• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख २६, २०८३ Sat, May 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

यस्तो छ ७ वटै प्रदेशमा माधव नेपाल नेतृत्वको पार्टीको अवस्था

64x64
वीरेन्द्र ओली शुक्रबार, भदौ ११, २०७८  १७:५८
1140x725

काठमाडौं- निर्वाचन आयोगले गत भदौ ९ गते माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेसँगै त्यसको २१ दिनभित्र एकीकृत समाजवादीतर्फ लाग्न चाहने एमालेका प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुले निर्णय गरिसक्नुपर्नेछ। अर्थात्, उनीहरुले आउँदो भदौ ३० गतेभित्र एमालेमा रहने वा नेकपा एकीकृत समाजवादीतर्फ लाग्ने निर्णय गर्नुपर्नेछ। २१ दिनभित्र निर्णय नगरेर पछि एकीकृत समाजवादीमा प्रवेश गर्ने प्रदेश सभा सदस्य वा स्थानीय तहका जनप्रतिनिधिले दल त्याग ऐनबमोजिम आफ्नो पद गुमाउने छन्।

एमालेमा रहने प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिका लागि यसमा कुनै समस्या छैन। तर, हिजो एमालेमा नेपालपक्षमै खुलेर लागेका र विभाजनका बेला नेपालपक्षमा गइनसकेका नेताहरुलाई भने अब एमालेमा रहने कि नयाँ दल रोज्ने भन्ने अन्योल छ। एमालेमा लामो समय राजनीति गरेका प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिमध्ये धेरैले अहिलेसम्म नयाँ पार्टीमा जाने खासै रुचि देखाएका छैनन्। तर, नेपाल र उनको दलमा लागेका नेताहरु लामो समय आफ्नो पक्षमा रहेका नेता र कार्यकर्तालाई नयाँ पार्टीमा तान्न प्रयासरत छन्। बिहीबार सो पार्टीको पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले यसका लागि आह्वान नै गरे।

हिजो नेपालपक्षमा रहेका एमाले सचिव भीम आचार्यले नेपालको साथ छाडेसँगै एमालेबाट प्रदेश १ को मुख्यमन्त्री बन्ने अवसर पाएका छन्। निरन्तर नेपालनिकट रहे पनि अन्तिम घडीमा एमालेमै बसेकी अष्टलक्ष्मी शाक्य पनि एमालेबाट बागमती प्रदेशको मुख्यमन्त्री बनेकी छन्। उनीहरु दुबैजना एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा खुलेर लागेपछि आफ्नो पक्षका मुख्यमन्त्रीलाई राजीनामा दिन लगाएर उनीहरुलाई मुख्यमन्त्री बनाइएको हो। 

तर, मुख्यमन्त्री नियुक्त भए पनि आचार्य र शाक्य सजिलो अवस्थामा छैनन्। उनीहरु अब एमालेमा बाँकी रहने प्रदेश सभा सदस्यको समर्थनमा मात्र मुख्यमन्त्रीमा टिकिरहने सम्भावना देखिँदैन। बागमतीमा एमालेका दुईजना प्रदेश सभा सदस्यमात्र नेपाल नेतृत्वको पार्टीमा गएमा शाक्य अल्पमतमा पर्नेछिन्। प्रदेश १ मा आचार्यको अवस्था पनि त्यस्तै छ। र, उनीहरुले नेपाल नेतृत्वको दल नरोजेमा मुख्यमन्त्री पद गुमाउने निश्चितजस्तै देखिएको छ। यहीकारण पनि भदौ ३० भित्र उनीहरुले नयाँ दल रोज्लान् कि नरोज्लान् भन्ने विषयलाई निकै चासोका साथ हेरिएको छ। 

प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)को नेतृत्वमा कांग्रेस र माओवादी सम्मिलित सरकार रहेकाले यो फुटले त्यहाँको सत्ता समीकरणमा असर पार्ने छैन। समीकरणमा असर नपरे पनि एमाले विभाजनको ठूलो प्रभाव देखिन्छ, त्यहाँ। प्रदेश २ मा नेपालपक्षको बलियो उपस्थिति देखिएको छ। एमालेका २१ जना प्रदेश सभा सदस्यमध्ये १३ जना नेपालपक्षमा खुलेर लागेको सांसद अशोककुमार यादवले दाबी गरे। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा नेपालपक्ष कमजोर देखिएको छ। गण्डकी प्रदेश सभामा नेपालपक्षको उपस्थिति अहिले शून्य छ भने लुम्बिनीमा हिजो नेपालपक्षमा रहेका दुई जना अझै नयाँ पार्टीमा खुलेका छैनन्। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने नेपालपक्षको उपस्थिति ओलीपक्षको भन्दा बलियो देखिएको छ।

