• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

जीवाणु विज्ञ डा सन्तोष दुलाललाई प्रश्न– कोरोना भाइरसको कुनै अन्त्य छैन?

64x64
नेपाल लाइभ सोमबार, भदौ ७, २०७८  १२:३५
1140x725

नेपालमा कोरोना भाइरसको तेस्रो लहर सुरु भए/नभएको विषयमा विज्ञहरुको एक मत छैन। केही विज्ञले तेस्रो लहर आउने सम्भावना रहेको बताउँछन् भने केहीले तेस्रो लहर सुरु भइसकेको दाबी गर्छन्। विश्वका विभिन्न राष्ट्रमा फरक फरक लहर चलिरहेको छ। तेस्रो लहरमा खोप नलगाएका र बालबालिकाहरु बढी प्रभावित हुन सक्ने आकलन पनि गरिएको छ। 

नेपालमा चलिरहेको लहर कुन हो? तेस्रो लहर सुरु भन्नुको वैज्ञानिक आधारहरु के के छन्? अहिले देखिएका भेरियन्टहरु कत्तिको आक्रामक छन्? भाइरसले किन स्वरुप परिवर्तन गरिरहेका छन्? लगायत विषयमा सुक्ष्म जीवाणु विज्ञ डा सन्तोष दुलालसँग नेपाल लाइभका लागि कमला गुरुङले गरेको कुराकानी :

भाइरस भनेको के हो? यो किन मानिसका लागि खतरनाक मानिन्छ?
भाइरस भनेको एक किसिमको सुक्ष्म जीवाणु हो। जुन हाम्रो नाङ्गो आँखाले देखिँदैन। यसलाई ‘माइक्रोस्कोप’को सहायताले मात्र देख्न सकिन्छ। यिनीहरु एक कोषीयभन्दा पनि साना जीवाणुहरु हुन्। 

यी भाइरसहरु पृथ्वीमा करौडौँ वर्षदेखि बाँचिरहेका छन्। जुन बेला मानिसको अस्तित्व समेत थिएन। मानिसको अस्तित्व सुरु हुनुभन्दा अघिदेखि नै यी भाइरसहरु पृथ्वीमा बाँचिरहेका थिए। सबै भाइरसहरु नराम्रो मात्र हुन्छ भन्ने पनि हुँदैन। कतिपय भाइरसहरु राम्रा पनि हुन्छन्, जसले रोग लगाउँदैनन्। तर कतिपय भाइरसहरु भने रोग लगाउने खालका हुन्छन्। 

रोग लगाउने भाइरसको उदाहरण भनेको अहिलेको सार्स कोरोना भाइरस टु अर्थात् कोभिड १९ हो। यसअघिको २००३ मा देखिएको सार्स, २०१२/१३ मा फैलिएको मर्स, एचआइभी, इबोला सबै भाइरसकै कारण लाग्ने रोग हुन्। 

यी भाइरसहरु आफै बाँच्न सक्दैनन्। यिनीहरुलाई बाँच्नका लागि केही न केहीको कोषिकाको आवश्यकता पर्छ। बाँच्न र खानका लागि नै भाइरसले कोषिकालाई संक्रमण गर्छ। केहीले भाइरसलाई जीवित र मृतको रुपमा पनि अर्थ लगाउँछन्। तर भाइरस मृत होइनन्। भाइरसले आफू बाँच्नका लागि कोषिका भेट्टाएनन् भने डरम्यान्ट पोजिसन अर्थात् केही नगरी बस्छन्। तर जब भाइरसले मानिस, जीव या केही व्याक्टेरिका कोषिका भेट्टाउँछ त्यसपछि पनि बाँच्न सक्छन्। 

ब्याक्टेरिया भाइरसभन्दा पनि ठूलो हो। तर कहिलेकाहीँ भाइरसले पनि ब्याक्टेरियालाई प्रभावित पार्न सक्छ। त्यसैले भाइरस भनेको आफैं बाँच्न सक्दैन। भाइरसलाई बाँच्नका लागि कुनै न कुनै कोषिकाको आवश्यकता पर्छ। भाइरसले सामान्यतया श्वासप्रश्वास प्रणालीलाई असर गर्छ। त्यसको एउटा उदाहरण नै कोरोना भाइरस हो। 

