिरहेका  छन्। उनले त्यो अवसर नपाए उनको गुटबाट केही नेतालाई मन्त्री बनाउनुपर्ने बाध्यता प्रचण्डलाई छ।

माओवादी केन्द्रका तर्फबाट अहिले देवेन्द्र पौडेल मन्त्री हुनेमा निश्चित जस्तै भएको उनी निकटका नेताहरु बताउँछन्। साथै, मातृका यादव, देव गुरुङ, हरिबोल गजुरेल लगायत शीर्षस्थ नेताहरु पनि मन्त्रीको आकांक्षी छन्। सुदन किराती, सन्तकुमार थारु, महेश्वर गहतराज, अमनलाल मोदीले पनि मन्त्री बनाउनको लागि दबाब दिएको जानकार नेताहरुको भनाइ छ।

नेकपा एकीकृत समाजवादी केन्द्रमा पनि दुई खालका अप्ठ्यारा छन्। पहिलो त, एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले एकीकृत समाजवादीको दल दर्ताको विषयमा सर्वोच्चमा मुद्दा दायर गरेको छ। त्यो किनारा नलाग्दासम्म सरकारमा सहभागी भइहाल्न अप्ठ्यारो छ। अदालतको मुद्दाकै कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको सो पार्टीका सांसद मेटमणि चौधरीले बताए। ‘मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुनुमा एउटा राजनीतिक दल सम्बन्धी अध्यादेश र सर्वोच्च अदालतको मुद्दा हो’, चौधरीले भने, ‘ती दुवै टुंगो लाग्ने वित्तिकै मन्त्रिपरिषद् विस्तार हुन्छ।’ 

चौधरीले भनेको अध्यादेशको विषय सो पार्टीका आकांक्षीहरुसँग जोडिन्छ। एमाले विभाजनमा भूमिका खेलेका कतिपय नेताहरु मन्त्रीका आकांक्षी थिए। सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री बन्न दाम्लै चुलाउन खोजिएको भनेर सार्वजनिक रुपमै बोलिसकेका छन्। जसले त्यहाँभित्र मन्त्री बन्नेहरुको दबाबको आकलन गर्न सकिन्छ।

ओली समूह छोडेकालाई पहिलो प्राथमिकतामा राखेर मन्त्री बनाउनुपर्ने दबाब नेपालमाथि छ। उनको पक्षमा खरो उत्रिएका नेतालाई पनि अवसर दिनैपर्ने छ। यतिबेला विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठ, गोपाल बम, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, भवानी खापुङ, रामकुमारी झाक्री, निरादेवी जैरु मध्येबाट अवसर दिइने नेताहरुको भनाइ छ।

नेपालले मन्त्रिपरिषद्‌मा पठाउने अनुहारले पार्टी निर्माणको आगामी दिनमा उत्साह भर्ने वा नभर्ने कुराको संकेत दिनेछ। त्यसैले होसियारीका साथ पाइला चाल्नुपर्ने बाध्यतामा छन्।

जसपामा मन्त्री हुने खोज्ने आकांक्षीको लामै सूची छ। मन्त्री हुन पाइने आश्वासन र लोभमा पार्टी विभाजनका बेला धेरै नेताले उपेन्द्र यादवलाई साथ दिएका थिए। त्यसैले मन्त्री बनाउँदा होसियारी नपाइने पार्टी विभाजन हुने डर उनलाई छ। त्यसैले पहिले राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गराउनेमा उनको पहल छ। अध्यादेश फिर्ता नहुँदै मन्त्रिपरिषद् विस्तार गरिएमा त्यसमा रहेको खुकुलो प्रावधानले जसपा फेरि विभाजन हुनसक्ने उनको बुझाइ छ। 

'सरकालाई पूर्णता दिनका लागि मन्त्रालयको बाँडफाँट हुनुपर्छ। त्यो भइसकेको छैन। त्यस्तै, दल सम्बन्धी अध्यादेश खारेज हुन्छ। त्यो हुनेबित्तिकै मन्त्रिषरिषद्को विस्तार हुन्छ। सरकारले पूर्णता पाउँछ', सोमबार संसद् भवनबाट बाहिरिँदै गर्दा उनले भनेका थिए।

जसपा नेता मोहम्द इस्तियाक राईले पनि राजनीतिक दल सम्बन्धी अध्यादेश मन्त्रिपरिषद् विस्तारको मुख्य बाधक भएको बताए। ‘मन्त्रिपरिषद् विस्तारमा गठबन्धनमा भागवण्डा नमिलेको, सर्वोच्चको मुद्दा विषय साना समस्या हुन्’, उनले भने, ‘राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज नहुँदा पार्टीहरुमा समस्या हुने देखियो। त्यसैले गर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो। त्यो निष्क्रिय हुने बित्तिकै विस्तार हुन्छ।’

अर्को हप्तासम्म मन्त्रिपरिषद् भइसक्ने उनको दाबी छ।

यादव आफैं पार्टीको नेतृत्व गरेर सरकारमा जान खोजिरहेका छन्। उनको पार्टीबाट महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, राजकिशोर यादव, मोहम्मद इश्तियाक राई, अमृता अग्रहरी, प्रमोद साह लगायतका आकांक्षी छन्। मन्त्री नबन्नेहरु आकांक्षीहरुको समेत चित्त बुझाएर पार्टीमा अड्याइराख्नुपर्ने बाध्यता यादवलाई छ।

देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले राजनीतिक दल सम्बन्धी अधयादेश, एमालेले एकीकृत समाजवादीका सम्बन्धमा सर्वोच्च अदालतमा हालेको मुद्दा र गठबन्धनभित्रै मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार लम्बिएको बताए। ‘एमालेले हालेको सर्वोच्च अदालतको मुद्दा विचाराधीन अवस्थामा छ। त्यो किनारा लागेपछि माधवजीहरुलाई सजिलो हुन्छ। अर्को, राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता भएको छैन, त्यो फिर्ता हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुन्छ’, उनले भने, ‘अर्को हप्तातिर सायद मन्त्रिपरिषद् विस्तार हुन सक्छ।’

प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  १३:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिट न्यायाधीश ढकालकाे इजलासमा चौधरीको रिट न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हाे । आइतबार, माघ ११, २०८२
काँग्रेसले १६ गते जनकपुरधाममा गर्ने भनिएको चुनावी सभा स्थग आगामी मिति र कार्यक्रम तालिका परिस्थितिअनुसार पछि सार्वजनिक गरिने उनले बताए । नेपाली काँग्रेसले लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी... आइतबार, माघ ११, २०८२
राष्ट्रिय सभाको निर्वाचन सुरु आगामी २० फागुनबाट १९ पद रिक्त हुन लागेकामा एक सदस्य निर्विरोध निर्वाचित भइसकेकाले र एक जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट म... आइतबार, माघ ११, २०८२
ताजा समाचारसबै
३ दिनदेखि बेपत्ता प्रहरी जवान मृत फेला आइतबार, माघ ११, २०८२
क्यानडालाई शतप्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी आइतबार, माघ ११, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिट न्यायाधीश ढकालकाे इजलासमा आइतबार, माघ ११, २०८२
हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगलागी आइतबार, माघ ११, २०८२
सुनचाँदीको मूल्य बढ्यो आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित शनिबार, माघ १०, २०८२
चुनावबारे ओली अझै अन्योलमा,भने- आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो, भन्न सकिन्न शनिबार, माघ १०, २०८२
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना आइतबार, माघ ११, २०८२
चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्