फुटको असरः आचार्य र शाक्यलाई मुख्यमन्त्री जोगाउनै मुश्किल 
प्रदेश १ मा एमालेका ५१, कांग्रेसका २१ माओवादी केन्द्रका १५, जसपाका ३ तथा संघीय लोकतान्त्रिक मञ्च र राप्रपाका एक/एक जना प्रदेश सभा सदस्य छन्। विगतमा त्यहाँ भीम आचार्य सहित २१ जना नेपालपक्षमा खुलेर लागेका थिए। नेपालले आफ्नो नेतृत्वमा पार्टी निर्माण गरेपछि १० जना प्रदेश सभा सदस्य उनको पक्षमा खुलेर लागेका छन्। अरु वीचधारमै रहेको नेपालनिकट प्रदेश सभा सदस्य राजेन्द्र राईले बताए। आचार्य नै एमालेबाट मुख्यमन्त्री बनेपछि यो संख्या के हुन्छ भन्ने प्रष्ट छैन। ‘हामी अहिले १० जना खुलेर समाजवादीमा लागेका छौ। त्यो संख्या घट्ने होइन, त्यो संख्या बढ्न सक्छ’, राईले नेपाल लाइभसँग भने, ‘अहिलेकै अवस्थामा पनि भीम कमरेड मुख्यमन्त्री रहिरहने स्थिति छैन।’

बागमती प्रदेशमा कुल १०९ प्रदेश सभा सदस्यमध्ये एमालेका ५६ जना छन्। त्यसमध्ये नेपालपक्षमा खुलेर १२ जना छन्। यसअघि नेपालपक्षमा २१ जना थिए। नेपालले आफ्नो नेतृत्वमा पार्टी गठन गरेपछि १२ जना मात्र खुलेको प्रदेश सभा सदस्य बसन्त मानन्धरले बताए। अझै दल रोज्ने समय धेरै भएकाले नयाँ पार्टीमा खुल्ने प्रदेश सभा सदस्यको संख्या बढ्ने उनले बताए। 

नेपालले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेकै दिन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिए र उनको ठाउँमा त्यसअघि नेपालपक्षमा रहेकी अष्टलक्ष्मी शाक्यलाई एमालेले मुख्यमन्त्री बनायो। शाक्यले नेपालसँगको सल्लाहमै मुख्यमन्त्री बनेको बताउँदै आएपनि अन्तिममा उनले कुन दल रोज्छिन् भन्नेमै मुख्यमन्त्रीमा उनको निरन्तरता हुने वा नहुने निर्भर हुनेछ। शाक्यले एमालेमै रहने निर्णय गरे उनको मुख्यमन्त्री पद गुम्ने निश्चितजस्तै छ। प्रदेश सभाका कुल १०९ सदस्यमध्ये बहुमतका लागि ५५ जना चाहिन्छ। एमालेका ५६ सदस्य रहेकोमा दुई जना मात्रै नेकपा (एकीकृत समाजवादी)तर्फ जानसाथ शाक्य अल्पमतमा पर्छिन्। जबकि, अहिल्यै १२ जना एमालेमा नरहनेगरी खुलिसकेका छन्। त्यो संख्या अझै बढ्ने दाबी एकीकृत समाजवादीका नेताहरुले गरिरहेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

शाक्य एकीकृत समाजवादीतर्फ नलागेमा पाँचदलीय गठबनधनले नयाँ सरकार गठनको पहल गर्नेछ। गठबन्धनमा माओवादी केन्द्रका २३ जना र कांग्रेसका २२ जना प्रदेश सभा सदस्य छन्। एकीकृत समाजवादीतर्फ खुलेका १२ जना जोड्दा यहाँ गठबन्धनको बहुमत पुग्छ। गठबन्धनमा विवेकशील साझा पार्टीका ३ सदस्यले पनि सहयोग गर्ने आश्वासन दिएको माओवादी केन्द्रका प्रदेश सभा सदस्य विशाल खड्काले बताए।  

गण्डकीमा नेपालपक्ष शून्य, लुम्बिनीमा २ जना मझधारमै 
५९ सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २७ जना सदस्य छन्। तीमध्ये बाग्लुङका इन्द्रलाल सापकोटा मात्र नेपालपक्षमा खुलेका थिए। नेपालले आफ्नो नेतृत्वमा बेग्लै पार्टी बनाएपछि भने सापकोटाले एमालेमै रहने घोषणा गरेका छन्। योसँगै गण्डकी प्रदेश सभामा नेपाल नेतृत्वको पार्टीको उपस्थिति शून्य रहने भएको छ।

लुम्बिनी प्रदेश सभामा एमालेका ३८ जना सदस्य छन्। जसमध्ये विष्णु पन्थी र रमा घर्ती नेपालपक्षमा खुलेका थिए। हिजो नेपालसँग रहेका नेताहरु उनलाई छाडेर ओलीतिर लागेपछि पन्थी र घर्ती भने खुलेर कतै लागेका छैनन्। एमाले लुम्बिनी प्रदेशका प्रमुख सचेतक भूमिश्वर ढकालले भने पन्थी र घर्ती आफ्नोपक्षमा लागिसकेको दाबी गरे। 