यी भाइरसहरुले मानिसको स्वास्थ्यमा कसरी असर गर्छन्? आफू बाँच्नकै लागि कोषिकालाई संक्रमण त गर्छन् तर यसको प्रक्रिया कस्तो हुन्छ?
यी भाइरसहरु मानिस, जीवजन्तु, जनावर वा ब्याक्टेरियाको कोषिकामा बाँधिएर शरीरभित्र पस्छन्। त्यो कोषिकालाई भाइरसले कब्जा गर्छन् र आफ्नो आणुवांशिक तत्वहरु त्यहाँ छिराउँछन्। त्यसपछि यी भाइरसले उक्त कोषिको कामहरुलाई असर गर्छन्। शरीरभित्र भाइरस छिरेपछि एउटा भाइरसबाट हजाराैं भाइरस निस्कन्छन्। ती हजारौं भाइरसले फेरि अरु कोषिकालाई पनि कब्जा गर्दै यसको कामहरुलाई असर गर्छन्। एउटा संक्रमित व्यक्तिले हाँच्छ्यु गर्दा या थुक्दा दशौँ हजार भाइरसहरु हुन्छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

फोक्सोभित्र हुने अक्सिजन लिने र कार्बनडाइअक्साइड फाल्ने एक किसिमको कोषिका हुन्छ। तर, उक्त कोषिकामा कोरोना भाइरसले असर गर्छ। अक्सिजन लिने र कार्बनडाइअक्साइड फाल्ने जुन काम कोषिकाको छ, त्यो राम्रोसँग हुन पाउँदैन। काममा असर पुगेपछि ती ठाउँहरुमा पानीहरु भरिन थाल्छ। 

शरीरमा भाइरस प्रवेश गरेपछि प्रतिरक्षा प्रणाली सक्रिय हुन्छ। शरीरमा नयाँ वस्तु आएको थाहा पाएपछि उक्त प्रतिरक्षा प्रणालीले ती भाइरसलाई मार्न साइटोकाइन्स, माइक्रोफेजेज सक्रिय रुपमा लाग्छ। तर ती भाइरसहरु शरीरमा लुकेर बस्न थाल्छन्। 

यो प्रक्रियामा शरीरमा साइटोकाइन्स बमबारमेन्ट पनि हुन्छ। बुझ्ने गरी भन्नुपर्दा कहिलेकाहीँ ती भाइरसहरुलाई मार्न शरीरले उत्पादन गरेको बम पड्किएर ती भाइरसहरु मात्र मार्दैन। आफैंलाई पनि मार्छ। यसले गर्दा ‘सिस्टमिक’ फेलिएर हुने, अंगहरु खराब हुने हुन्छ। यी सबले गर्दा नै मानिसको मृत्यु हुन्छ। त्यसैले भाइरसले श्वाप्रश्वास प्रणालीलाई मात्र नभई सिस्टमिक फेलिएर हुने, सिस्टमिक इन्फ्लामेशन गराएर मानिसको मृत्यु हुन्छ। 

कोरोना महामारीको दोस्रो लहर सकिएर तेस्रो लहर सुरु भयो भनिदैछ। यहाँको विश्लेषणले के भन्छ, तेस्रो लहर सुरु भइसकेको हो? यसका वैज्ञानिक आधारहरु के के छन्?
कोभिड-१९ कसरी संक्रमण भइरहेको छ? कसरी फैलिरहेको छ? कति व्यक्तिहरु संक्रमित भइरहेका छन्, कतिको मृत्यु भइरहेको? यसको परीदृश्य र पछिल्ला आधारहरु हामीले हेर्नुपर्ने हुन्छ। यसको तथ्यांकहरु विश्लेषण गर्नुपर्छ।

यी सबलाई विश्लेषण गर्दा विश्वमा नै कोरोनाको तेस्रो लहर सुरु भएको देखिन्छ। विश्वमा अहिले पनि सात लाखभन्दा बढी मानिसहरु प्रत्येक दिन संक्रमित भइरहेका छन्। १० हजार बढीको मृत्यु भइरहेको छ। विगत २८ दिनमा १ करोड ६८ लाख मानिस संक्रमित र करिब २ लाख ७० हजार बढीको मृत्यु भएको छ। 

