• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

भ्रेमाथाङ अध्ययन टोलीको निष्कर्ष : पहिरो अहिल्यै रोकिँदैन, १ करोड ५ लाख घनमिटर ग्रेगान थुप्रिएको छ

64x64
नेपाल लाइभ आइतबार, साउन ३१, २०७८  १७:५१
1140x725

काठमाडौं- असार १ र त्यसपछि निरन्तर रुपमा बाढी आएर भएको विनासको अध्ययन गर्न हेलम्बुको भ्रेमाथाङ पुगेको अध्ययन टोलीले पहिरो तत्काल नरोकिने अवस्थामा रहेको निष्कर्ष निकालेको छ।

४ दिनसम्म भ्रेमाथाङ बसेको टोलीले उक्त क्षेत्रमा १ करोड ५ लाख घनमिटर थ्रेगिनी जम्मा भएको अध्ययनका लागि पुगेका खानी तथा भूगर्भ विभागका सिनियर भूगर्भशास्त्री शिव बाँस्कोटाले बताए।

‘पेम्दाङ र मेलम्ची खोला मिसिने ठाउँमा ठूलो गेग्रान देखिन्छ। खोलाले आफ्नो धार परिर्वतन गरेर अर्को क्षेत्रमा बगिरहेको छ’ उनले भने ‘अहिले  तल्लो तटिय क्षेत्रमा पनि धेरै पहिरोहरु विकास भएका छन्। अब मनसुन सक्रिय भएसँगै पहिरो जान्छ।’ 

साउन १६ गतेको भेल बाढीपछि अध्ययनका लागि खानी तथा भूगर्भ विभागका सिनियर भूगर्भशास्त्री शिव बाँस्कोटासहितको टोली ४ दिन भ्रेमाथाङमा बसेको थियो।  पेमदाङ खोलाबाट आएको बाढीले भ्रेमाथाङमा अत्यधिक गेग्रान जम्मा गरेका कारण विनास भएको देखिएको उनले बताए ।

‘मेलम्ची र पेम्दाङ खोला मिलेर बग्ने ठाउँमा आएपछि यसले थुनिएर विनासको रुप लिएको देखिन्छ’, उनले भने  ‘नदीको क्षेत्रमा बस्ती विकास गर्न हुँदैन भन्ने यो विपतबाट सिक्नुपर्ने छ। अहिले बाढी गएको समग्र क्षेत्र कुनै समय खोला नै रहेको थियो। पछि विस्तारै बस्ती बढ्दै गएको थियो।’ 

Ncell 2
Ncell 2
nimb
nimb

आठ मिटरसम्म उचाको ग्रेगान थुप्रिएको उनले बताए। ‘भ्रेमाथाङमा १ करोड ५ लाख घनमिटर थ्रेगिनी जम्मा भएको छ’ उनले भने ‘मेलम्चीमा १० मिटरसम्म उचाइ बढेको छ।’ 

उनले हाल पानीको बहाव ८.८२ क्युसेक रहेको बताए। ‘बाढी जानुअघि ठूलो मात्रामा वर्षा भएको देखिन्छ’ उनले भने, ‘तीनवटै खोलामा एकैपटक भेल बाढी आएको छ। मेलम्ची, याङग्री र लार्केमा एकै पटक बाढी गएको देखिन्छ।’ 

भूकम्प गएको वा ताल फुटेको कुनै पनि सम्भावना अध्ययनमा नदेखिएको उनले बताए।  भारी वर्षा र माथिल्लो क्षेत्रमा पहिरो गएको कारण यो विनास भएको उनले बताए। 

Xtrem
Xtrem

मेलम्चीमा फेरि बाढी आउँछ कि आउँदैन? 
तल्लो क्षेत्रमा पनि व्यापक पहिरोहरु विकसित भएको उनले बताए।  ‘असार १  भन्दा अघि तल्लो तटिय क्षेत्रको भूमिका थिएन। तर, अब यो जोखिम बढेको छ ’ उनले भने ‘कुनै समय पानी परेमा ठूलो भेल बाढी आउँछ। यो मौसमभरी मेलम्ची वा अन्य तल्लो तटिय क्षेत्रमा बस्न मिल्दैन।’