कर्णाली र सुदूरपश्चिमा एकीकृत समाजवादी बलियो
४० सदस्यीय कर्णाली प्रदेश सभा एमालेका चार र माओवादीका एक प्रदेश सभा सदस्यलाई कारबाही गरिएपछि ३५ मा झरेको छ। प्रदेश सभामा सबभन्दा ठूलो दलको रुपमा रहेको एमालेमा उतिबेला २० जना सदस्य थिए। त्यसमध्ये १० जना ओलीपक्ष र १० जना नेपालपक्षका थिए। नेपालपक्षका चार सांसदलाई पार्टी ह्वीप उल्लंघन गरेको भन्दै ओलीले कारबाही गरेपछि उनीहरुले पद गुमाएका थिए। उनीहरु चारैजना एकीकृत समाजवादीमा खुलेर लागिसकेका छन्।

अरु पाँच सांसदमध्ये देवी ओली र चन्द्रबहादुर शाही एकीकृत समाजवादीमा खुलिसकेका छन्। हिजो नेपालपक्षमा रहेका बाँकी तीन जना भने खुलिसकेका छैनन्। उनीहरुसमेत आफ्नो पक्षमा खुलेर लाग्ने नेपालपक्षका नेताहरुको दाबी छ। 

५२ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा एमालेका २५ सदस्य छन्। त्यतिबेला सातजना मात्र ओलीपक्षमा थिए भने १८ जना नेपालपक्षमा खुलेर लागेका थिए। नेपालले आफ्नो नेतृत्वमा पार्टी गठन गरेपछि त्यो संख्यामा ४/५ जना मात्र तलमाथि हुनसक्ने नेपालनिकट प्रदेश सभा सदस्य तारा लामा तामाङले बताए। अर्थात्, एमालेमा ओलीलाई साथ दिएका भीम रावलले ‘होल्ड’ गर्ने तत्कालीन नेपालपक्ष अब रावलको पकडमा नरहने देखिन्छ।  

प्रदेश २ मा एमालेलाई उछिन्यो नेपालको पार्टीले
प्रदेश २ मा कुल १०३ प्रदेश सभा सदस्य छन् जसमध्ये जनता समाजवादी पार्टी (जसपा)का मात्र ५५ जना सदस्य थिए। जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादवपक्षले पाएपछि महन्थ ठाकुरले आफ्नो नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता गरेका छन्। यो दलले निर्वाचन आयोगबाट वैधानिकता पाइसकेको छ। प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई २१ दिनभित्र दल रोज्न पाउने व्यवस्था गरिएकाले त्यो समयभित्र कति जना महन्थको पार्टीमा जान्छन् भन्ने प्रष्ट हुनेछ। अहिलेसम्म उपेन्द्रको पक्षमा ३५ जना प्रदेश सभा सदस्य देखिएका छन्।

प्रदेश सभामा एमालेका २१ जना सदस्य छन्। तीमध्ये एकीकृत समाजवादीको पक्षमा १३ जना खुलेर लागिसकेको प्रदेश सभा सदस्य अशोककुमार यादवले बताए। यो संख्या अझ बढ्दै जाने दाबी यादवले गरे। प्रदेश सभामा कांग्रेसका १९, माओवादी केन्द्रका ८ र नेपाल संघीय समाजवादी पार्टीका एक जना सदस्य छन्।  

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १७:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
सुशीला कार्कीले फिर्ता गरिन् सरकारी गाडी बालेन शाह नेतृत्वको नयाँ सरकार आएपछि उनले प्रयोग गर्दै आएको सरकारी सुविधा बापतको गाडी फिर्ता गरेको कार्की प्रधानमन्त्री हुँदाका प्रे... शुक्रबार, वैशाख २५, २०८३
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक, सबैभन्दा बढी रास्वपाको खर्च [सूचीसहित] निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस प्रणालीमा सबैभन्दा बढी खर्च गर्ने दलको सूचीमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्व... शुक्रबार, वैशाख २५, २०८३
परराष्ट्र मन्त्रालयले भन्यो: लिपुलेक समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छ शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले लिपुलेक क्ष... शुक्रबार, वैशाख २५, २०८३
ताजा समाचारसबै
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, वैशाख २५, २०८३
सुशीला कार्कीले फिर्ता गरिन् सरकारी गाडी शुक्रबार, वैशाख २५, २०८३
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक, सबैभन्दा बढी रास्वपाको खर्च [सूचीसहित] शुक्रबार, वैशाख २५, २०८३
अभ्यास सिरिजमा नेपाल ‘ए’को लगातार दोस्रो जित, स्कटल्यान्डपछि अमेरिका ३ विकेटले पराजित शुक्रबार, वैशाख २५, २०८३
मनसुन २०८३ मा अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षाको सम्भावना, खडेरीको संकेत शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतको दैनिक पेशी सूची करिब दुई घण्टा ढिला, मल्ल र शर्मालाई इजलासमा जिम्मेवारी तोकिएन शुक्रबार, वैशाख २५, २०८३
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्