२०१९ डिसेक्बरको तेस्रो सातातिर चीनको वुहान प्रान्तमा केही व्यक्तिमा मात्र कोरोना थियो। यसको परिदृश्य विचार गरौँ, चीनमा कोरोना देखियो, त्यति बेला अरु कुनै राष्ट्रमा संक्रमण थिएन। तर केही व्यक्तिहरुबाट संक्रमण बढ्दै गयो। त्यही चीनमा देखिएको कोरोना भाइरस अहिले २२० वटा देश र क्षेत्रहरुमा फैलिसकेको छ। 

जोन हप्किन्स युनिभर्सिटीको तथ्यांकलाई हेर्ने हो भने विश्वमा २० करोडभन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन्। ४३ लाख ६२ हजारबढी मानिसको मृत्यु भइसकेको छ। अहिले क्यानडामा चौथो लहर चलिरहेको छ। बेलायतमा तेस्रो लहर सुरु भएको छ। अमेरिकामा केही समयअघिसम्म संक्रमण घटेको थियो। तर अहिले संक्रमण बढी रहेको छ। 

संक्रमणको अवस्था पानीको छालजस्तै हुन्छ। संक्रमण विस्तारै बढ्दै जान्छ। त्यसपछि एकदमै उच्च विन्दुमा पुग्छ। अनि फेरि विस्तारै घट्दै पनि जान्छ। संक्रमण केही व्यक्तिमा हुन्छ। ती संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दै धेरै व्यक्तिमा फैलाउँछ। 

नेपालको कोरोना सम्बन्धी तथ्यांकहरुलाई मैले एकदमै नजिकबाट नियाली सुक्ष्म अध्ययन गरिरहेको छु। नेपालमा दोस्रो लहर एकदमै भयंकर भएर भयो। मानिसहरु अस्पतालको शय्या, अक्सिजन नपाएर तड्पिएर मरे। ती सबै त सरकारले सार्वजनिक गरेका आधिकारित तथ्यांक थिए। यो बाहेक ग्रामीण क्षेत्रमा कतिपय मानिसहरु संक्रमण तथ्यांकको दायरामै आउँदैनन्। अझै पनि कतिपय मानिसहरुले कोरोनाको परीक्षण गर्न गराउँदैनन्। 

नेपालमा दोस्रो लहर २०७७ फागुनदेखि २०७८ साउन ३ गतेसम्म चलेको देखिन्छ। दोस्रो लहर सुरु भएपनि साउन ३ गते सबैभन्दा कम संक्रमित देखिन्छन्। त्यो दिन करिब १८ सयको हाराहारीमा संक्रमित थिए। दैनिक परीक्षण दरमा पनि १८ प्रतिशत जति छ। दोस्रो लहर १२८ दिन चलेको छ। तर १२८ दिनसम्म चलेको लहरले ४ लाख ४० हजार बढी मानिस संक्रमित र ६ हजार ४८८ जनाको मृत्यु भएको छ। पहिलो लहरभन्दा दोस्रो लहरमा संक्रमित र मृतकको संख्या दुई गुणा बढी छ। दोस्रो लहरमा संक्रमणदर र मृत्यदुर दुवै बढी छ। 

सरकारकै आधिकारिक तथ्यांक केलाउँदा साउन ४ देखि नेपालमा तेस्रो लहर सुरु भएको छ। अहिले नयाँ किसिमको स्वरुप देखापर्‍यो। कप्पा, ल्याम्डा, डेल्टा प्लस भेरियन्ट देखिएको छ। जुन एकदमै संक्रामक छन्, भनिएको छ। डेल्टा भेरियन्ट संसारभरी फैलिएको छ। तेस्रो लहर नै डेल्टा भेरियन्टले ल्याएको छ। 

तेस्रो लहर कत्तिको आक्रामक र जोखिमपूर्ण देख्नु हुन्छ?
यसका लागि म एउटा उदाहरण दिन चाहन्छु। अमेरिकाको फ्लोरिडामा धेरै मानिस संक्रमित भए। जसमध्ये अधिकांश बालबालिका थिए। युवा तथा वृद्धवृद्धा संक्रमित हुनेमध्येमा पनि धेरैजसो खोप लगाएकाहरु छन्। 

