• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १५, २०८२ Thu, Jan 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

को को बन्दैछन् मन्त्री? यस्तो छ शीर्ष नेतामाथि दबाब

64x64
वीरेन्द्र ओली आइतबार, भदौ १३, २०७८  १९:४४
1140x725

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा मन्त्रिपरिषद् गठन भएको डेढ महिना पूरा भएको छ। तर, डेढ महिना पुग्दासम्म पनि उनको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। पूर्णताको कुरै छाडौं, अधिकांश मन्त्रालय मन्त्रीविहीन छन्। देउवाकै दल नेपाली कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले मात्र अहिले देउवा मन्त्रिपरिषद् धानिरहेका छन्। 

वर्तमान सत्ता गठबन्धनको पक्षमा रहेका पाँच दलमध्ये चार दल सरकारमा जाने निश्चित भइसकेको छ। पाँच दलीय गठबन्धनको एक घटक, राष्ट्रिय जनमोर्चाले यसअघि नै सरकारमा समर्थन गर्ने, तर सरकारबाहिरै रहने घोषणा गरेको थियो। 

कांग्रेसले प्रधानमन्त्रीबाहेक ६ मन्त्रालय र अरु तीन वटै दलले ६/६ वटा मन्त्रालय लिने समझदारी सत्तारुढ गठबन्धनभित्र बनिसकेको छ। मन्त्रालयको संख्या टुंगो लगाए पनि कुन मन्त्रालय कसले लिने भन्नेमा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको हो। यद्यपि प्रधानमन्त्री देउवाको सचिवालयले सोमबार यसबारे टुंगो लाग्ने र सम्भव भएसम्म सोमबार नै मन्त्रिपरिषद् विस्तार हुने बताएको छ।

दलहरुले मन्त्री बनाउनका लागि कुनै निश्चित मापदण्ड तोकेका छैनन्। जसका कारण अहिले हरेक दलभित्र मन्त्रीका आकांक्षीहरुको लर्को लागेको छ। मन्त्री बन्न चाहने सबै सांसदले शीर्ष नेताहरुमाथि हदैसम्म दबाब बढाएका छन्। पहिलोपटक सांसद भएकादेखि पटक–पटक सांसद र मन्त्री भइसकेकाहरु यो पंक्तिमा छन्। सत्तारुढ गठबन्धनका एक शीर्ष तहका नेता भन्छन्, ‘मन्त्री बन्ने मापदण्ड बनाउन नसक्दा नेतृत्वलाई दबाब थेगिनसक्नु भएको छ, पार्टीले मापदण्ड नबनाउँदा अवसर पाउने चाहिँ नेतृत्वका नजिक रहेकाहरुले नै हो।’ 

कांग्रेस: संस्थापन इतरको कोटाबाट को बन्दैछन्? 
प्रधानमन्त्री देउवाले कांग्रेसमा आफ्नो पक्षबाट गृहमन्त्रीमा बालकृष्ण खाँण, कानुन मन्त्रीमा ज्ञानेन्द्र कार्की र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई मन्त्रिपरिषद्मा ल्याइसकेका छन्। कांग्रेसभित्रको समीकरणमा देउवाको गुटमा रहेका संसदीय दलका प्रमुख सचेतक पुष्पा भुसाल र नेता मिन विश्वकर्माले पनि मन्त्री हुने आकांक्षा देखाएका छन्। तर, कांग्रेसको संंस्थापन इतरले भने देउवाको कोटा पुगिसकेकाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूहबाट मन्त्री नियुक्त गरिनुपर्ने दबाब बढाएका छन्। 

कांग्रेसको भागमा प्रधानमन्त्रीबाहेक ६ वटा मन्त्रालय मात्र परेका छन्। प्रधानमन्त्री देउवाले आफ्नो पक्षका तीनजना मन्त्री बनाइसकेकाले पौडेल र सिटौलाको समूहबाट बाँकी तीन मन्त्री बनाइनुपर्ने उनीहरुको तर्क छ। पौडेल पक्षबाट दिलेन्द्रप्रसाद बडु, मिनेन्द्र रिजाल र तेजुलाल चौधरीको नाम मन्त्रीका रुपमा चर्चामा छ। त्यसमध्ये बडुको सम्भावना धेरै रहेको नेताहरु बताउँछन्। त्यस्तै, दोसो संविधानसभा निर्वाचनमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पराजित गरेका काठमाडौंका सांसद राजन केसीलाई पनि मन्त्री बनाउनुपर्ने दबाब परेको छ। सिटौलापक्षबाट भने भीमसेनदास प्रधान र उमाकान्त चौधरीको नाम मन्त्री बन्ने चर्चामा छ। 

