• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, फागुन २९, २०८२ Fri, Mar 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

के एमालेले लुम्बिनीका सभामुख हटाउन सक्छ?

64x64
लिलु डुम्रे आइतबार, भदौ ६, २०७८  १९:१९
1140x725
लुम्बिनी प्रदेश सभाका सभामुख पूर्ण बहादुर घर्ती

काठमाडौं– संघीय संसद र लुुम्बिनी प्रदेश सभामा समान प्रकृतिको विवाद देखिएको छ। संघीय संसद (प्रतिनिधि सभा)मा सभामुख अग्निप्रसाद सापकोटा र लुम्बिनी प्रदेशमा सभामुख पूर्ण बहादुर घर्ती विपक्षी दल नेकपा एमालेको ‘तारो’ बनेका छन्। 

पार्टी हित विपरीतको गतिविधि गरेको भनेर एमालेले १४ जना प्रतिनिधि सभा सदस्य (संघीय सांसद)लाई कारबाही गरेको भन्दै पदमुक्त गर्नका लागि संघीय संसद सचिवालयमा पत्र बुझाएको छ। तर, पदमुक्त गरिएको सूचना सदनलाई जानकारी दिने प्रक्रिया अगाडि नबढाएको भन्दै एमाले सभामुख सापकोटाप्रति रुष्ट छ। 

संघीय संसदको जस्तै घटना लुम्बिनीमा पनि छ। ‘आफ्नो पार्टी’का २ जना सांसदलाई कारबाही गरिएको निर्णय कार्यान्वयन नगरेको भन्दै लुम्बिनीमा पनि एमालेले सभामुख घर्तीको विरोध गरिरहेको छ। 

राजनीतिक दलसम्बन्धी ऐनभन्दा बाहिर गएर माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम)लाई मुख्यमन्त्रीमा समर्थन गरेको भन्दै एमालेले सांसदद्वय अजय शाही र विमला केसी (ओली)लाई कारबाही गरिएको पत्र प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएको थियो। तर, सभामुख घर्तीले एमालेले गरेको कारबाहीको आधारमा सांसदद्वय शाही र ओलीलाई पदमुक्त गर्न नसकिने निर्णय गरेका छन्। 

सभामुख घर्तीले सांसदद्वयलाई पदमुक्त गर्न मिल्ने आधार नदेखिएको दाबीसहित कारबाही गरिएको सूचनाबारे सदनलाई जानकारी दिन नसकिने निर्णय भएको जानकारी एमालेलाई गराएका छन्। गत निर्वाचनमा शाही सूर्य चिह्नबाट स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका थिए। अर्की सांसद ओली प्रदेश सभाको उप–निर्वाचनमा तत्कालीन नेकपाबाट विजयी भएकी थिइन्। ओलीको पनि चुनाव चिह्न सूर्य नै थियो। शाही नवलपरासी १ ‘ख’ बाट हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट निर्वाचित भएका थिए भने ओली दाङ ३ ‘ख’बाट उपनिर्वाचनमा विजयी भएकी थिइन्। 

आफूहरुले कारबाही गर्न भनी पत्राचार गरेका दुई सांसदलाई प्रदेश सभाले पदमुक्त गर्न नसकिने जवाफ दिएपछि प्रमुख प्रतिपक्षी दल एमाले रुष्ट बनेको छ। एमालेले आइतबार ३ पेज लामो विज्ञप्ति निकालेर लुम्बिनीका सभामुखको भूमिकामाथि नै प्रश्न उठाएको छ। 

एमाले लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेत भूमिश्वर ढकालले सभामुख घर्ती माओवादी केन्द्रको कार्यकर्ताको रुपमा प्रस्तुत भएको आरोप लगाए। ‘सभामुख भनेको साझा पद हो । जुनसुकै पार्टीबाट निर्वाचित भए पनि सभामुख बन्ने क्रममा त्यो पार्टीबाट राजीनामा दिएर स्वतन्त्र हुनु पर्छ। संविधान र प्रदेश सभा नियमावलीले पनि सभामुख स्वतन्त्र हुने व्यवस्था गरेको छ,’ एमाले प्रमुख सचेतक ढकालले नेपाल लाइभसँग भने। 