पहिलोभन्दा दोस्रो लहरको संक्रमण अलि आक्रामक थियो। गम्भीर थियो। दोस्रो लहरमा भाइरसको स्वरुप पनि कडा भएर आयो। तेस्रो लहरमा झन् कडा भएर आएको छ। कतिपय वैज्ञानिकहरुले खोपलाई पनि छल्न सक्ने किसिमको भाइरसको स्वरुप आएको बताउन थालेका छन्। 

किनभने यो कोभिड १९ भाइरस प्रकृतिमा बाँच्न चाहिरहेको छ। यसले आफू बाँच्नका लागि विभिन्न खेलहरु खेलिरहेको छ। विभिन्न किसिमको स्वरुपहरु तयार पारेको छ। जस्तोसुकै अवस्थामा पनि लड्न तयार भइरहेको छ। भाइरस प्रकृतिमा परिवर्तनशील छ। भाइरस केही समयपछि शिथिल, कमजोर भएर जान्छ। तर यो भाइरस शिथिल भएको छैन। कमजोर भएको छैन। अझै आक्रामक भएर आइरहेको छ। 

त्यसैले यो भाइरसले आगामी दिनमा कस्तो रुप लिन्छ? कसरी जान्छ? कस्तो अवस्था हुन्छ? भन्ने विषयमा अहिले नै भन्न सक्ने अवस्था छैन। महामारीलाई हामीले भविष्यवाणी गर्नै सक्दैनौ। पूर्वानुमान गर्न सक्दैनौ। 

तेस्रो लहरमा डेल्टा, डेल्टाप्लस, कप्पा र ल्याम्डा भेरियन्ट जिम्मेवार भएको भनिन्छ। कतिपय देशहरुमा खोप लगाएका व्यक्तिहरु पनि संक्रमित भइरहेका छन्। नेपालमा ग्रामीण भेगका मानिसहरुले अझै पनि खोप पाएका छैनन्। खोप शहर केन्द्रित मात्र छ। धेरैले अझै खोप लगाएका छैनन्। त्यसैले तेस्रो लहरमा खोप नलगाएकाहरु र बालबालिकाहरु संक्रमित हुने सम्भावना छ। 

भाइरसले जुन किसिमले स्वरुप परिवर्तन गरिरहेको छ। भाइरस आफ्नो स्वरुप परिवर्तन किन र कसरी गर्छ?
यो भाइरस निरन्तर परिवर्तनशील छ। सार्स कोरोना भाइरसमा २९ हजारभन्दा बढी आणुवांशिक तत्वको लेटर हुन्छ। अर्थात् वंशाणुगत गुण आरएनएमा सीमित हुन्छ। त्यो आरएनएमा लेटरहरु हुन्छ। त्यसलाई हामी न्युक्लियोटाइड भन्छौं। त्यो आरएनए लेटरले नै भाइरसको स्वरुप निर्धारण गर्छ। 

वास्तवमा सार्स कोरोना भाइरस टु त्यति स्वरुप परिवर्तनशील होइन। इन्फ्लुएन्जाको भाइरस धेरै परिवर्तनशील छ। सामान्यतया १५ दिनमा एक पटक म्युटेशन हुन्छ भनिन्छ। वर्षमा २६ पटक उत्परिवर्तन अर्थात् म्युटेशन रेट हुन्छ भनिन्छ। तर आफू बाँच्न, औषधिसँग लड्नका लागि यो परिवर्तनशील छ। 

यी भाइरसहरु त करौडौँ वर्षदेखि हरेक ठाउँमा बाँचिरहेका छन्। हावामा छ, साइबेरिया, अन्ट्राटिकामा पनि बाँचेको छ। कोरोना विरुद्धको खोपसँग छल्न, बच्नका लागि आफू परिवर्तनशील छ। यो भाइरस पृथ्वीमा जसरी पनि बाँच्न चाहेको छ। त्यसैले यो भाइरसले स्वरुप परिवर्तन गरिरहेको छ। 

यी सुक्ष्म जीवाणुहरु निकै बाठो छन्। यो भाइरसहरु पृथ्वीमा करौडौँ वर्षदेखि बाँचिरहेका छन्। तर त्यसलाई उत्खनन् गर्ने काम चाँहि मानिसले गरिरहेको छ।