माओवादीमा महाभारत 
देउवाको मन्त्रिपरिषद्मा नेकपा माओवादी केन्द्रले पाउने अधिकतम् मन्त्रालय संख्या ६ हो। माओवादीबाट यसअघि नै अर्थमन्त्रीमा जनार्दन शर्मा र उर्जामन्त्रीमा पम्फा भुसालले जिम्मेवारी पाइसकेका छन्। अब बढीमा चारजना मन्त्री हुनेछन्। तर, माओवादीमा मन्त्री हुनेको आकांक्षा कतिसम्म छ भने अध्यक्ष प्रचण्डले केही समयअघि एक सार्वजनिक कार्यक्रममा ‘४९ जना सांसदले नै मन्त्री हुने इच्छा देखाएकाले आफू हैरान बनेको’ उल्लेख गरेका थिए।

प्रचण्डलाई मन्त्री छान्न किन पनि सकस परेको छ भने मन्त्रीको सूचीमा उनले जाति, लिंग र क्षेत्रको समेत प्रतिनिधित्व गराउनुपर्ने छ। जात, क्षेत्र, लिंगको मुद्दा उठाउँदै आएका प्रचण्डलाई त्यसअनुसारको प्रतिनिधित्व गराउनुपर्ने नैतिक दबाब पनि छ। 

Ncell 2
Ncell 2

माओवादीमा अहिले मन्त्रीका रुपमा स्थायी समितिमा रहेका नेतामध्ये नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङ लगायतको नाम चर्चामा छ। यीमध्ये श्रेष्ठले उपप्रधानमन्त्रीसहित सरकारमा जाने इच्छा देखाएको माओवादी स्रोत बताउँछ। गजुरेल र पौडेललाई प्रचण्डले यसअघि नै मन्त्री बनाउने प्रयास गरे पनि त्यसमा सफल भएका थिएनन्। त्यही कारण यसपटक गजुरेल, पौडेल र गुरुङको नाम मन्त्रीका लागि अरुभन्दा बढी चर्चामा छ। तर, गुरुङले भने श्रीमती यशोदा सुवेदीलाई मन्त्री बनाए आफ्नो दाबी छाड्न सक्ने बताइरहेका छन्। 

मधेशबाट मन्त्रीका लागि मातृका यादव र अमनलाल मोदीको नाम चर्चामा छ। यादवले यसअघि अवसर पाइसकेकाले मोदी मन्त्री हुने सम्भावना बढी रहेको बताइन्छ। महिलाबाट पम्फा भुसाल मन्त्री भइसकेकाले अब बढीमा २ जना महिला नेताले मन्त्री हुने अवसर पाउन सक्ने माओवादी नेताहरु बताउँछन्। त्यसो हुँदा जयपुरी घर्ती, अन्जना विशंखे र शशी श्रेष्ठ मध्येबाट मन्त्री बन्ने चर्चा माओवादीभित्र छ। यसबाहेक सुदन किराँती, सन्तकुमार थारु र महेश्वर गहतराजको नामसमेत मन्त्री हुने चर्चामा रहेको माओवादी केन्द्रका एक नेताले बताए।

जसपामा १८ सांसदको दबाब 
जनता समाजवादी पार्टी (जसपा)मा २० जना सांसद छन् जसमध्ये हरिनारायण रौनियार निलम्बित छन्। राष्ट्रिय सभामा जसपाका २ सांसद छन्। प्रतिनिधि सभामा जसपाका १९ जना सांसदमध्ये बाबुराम भट्टराईबाहेक सबै १८ जनाले मन्त्री हुन दबाब दिइरहेको एक नेताले बताए। जसपा अध्यक्ष उपेन्द्र यादव स्वयं नै उपप्रधानमन्त्रीसहित देउवा सरकारमा सहभागी हुन चाहन्छन्। अरु सांसदहरुले पनि मन्त्री नबनाए महन्थ ठाकुरको पार्टीमा जाने धम्की दिइरहेको जसपाका ती नेताले बताए।

