• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

एनआरएनए जापानको चुनावमा भएको धाँधली छानबिन गर्न माग गर्दै नेपाल प्रहरीमा उजुरी

64x64
नेपाल लाइभ बिहीबार, भदौ ३, २०७८  २२:५७
1140x725

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए), एनसीसी जापानको चुनावमा भएको धाँधलीको छानबिन गर्न माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ।

एनसीसी जापानका केही पञ्जीकृत सदस्यहरुले आफूहरु मताधिकारबाट वञ्‍चित भएको र आफ्नो नामबाट अरु कसैले आफूलाई थाहा नै नदिइ मतदान गरेको भन्दै छानबिनका लागि उजुरी दिएका हुन्।

जापानमा नयाँ कार्यसमिति चयनका लागि गत जुलाई ३० मा अनलाइन मतदान भएको थियो। सो मतदानमा निर्वाचन समितिसँगको मिलेमतोमा केही व्यक्तिहरुले एउटै कम्प्युटरबाट सयौं व्यक्तिको भोट खसालेको र सम्बन्धित मतदातालाई त्यसबारेमा जानकारीसमेत नभएको बताइएको छ।

‘एनआरएनए जापानको १०औं अधिवेशनको लागि डिजिटल प्रक्रियाबाट भरिएको हाम्रो फाराम इमेल हाम्रो जानकारी एवम् हाम्रो अनुमति नलिइकन तेस्रो व्यक्तिले हाम्रो इमेल परिवर्तन गरी मतदान गरेको हुनसक्ने हुनाले उचित छानबिन गरीपाउँ,’ साइबर ब्यूरोमा पठाइएको निवेदनमा उल्लेख छ।

‘तेस्रो व्यक्ति वा असम्बन्धित व्यक्तिले हाम्रो इमेल अनुमतिबिना फेरबदल गरी मतदान गरी हाम्रो मतदान गर्न पाउने हक अधिकारबाट वञ्‍चित गरिएको छ, जुन नेपाल तथा अन्तर्राष्ट्रिय साइबर कानुनअन्तर्गत अपराध हुन आउँछ,’ निवेदनमा भनिएको छ, ‘त्यसैले उक्त व्यक्ति वा समूह जो कोही भए पनि कानुनबमोजिम छानबिन गरी साइबर कानुनअन्तर्गत कारबाही गरीपाउँ।’

गैरआवासीय नेपाली संघ नेपाल सरकारको कानुनअन्तर्गत परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो। संघमा हुने अनियमितताको छानबिनमा नेपालको कानुन सीधै आकर्षित हुन्छ। एनआरएन जापानमा भएको चुनावमा गरिएको धाँधलीको छानबिन गर्न माग गर्दै परराष्ट्र मन्त्रालयमा पनि उजुरी परेको छ।

निर्वाचनमा धाँधली भएको प्रमाणसहित आईसीसीका दुई तथा अध्यक्षका चार जना उम्मेदवारसहित २९ जना उम्मेदवारले तत्कालै निर्वाचन समितिमा उजुरी दिएका थिए। उम्मेदवारहरुले संघको आईसीसीमा पनि छानबिनका लागि निवेदन दिएका थिए।

उजुरीपछि संघले छानबिन समिति बनाएर प्रतिवेदन सार्वजनिक नगर्दै आईसीसीका केही उच्च पदाधिकारीहरुको दबाबमा निर्वाचन समितिले एक पक्षलाई निर्वाचित भएको प्रमाणपत्र दिँदै शपथ गराएपछि यो विवाद ब्यूरोसम्म आइपुगेको हो।

Ncell 2
Ncell 2

के हो विवाद?
एनसीसीको नयाँ नेतृत्व चयनका लागि जुलाई ३० तारिखमा भएको चुनावमा तीन हजार ६१५ नक्कली भोट हालिएको तथा एक हजार १०० मतदातालाई भोट हाल्न इमेल र मेसेज नै नपठाइएको दाबी निवेदकहरुको छ।

