Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कुलप्रसाद केसी : यस्ता छन् लुम्बिनीका ‘नयाँ मुख्यमन्त्री’

64x64
वीरेन्द्र ओली बुधबार, साउन २७, २०७८  २१:४६
1140x725

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभामा आफूविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव सामना गर्नुसाटो राजीनामा दिएपछि विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा प्रस्तावित कुलप्रसाद केसी ‘सोनाम’ले अब प्रदेश सरकार हाँक्ने निश्चित बनेको छ। तत्कालीन नेकपाबाट मुख्यमन्त्री बनेका पोखरेल अल्पमतमा परेसँगै राजीनामा दिएर बाहिरिएपछि माओवादी केन्द्रका संसदीय दलका नेता केसी मुख्यमन्त्री बन्न लागेका हुन्।  

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालगायत दलको समर्थनमा केसीले मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाउँदैछन्। माओवादी र कांग्रेसबीच भएको मौखिक सहमति बमोजिम केसीले ८ महिना मुख्यमन्त्रीको नेतृत्व गर्ने अवसर पाउने भएका छन्। त्यसपछि काग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बाँकी अवधि मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने छन्। प्रदेश सभाका कूल ७९ सदस्यमध्ये केसीको पक्षमा ४१ जना सांसदले समर्थन जनाएका छन्। 

लुम्बिनी प्रदेशको नेतृत्व गर्ने अवसर यसअघि दाङ क्षेत्र नम्बर २ ‘क’ बाट निर्वाचित पोखरेलले पाएका थिए भने अब रोल्पाबाट निर्वाचित केसीले पाउँदैछन्। केसी २०२७ माघ १० गते रोल्पा नगरपालिका-६ ज्यूवाङमा जन्मिएका हुन्। 

विद्यार्थी राजनीतिदेखि भूमिगत युद्धसम्म
पूर्वसभामुख कृष्णबहादुर महराबाट प्रभावित केसी विद्यालय तहमै पढ्दा राजनीतिमा जोडिए। उनी २०४३ सालमा नेकपा मसालको विद्यार्थी संगठनमा आवद्ध भए। एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययन गर्न दाङको महेन्द्र बहुमुखी क्याम्पसमा झरे। त्यहाँ आईए पढ्दापढ्दै विद्यार्थी संगठनमा आवद्ध भई सक्रिय राजनीति गर्न थाले। विद्यार्थी राजनीति सुरु गरेको चार वर्षपछि २०४७ सालमा पार्टी सदस्यता पाए। 

विद्यार्थी राजनीतिमा सक्रिय केसी शिक्षक भएपनि आफ्नो राजनीतिलाई निरन्तरता दिए। प्राथमिक तहको स्थायी शिक्षक भएका केसी पार्टीमा एरिया सेक्रेटरी भएर भूमिका निर्वाह गरे। २०५० साल तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई स्थायी शिक्षकले कालो झण्डा देखाएको भन्दै उनले शिक्षकबाट अवकास लिनु पर्‍यो। स्थायी शिक्षकले प्रधानमन्त्रीलाई कालो झण्डा देखाएर विरोध गरेको भन्दै शिक्षकबाट राजीनामा दिन परेपछि उनी सक्रिय राजनीतिमा आए। शिक्षकबाट राजीनामा दिएपछि केसी तत्कालीन जनमोर्चामा सक्रिय भई भूमिगत राजनीति गर्न थाले। 

२०५२ साल फागुन १ गते तत्कालीन माओवादीले ‘जनयुद्ध’मा जाने घोषणा गरेपछि उनी भुमिगत भई माओवादीमा सक्रिय भए। माओवादी ‘जनयुद्ध’मा जाने बेला उनी रोल्पा जिल्ला पार्टी सदस्य मात्रै थिए। भूमिगत भई राजनीति गर्न थालेपछि उनको राजनीतिक उचाई थपिँदै गयो। २०५५ सालमा उनले दाङ, प्युठान र सल्यान जिल्लाको सेक्रेटरीको भूमिका पाए। त्यसपछि २०५६ साल भेरी-कर्णाली सैन्य कमिसार र २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भए।

तीन वर्ष भारतको बक्सर जेलमा बन्दी
रोल्पामा जन्मिएका केसीले आफ्नो गृहजिल्ला मात्रै होइन सशस्त्र युद्धमा राप्ती क्षेत्रका चर्चित नेताको रुपमा परिचय बनाए। २०५६ सालपछि भेरी-कर्णाली क्षेत्रको सैन्य कमिसार बनेपछि त्यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाए। 

केसीले राजनीतिसँगै गीत संगीत र सहित्यमा समेत पहिचान बनाउन सफल भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य दीपेन्द्र पुन ‘सिजल’ बताउँछन्। ‘उहाँ मेरो नजरमा चौतर्फी नेतृत्व गर्न सक्ने नेता र नेतृत्वको रुपमा लिन्छु। राजनीतिसँगै साहित्य र सांस्कृतिक विधाको क्षेत्रमा आफ्नो पहिचान बनाउनु भयो। फौजी क्षेत्रमासमेत सफल हुनुभयो’, पुनले नेपाल लाइभसँग भने, ‘राजनीति गर्ने व्यक्तिले प्रायः राजनीतिलाई मात्रै ध्यान दिएको पाइन्छ। त्यो सोनाम कमरेडमा लागू  हुँदैन। उहाँ राजनीतिसँगै सैन्य र कला साहित्य, गीत संगीतमा पनि उत्तिकै निपूर्ण हुनुहुन्थ्यो।’ 