मानिसको अस्तित्व सुरु हुनुअघि देखि भाइरस थियो। करौडौँ वर्षदेखि पृथ्वीमा यी भाइरसहरु बाँचिरहेका छन् भन्ने कुरा यहाँले गर्नु भएको छ। यी भाइरसहरु मानिसम्म कसरी आइपुग्छन्। यसका माध्यमहरु के के छन्?
मानिसको जनसंख्या बढ्दै गयो। हामीले जंगल फडानी गर्न थाल्यौं। प्रदूषण गर्‍यौँ। विभिन्न किसिमको जेनेटिक मोडिफाइड अर्गानिजम हामीले उत्पादन गर्न थाल्यौं। विकासको नाममा विनाशहरु पनि हुन थाले। मानिसहरु आधुनिक हुने नाममा हरेक काम गर्न थाल्दा ती सुक्ष्म जीवाणहरुलाई पनि असर गर्न थाल्यो।

सार्स कोरोना भाइरस विशेषगरी बाँदर र चमेरामा हुन्थ्यो। तर चमेराबाट मानिसमा त्यो भाइरस कसरी स्पील ओभर भयो भनिन्छ।

एकल स्वास्थ्य अन्तर्गत भाइरल स्पील ओभर भन्छौं। भाइरल स्पील ओभर भनेको कुनै जीव, जंगली जनावरहरुमा यो भाइरस बाँचिरहेको छ, ती भाइरसले जीवलाई खासै असर गरेको हुँदैन। तर हामीले तिनै जनावरहरुलाई मारेर मासु खान थाल्यौं, प्रयोग गर्न थाल्यौं। ती जनावरमा भएका सुक्ष्म जीवाणुहरु केही परिवर्तन (म्युटेशन)भएर मानिसको शरीरमा प्रवेश गर्छ।

एक व्यक्तिमा रहेको भाइरस विस्तारै फैलिदै महामारीको रुप लिन्छ। मानिसको शरीरमा पुगेपछि भाइरसले एक किसिमले आफूलाई छिटो परिवर्तन गर्छ। कहिले काँही ल्याबबाट पनि स्पील ओभर हुन सक्छ। कुनै अध्ययन अनुसन्धानका लागि बनाएर भाइरसहरु पनि ल्याबमै काम गर्ने कर्मचारी संक्रमित भएर पनि समुदायमा फैलिन सक्छ। बायो टेरोरिजम अर्थात् कसैले विश्वलाई ध्यस्त बनाउनका लागि पनि भाइरस बनाउन सक्छ। 

कोरोना महामारीसँगै यो भन्दा अगाडि विश्वमा वर्षौंसम्म कस्तो किसिमको महामारी निम्तिएका थिए? 
इसापूर्व ४ सय वर्ष अगाडिदेखिका महामारीका उदाहरणहरु छन्। त्यो बेला कलेरा थिए। एघारौँदेखि तेह्रौँ शताब्दीमा कुष्ठरोगले युरोपमा धेरै व्यक्तिको मृत्यु भएको थियो। लगभग एक/दुई सय वर्ष नै चलेको थियो। ब्ल्याक डेथले पनि धेरै मानिसको मृत्यु गराएको थियो। 

आजभन्दा एक सय वर्ष अगाडि स्पेनिश फ्लूले पनि पाँचदेखि दश करोड मानिसको मृत्यु गराएको पनि कुरा छ। स्पेनिश फ्लू भनेको रुघाखोकीकै भाइरस हो। अहिले एचवानएनवान, एचफाइभ एनफाइभ अहिले पनि छन्। स्पेनिश फ्लूका स्वरुपहरु अहिले पनि छन्। 

विगत दुई दशकमा मात्र २० वटा जति महामारी फैलिएका छन्। एचआइभी एड्स, इबोला, एचवानएनवान, एचफाइभ एनफाइभ, स्वाइन फ्लू, बर्ड फ्लू, सार्स, मर्स लगायत महामारी फैलिए।

पहिले अलि लामो समयमा महामारी आउँथ्यो भने अहिले बढ्दो मानिसको जनसंख्या र प्रदूषण, मानिस र जनावरबीचको द्वन्द्धका कारण पनि रोग तथा महामारी छिटो निम्त्याइरहेको छ।