निर्वाचनलगत्तै दुई जना आईसीसी सदस्य, अध्यक्षका चार जना उम्मेदवारहरु, वरिष्ठ उपाध्यक्षका उम्मेदवार एक जना, उपाध्यक्षका उम्मेदवार सात जना, महासचिव, कोषाध्यक्ष तथा सदस्यका उम्मेदवार लगायत २९ जनाले एनआरएनए जापानको अध्यक्ष मण्डललाई पत्र लेखी विश्वासिलो आईटीविज्ञ राखी छानबिन गरेर यथार्थ बाहिर ल्याएपछि मात्र निर्वाचन परिणाम घोषणा गर्न माग गरेका थिए। बहुसंख्यक उम्मेदवारहरु नै छानबिनको पक्षमा उभिएको दाबी गरिएको छ।

'नियोजित कथित निर्वाचन एउटा धोका हो। यो बिहारी शैलीमा गरिएको मजाकबाहेक अरु केही होइन, यस सम्बन्धमा सप्रमाण पेस गरेका छौं,' केन्द्रीय अध्यक्ष कुमार पन्तसमेतलाई बोधार्थ दिइएको उजुरीपत्रमा भनिएको छ।

त्यस्तै, निर्वाचन समितिले तय गरेको मापदण्डविपरीत एउटै कम्प्युरबाट अटोमेटिक रुपमा सयौंको संख्यामा मतदान भएको, जापानबाहिरका देशहरुबाट पनि मतदान गरिएको र त्यसरी गरिएको मतदानको संख्या पनि धेरै रहेको उजुरीमा उल्लेख छ।

निवेदकहरुले नेपालका काठमाडौं र पोखरा तथा भारतका विभिन्न सहरबाट पनि मतदान भएको मतदानमा प्रयोग गरिएको कम्प्युटर, लोकेसन तथा आईपी एड्रेस लगायतका प्रमाण पनि उजुरीमा समावेश गरेका छन्।

प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  २२:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
झापा–५ मा बालेनले गरे उम्मेदवारी दर्ता
राजेन्द्र लिङ्देनद्वारा झापा-३ मा उम्मेदवारी दर्ता
शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा
सम्बन्धित सामग्री
लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिमा प्रधानमन्त्री ओलीले जनाए आपत्ति शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भ... शनिबार, भदौ १४, २०८२
आउँदो चुनाव पछि रास्वपालाई सबैभन्दा ठूलो र निर्णायक पार्टी बनाउने प्रयासमा छौं : डा वाग्ले झन्डै एक साता लामो  क्यानडा भ्रमणका क्रममा राजधानी अटवामा नेप्लिज क्यानडियन एसोसियशन अफ अटवाद्वारा आयोजित एक अन्तरक्रियालाई सम्बोधनग... शुक्रबार, भदौ १३, २०८२
एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर महर्जनको साथ डा. धरेल शीर्ष २५ इमिग्रेन्ट्स अवार्ड विजेता हुन् । धरेल हाल क्यानाडियन मल्टिकल्चरल काउन्सिलका अध्यक्ष समेत हुन् । क्यानाडाको बहुसां... बिहीबार, साउन ८, २०८२
ताजा समाचारसबै
झापा–५ मा बालेनले गरे उम्मेदवारी दर्ता मंगलबार, माघ ६, २०८२
राजेन्द्र लिङ्देनद्वारा झापा-३ मा उम्मेदवारी दर्ता मंगलबार, माघ ६, २०८२
शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा मंगलबार, माघ ६, २०८२
पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट मंगलबार, माघ ६, २०८२
प्रतिनिससभा निर्वाचन : प्रत्यक्षतर्फ यस्तो छ कास्कीमा उम्मेदवारी मनोनयनको दर्ता कार्यतालिका मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
डा. प्रकाशशरण महत नुवाकोट-१ बाट चुनाव लड्ने सोमबार, माघ ५, २०८२
उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै रास्वपा तेह्रथुममा सामूहिक राजीनामा सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्