२ जना सांसद शाही र ओलीलाई पार्टीले कारबाही गर्दा पनि प्रदेश सभा सचिवालयले पदमुक्त नगरेको भन्दै नेकपा एमालेले लगातारजसो प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएको छ। सभामुख घर्तीले २ सांसदलाई पदमुक्त गर्न नसकिने निर्णय नै गरिसकेपछि एमाले झन् आक्रोशित बनेको छ। अबको बैठकमा आफूहरु सभामुखको ‘पक्षपाती’ व्यवहार र निर्णयका विरुद्ध कडा रुपमा प्रस्तुत हुने एमालेका एक प्रदेश सभा सदस्यले नेपाल लाइभलाई जानकारी दिए। 

Ncell 2
Ncell 2

एमालेले सभामुखविरुद्ध कडा रुपमा प्रस्तुत हुने तयारी गरेपनि उनलाई पदबाटै हटाउन सक्ने अवस्था भने छैन। आचरण विपरीत कार्य गरेमा संसदको दुईतिहाइ मतले सभामुखलाई हटाउन सकिने व्यवस्था संविधानमा छ। संविधानको धारा १८२ को उपधारा ६ को (ग) मा ‘निज(सभामुख)ले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रदेश सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट पारित भएमा’ पदमुक्त हुने भनिएको छ। 

प्रदेश सभा नियमावलीमा सभामुखले पद अनुकूल आचरण नगरेको लागेमा संसदमा कायम सांसद मध्येबाट एक चौथाइ सदस्यले संसदमा प्रस्ताव पेस गर्न सक्ने व्यवस्था गरिएको छ। प्रदेश सभा नियमावलीको व्यवस्थाअनुसार एमालेले सभामुखविरुद्ध पद अनुकूल आचरण नगरेको प्रस्ताव पेस गर्न सक्छ। तर, दुईतिहाइ मतसहित पारित हुन सम्भव छैन। 

आचरण विपरीतको कार्य गरेको भन्दै प्रस्ताव पेस भएकै आधारमा सभामुख स्वतः निलम्बित हुने व्यवस्था भने छैन। 

एमालेको माग बमोजिम शाही र ओलीलाई कारबाही भएको अवस्थामा पनि सरकार गठनका लागि उक्त दलले बहुमत पुर्‍याउन सक्ने अवस्था संसदको अंक गणितअनुसार देखिँदैन।  

लुम्बिनी प्रदेश सभामा ८० जना सांसद छन्। सत्तारुढ गठबन्धनमा ४१ जना छन्। सभामुखले २ जना सांसद हटाएको भए कुल सांसदको संख्या ७८ जना हुन्छ। त्यसबेला बहुमतका लागि ३९ मत आवश्यक पर्दछ। सत्ता गठबन्धनसँग बहुमत पुग्ने संख्या संसदमा रहन्छ। एमालेलाई बहुमत पुर्‍याउन एक सांसद आवश्यक पर्दछ।

प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  १९:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई पितृ शोक शुक्रबार, फागुन २९, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने उम्मेदवारी खारेजीका बाबजुद धनुषा १ मा साहलाई सबैभन्दा बढी मत परेको थियो । तर आयोगले नियमानुसार उनको चुनावचिन्ह घन्टीमा आएको भोटलाई ब... बिहीबार, फागुन २८, २०८२
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन एमाले पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्यका अनुसार भर्खरै मणिपाल मेडिकल कलेजले उनको निधनको घोषणा गरेको हो । बिहीबार, फागुन २८, २०८२
ताजा समाचारसबै
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई पितृ शोक शुक्रबार, फागुन २९, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने बिहीबार, फागुन २८, २०८२
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन बिहीबार, फागुन २८, २०८२
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज ! बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन बिहीबार, फागुन २८, २०८२
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज ! बिहीबार, फागुन २८, २०८२
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा बिहीबार, फागुन २८, २०८२
भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्