कोरोनाको उद्गमस्थल नै चीन हो। तर, त्यहाँ हाल कोरोना भाइरस नियन्त्रणमा छ। तपाईंको विचार नेपाल सरकारले चीनबाट के कुरा सिक्न जरुरी छ?
चीनमा जनस्वास्थ्यका मापदण्ड कडाइ भन्दा कडा रुपमा पालना गरिएको छ। त्यहाँ सबै मानिसले सही तरिकाले मास्कको प्रयोग गर्छन्। तर नेपालमा सबैले मास्क लगाउँदैनन्। लगाएकाले पनि सही तरिकाले लगाएका छैनन्। 

चीनमा ठाउँ–ठाउँमा ह्याण्ड स्यानिटाइजर राखेको छ। लकडाउनलाई कडाइका साथ पालना गर्छन्। हाम्रोमा लकडाउन त हुन्छ तर आन्दोलन भने चलिरहेको हुन्छ। जनस्वास्थ्यका मापदण्डलाई सही ढंगले कडाइका साथ लागू गर्न सकिएको छैन। बढीभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गर्ने र खोप दिनुपर्छ। 

अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको कोरोना खोप ल्याएर सही ढंगले लगाउने नै हो। खोप सही तरिकाले कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ। खोपलाई जति धेरै राख्यो त्यसको प्रभावकारी त घट्दै जान्छ। हामीले ल्याउने खोप पनि बनेको सबैभन्दा पछि ल्याउँछौ। त्यति बेला नै त्यसको हाफ लाइफ घट्दै जान्छ।

यहाँहरु समुदायमा कोरोना भाइरस संक्रमणको अवस्था लगायत बुझ्न विभिन्न जिल्लाहरुमा पुग्नु भएको थियो। के पाउनु भयो? त्यसको मुख्य उद्देश्य के थियो? 
लुम्बिनी प्रदेशको कतिपय सीमान्तकृत जनसंख्यामा, ग्रामीण भेगमा कोरोनाको के कस्तो अवस्था छ? त्यहाँको मानिसहरुमा कोरोना सम्बन्धी सचेतना के छ? खोप लगाए/लगाएको बारे थाहा पाउन द ल्याप्रोसी मिसन नेपालको इम्प्याक्ट प्रोजेक्ट अन्तर्गत हामीले दुई साता काम गर्‍यौँ। 

कपिलवस्तु, रुपन्देही र नवलपरासी तीन वटा जिल्लालाई हामीले समेटेका थियौँ। ती क्षेत्रका धेरैजसो मानिस दोस्रो लहरमा संक्रमित भइसकेका थिए। त्यहाँ कोरोनाको सचेतना एकदमै न्यून छ। ग्रामीण भेगमा कोरोना लागेका व्यक्तिलाई सामाजिक भेदभाव गर्छन्। कोरोनाको लक्षण देखिएपनि हीनताबोधका कारण परीक्षण गर्न जाँदैनन्। 

खोपको पहुँच धेरै कम पायौँ। धेरै मानिसले अझै पनि खोप पाएका छैनन्। लक्षित व्यक्तिले पनि खोप पाएका छैनन्। सरकारले खोप दिने आशामा उहाँहरु बसिरहेको पनि हामीले पायौँ। ग्रामीण भेगमा सरकारले अलि बढी ध्यान र प्राथमिकता दिने हो की भन्ने हाम्रो निष्कर्ष छ। यो त प्रतिनिधि ठाउँ मात्र हो। नेपालको यस्तो ठाउँ त धेरै छन्। केही व्यक्तिहरु कोरोना केही नभएको भन्दै जनस्वास्थ्यमा मापदण्ड पालना नगर्ने पनि भेट्यौँ।

नेपालमा हालसम्म देखिएका भेरियन्टहरु के के छन्?
नेपालमा संक्रमित व्यक्तिहरुको नमुनामा पाइएको भाइरसको आणुवांशिक तत्व लिएर गरिएका अध्ययनहरु धैरै छैन। केही नमूनाहरु प्रत्येक लहरमा बाहिरी देशमा पठाएर वा नेपालकौ प्रयोगशालाहरुमा पनि आणुवांशिक अध्ययन गरिएको छ। 