जसपाले देउवा सरकारमा अधिकतम ६ मन्त्रालय पाउनेछ। जसपामा मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता महेन्द्र राय यादव, अशोक राई र राजकिशोर यादवलाई दिइएको छ। उपप्रधानमन्त्री पाउने भएमा अध्यक्ष यादवकै नेतृत्वमा सरकारमा जाने जसपाको तयारी छ। उपप्रधानमन्त्री नभएमा भने यादव सरकारमा नजाने बताइन्छ। जसपाबाट मन्त्रीमा महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव, रेणु यादव, डा सुरेन्द्र यादवको नाम बढी चर्चामा छ। महन्थ ठाकुरलाई छाडेर आएका प्रमोद साह, अमृता अग्रहरी लगायतलाई पनि मन्त्री बनाउने सूचीमा प्राथमिकतामा राखिएको छ। जसपाका नेताले भने, ‘तर, कुन–कुन मन्त्रालय पार्टीले पाउने भन्ने टुंगो लागेपछि मात्र मन्त्रीको नाम फाइनल हुन्छ, मन्त्रालयको नामअनुसार पनि मन्त्रीको नाम यताउता गर्नुपर्ने हुन्छ।’  

एकीकृत समाजवादी: मन्त्रीको टुंगो स्थायी कमिटीबाट
नवगठित नेकपा (एकीकृत समाजवादी)मा प्रतिनिधि सभाका २३ र राष्ट्रिय सभाका ७ गरेर कुल ३० सांसद छन्। एकीकृत समाजवादीले पनि ६ मन्त्रालय पाउनेछ। एक पटक सांसद भएकालाई सकेसम्म मन्त्री नबनाउने मापदण्ड बनाउन खोजिएको, एक भन्दा धेरै पटक सांसद भएकालाई र पार्टी जिम्मेवारीलाई समेत हेरेर मन्त्री बनाउने तयारी गरिएको एक नेताले बताए। 

मापदण्ड जस्तो बनाए पनि एमाले छाडेर माधवकुमार नेपाललाई साथ दिएका प्रेम आले, किसान श्रेष्ठ, धनबहादुर बुढा र गोपाल बमको मन्त्री हुने सम्भावना बलियो रहेको नेताहरु बताउँछन्। त्यसैगरी, विरोध खतिवडा र भवानी खापुङ एक भन्दा धेरैपटक सांसद भइसकेकाले मन्त्री हुने सम्भावना बलियो रहेको बताइन्छ। मन्त्री छान्दा काठमाडौं उपत्यकालाई पनि समेट्नुपर्ने दबाबका कारण जीवनराम श्रेष्ठको नाम पनि मन्त्रीका रुपमा चर्चामा छ। यसबाहेक जातीय र लैंगिक प्रतिनिधित्वका लागि पहिलोपटक सांसद भएका रामकुमारी झाँक्री र मेटमणि चौधरी पनि मन्त्री बन्ने चर्चामा छन्। ‘कसलाई मन्त्री बनाउने भनेर स्थायी कमिटीले निर्णय गर्छ’, मन्त्रीका आकांक्षी रहेका केन्द्रीय सदस्य प्रेम आलेले भने, ‘कमिटीले निर्णय नगरेसम्म अरु सबै चर्चा मात्र हुन्।’
 

प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  १९:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी साथै समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा समेत विचार(विमर्श हुने र केही महत्वपूर्ण निर्णय हुन सक्ने स्रोतले जनाएको छ। बिहीबार, माघ १५, २०८२
प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको छ। बिहीबार, माघ १५, २०८२
काँग्रेसले मात्रै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको विश्वप्रकाश शर्माको दाबी रामेछापमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले यस्तो बताएका हुन् । बिहीबार, माघ १५, २०८२
ताजा समाचारसबै
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी बिहीबार, माघ १५, २०८२
सेयर बजारमा साढे १७.५३ अंकको गिरावट बिहीबार, माघ १५, २०८२
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह बिहीबार, माघ १५, २०८२
जापानी भाषा परीक्षा विरुद्धको रिट सर्वोच्चले गर्‍यो खारेज बिहीबार, माघ १५, २०८२
प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित बिहीबार, माघ १५, २०८२
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्