खोला किनाराका बस्ती सार्नुको विकल्प छैन
निमा ग्याल्जेन शेर्पा, अध्यक्ष,  हेलम्बु गाउँपालिका
असार १ र त्यसपछि गएको बाढीले धेरै क्षति हेलम्बुमा पुगेको छ। हेलम्बुमा धेरै आर्थिक र भौतिक क्षति भएको छ। यो पहिरोको स्रोत भनेको भ्रेमाथाङ हो भन्ने सबैको अनुसन्धानमा देखिएको छ। मैले पनि उक्त क्षेत्रमा पुगेर हेरेर आएको छु। मेरो अनुभवमा उक्त क्षेत्रलाई फेरि उठाउन सकिन्छ तर सरकारले सहयोग गर्न म आग्रह गर्दछु। 
पहिला तल्लो तहमा पहिरो थिएन। अहिले जताततै पहिरो देखिन्छ। भ्रेमाथाङमा पहिला भन्दा झन् पहिरो देखिन्छ। १६ गतेअघि बस्ती बचाउने मात्र कुरा थियो तर अब यो होइन बस्ती सार्ने कुरा आएको छ। पानी माथि सानो छ, तल आउँदा कसरी ठूलो आउँछ भनेर प्रश्न आइरहेको छ। खोला किनाराका बस्ती माथि सार्नुको विकल्प मैले देखेको छैन। अब के गर्न सकिन्छ र के गर्दा त्यो क्षेत्र बचाउन सकिन्छ त्यसमा काम गरिदन म आग्रह गर्दछु। भ्रेमाथाङ चउर भएकाले जाली लगाउने हो भने रोकिन्छ। तर, यो सबै आउने हो भने तल्लो क्षेत्रको उचाई निकै बढ्ने छ। रिस्क कम हुने गरि काम गर्ने कुरामा सरकारको ध्यान जान जरुरी छ।
भ्रेमाथाङ भन्दा मुनिका क्षेत्रमा धेरै जोखिम देखिएको छ। १६ गतेपछि फेरि आउँदैन कि भन्ने अनुमान छ। यो अब एक/दुई वर्षको हैन चार/पाँच वर्षको रिस्क भयो। राजधानीको खानेपानीको मुहान क्षेत्र भएकाले खानेपानी संरक्षणका लागि तलैदेखि गर्ने हो भने समाधान हुने देखिन्छ। तत्काल के गर्न सकिन्छ भने दशैंसम्म सरकार कस्सिएर लाग्ने हो भने फेरि मेलम्ची ल्याउन सकिन्छ। स्थायी रुपमा यो मेलम्ची आयोजना सञ्चालन हुन सक्ने मलाई लाग्दैन। तीन वटा पहिरो आएको छ।
पहिरोको बीचमा खानेपानी आयोजना सञ्चालन हुन सक्दैन। ६ वटा पक्की र ६ वटा झोलुङ्गे पुल बगाएको छ। अहिले हेलिकोप्टर लिएर बिरामी अस्पताल ल्याउनुपर्ने अवस्था छ। संयोगले म भ्रेमाथाङ पुग्न पाएँ। राज्य लाग्ने हो भने रोक्न नसक्ने लागेन। मलाई सहयोग गर्नुस् म यसलाई पुन: उठाउन सक्छु। तलदेखि जाली लगाउँदै गएमा यो समथर चउर भएकाले रोक्न सकिन्छ।  सरकारले पहल गरोस्।  
मेरो विश्वास छ, यसलाई फेरि उठाउन सकिन्छ। अहिले यसो भन्दा मलाई कुट्ने सम्भावना छ। तर, म सबैलाई आग्रह गर्दछु हामी फेरि उठाउँछौ। यसलाई पर्यटकीय क्षेत्र नै बनाउने छौं।
पानी परे फेरि बगरे आउँछ
रञ्जन दाहाल, पहिरोविज्ञ 
भ्रेमाथाङ अब तत्काल पहिरो आउने सम्भावना देखिँदैन। तर, तल्लो क्षेत्रमा जोखिम बढेको छ। भ्रेमाथाङमा पानी थुनिएर ड्याम बनेर फुटेको पुष्टि भएको देखिन्छ।
ड्यामको भूभाग सकिएको छ। चौरको साढे ८ मिटर बाक्लो क्षेत्र दलदल रहेको छ। अबको दिनमा पानी परे फेरि बगेर आउँछ। यसले मुखैमा खोलाई थुन्न सक्छ। यसले पनि आगामी दिन संकट कायमै राख्छ। सानो सानो रुपमा सँधै थुनिने खतरा छ। यो पहिरो रेकी सकिएको छ। अब कसरी जाने भनेर छलफल हुन जरुरी छ। त्यहाँको तापक्रम बढेको देखिएको छ। हिउँ परेको स्थानमा पानी पर्दैन भन्ने कुरा परिर्वतन भएको छ। यो ठूलो अब चुनौती हो। 

प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  १७:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्