नेपालमा डेल्टा, डेल्टाप्लस, एल, एस, अल्फा, युके भेरियन्टहरु पनि देखिएका थिए। नेपालमै भेरियन्ट पनि थिए होलान्। तर हामीले बिना अध्ययन भन्न सक्दैनौ। भाइरसको स्वरुपको अध्ययन गर्नुपर्ने आवश्यकता छ। स्वरुपको अध्ययनले नै संक्रमणको अवस्था, स्थिति, खोपको प्रभावकारिता थाहा पाउन सकिन्छ। 

त्यसो भए कोरोना भाइरसको कुनै अन्त्य छैन त?
कोरोना भाइरसको अन्त्य छैन भनेर हामीले अहिले नै भन्न सक्ने अवस्थामा छैनौँ। केही लहरहरु आएर यसको अन्त्य पनि हुन सक्छ। कुनै बेला एचआइभीले ठूलो महामारीको रुप लिएको थियो। त्यो अहिले शिथिल भएर गएको छ। 

स्वाइन फ्लू, बर्ड फ्लू पनि शिथिल भएर गएको छ। कोरोना भाइरस स्वरुप परिवर्तन गरेर संसारभर फैलिरहेको छ। खोप लगाएका व्यक्तिमा पनि संक्रमण गराएको हुँदा यसले एक किसिमको चुनौती पनि थपेको छ। त्यसैले कोरोना भाइरसले निम्त्याएको महामारी अहिले नै सकिन्छ भनेर अनुमान गर्न सकिदैन। 

जुन देशमा जनस्वास्थ्यका मापदण्ड निकै कडाइका साथ पालना गरिएको छ, ती देशमा मात्र यो नियन्त्रणमा छ। 

पहिलो लहर सकिएपछि हामीले गरेको लापरबाहीका कारण नै दोस्रो लहर आएको थियो। दोस्रो लहर आउँदैन भन्नेहरु पनि थिए। तर हामी दोस्रो लहर आउँछ र भयावह हुन्छ भनेर कराइ रहेका थियौँ। अहिले पनि तेस्रो लहर सुरु भयो भन्दा कसैले नसुने जस्तो गरी उस्तै लाचारपन देखाइरहेको छ। तयारी शन्यू छ। हामीले अलमलीरहेका छौँ। 

कोभिड विस्तारै बढ्दै जान्छ। बिरामीको संख्या बढ्छ। अनि पुनः शय्या र अक्सिजन नपाउने अवस्था हुन्छ। 

कोभिडको अनुसन्धानका लागि टिम बनाएर सरकारले किन काम गर्न सक्दैन? अहिले पनि नेपालमा आणुवांशिक अध्ययन हुँदैन। यतिका महामारी आए गए तर अझै पनि हामी कोरोना भाइरसलाई प्रयोगशालामा कल्चर अर्थात् उत्पादन गर्न सक्दैनौं। 

यस किसिमको महामारीले आगामी दिनमा नआउला भन्न सकिदैन। यस किसिमको महामारीसँग जुध्न हामी तयारी अवस्थामा त रहनैपर्छ। 

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  १२:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ब्राउन सुगरसहित विराटनगरमा दुई जना पक्राउ
फरार प्रतिवादी लागुऔषधसहित पोखराबाट पक्राउ
पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, २ जनाको मृत्यु
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
ब्राउन सुगरसहित विराटनगरमा दुई जना पक्राउ शुक्रबार, भदौ ५, २०८३
फरार प्रतिवादी लागुऔषधसहित पोखराबाट पक्राउ शुक्रबार, भदौ ५, २०८३
पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, २ जनाको मृत्यु शुक्रबार, भदौ ५, २०८३
एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल, गत सिजनको हारको बदला लिने मौका शुक्रबार, भदौ ५, २०८३
थोरैले बढ्यो अमेरिकी डलरको मूल्य, कतिमा हुँदैछ खरिदबिक्री? शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
चेक वाउन्सको मुद्दामा जनता टेलिभिजनका अध्यक्ष विजय पाैडेल टेलिभिजन कार्यालयबाटै पक्राउ बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्