Ncell 2
Ncell 2
nimb
nimb

गीत संगीत र साहित्यमा समेत उत्तिकै सक्रिय भएकाले सशस्त्र युद्धमा संगठन विस्तार गर्नमा समेत निकै बल पुगेको नेताहरु बताउँछन्। तत्कालीन माओवादीले पहिलोपटक रोल्पाको होलेरी आक्रमण गर्दा केसी समेत सहभागी भएका थिए। जुनसुकै पेशा वा क्षेत्रमा भएपनि केसीले राजनीतिलाई सधैं निरन्तरता दिएको केन्द्रीय सदस्य पुन बताउँछन्। 

‘सोनाम कमरेड विद्यार्थी हुँदा राजनीतिमा जोडिनुभयो। त्यसपछि रोल्पा लिवाङस्थित बालकल्याण माविमा स्थायी शिक्षक हुनुभयो। त्यतिबेला पनि जनमोर्चामा आवद्ध हुनुहुन्थ्यो’ पुनले भने, ‘स्थायी शिक्षकबाट राजीनामा दिनुपर्ने अवस्था आएपछि राजीनामा दिएर ‘जनयुद्ध’मा पूर्णकालीन रुपमा होमिनुभयो।’ 

‘जनयुद्ध’मा केसीको चर्चा चुलिँदै गएपछि उनी तत्कालीन सेनाको नजरमा पर्न थाले। त्यति नै बेला पार्टी बैठकका लागि भारत जाने क्रममा २०६० साल जेठ २० गते पक्राउ परे। त्यसपछि उनी २०६३ साल साउनसम्म झण्डै तीन वर्ष भारतको बक्सर जेलमा बन्दी जीवन बिताए। 

तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछि मात्रै केसी जेलबाट छुटेका थिए। जेलबाट छुटेपछि २०६३ सालमा काभ्रेको कामीडाँडा बैठकबाट ‘जनमुक्ति सेना’को तेस्रो डिभिजन कमिसारको भूमिका पाए। तत्कालीन माओवादी ‘जनमुक्ति सेना’ क्यान्टोनमेटमा राखिएपछि वाईसीएलको इन्चार्जको भूमिका पाए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

लडाकू स्वभावका केसी तत्कालीन माओवादीमा दुईलाइन संघर्ष भएपछि मोहन वैद्यतिर लागे। पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिलाई धोका दिएको भन्दै २०६९ सालमा वैद्यले नेकपा-माओवादी गठन गरेपछि मूल पार्टी एकीकृत माओवादी छोडे। 

प्रचण्डको साथ छोडेका केसी दोस्रो संविधानसभा निर्वाचन बहिस्कार अभियानमा लागे। वैद्यसँग झण्डै चार वर्ष बस्दा समेत केही हुन नसकेपछि केसी रामबहादुर थापा ‘बादल’सहित माओवादीमै फर्किए। एमाले–माओवादी तालमेल गरेपछि केसी रोल्पाबाट प्रदेश सभा सदस्य निर्वाचित भए। 

तत्कालिन एमाले- माओवादी गठबन्धनमा एमालेबाट शंकर पोखरेल मुख्यमन्त्री भएपछि केसीले माओवादी कोटाबाट आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी पाए। तत्कालीन नेकपामा केन्द्रीय सदस्य भएका केसी कानुन मन्त्रीकै जिम्मेवारी सम्हालेर दलको उपनेता थिए। एमाले-माओवादी एकता भत्किएपछि आन्तरिक मामिला मन्त्रीबाट राजीनामा दिएर उनी मुख्यमन्त्रीको दौडमा लागेका हुन्।

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  २१:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
साना–ठूला कम्युनिस्ट समूहहरूलाई एउटै केन्द्रमा ल्याउने प्रयास जारी: प्रचण्ड शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूसँग समेत मोर्चाबन्दीका लागि छलफल भइरहेको उनको भनाइ छ । शनिबार, मंसिर १२, २०८३
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले के–के निर्णय गर्‍यो ? (पूर्णपाठ) मंसिर ८ देखि ११ गतेसम्म सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले संसद् छल्दै ल्याइएका अध्यादेश फिर्ता लि... शनिबार, मंसिर १२, २०८३
देउवा पक्षलाई कांग्रेसको कडा चेतावनीः पार्टीको नाम, झण्डा र चुनाव चिन्हको दुरुपयोग गरे कारबाही नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्दै महामन्त्री प्रदीप पौडेलले सरकारका पछिल्ला गतिविधि र कार्यशैलीले... शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री शाहले दशौँ राष्ट्रिय खेलकुद उद्घाटन गर्ने, कर्णालीमा थप पूर्वाधार बनाइने शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
झारफुकबाट निको पार्ने दाबी गर्दै सामाजिक सञ्जालमा भिडियो भाइरल बनाउने झाँक्री पक्राउ शनिबार, मंसिर १२, २०८३
साना–ठूला कम्युनिस्ट समूहहरूलाई एउटै केन्द्रमा ल्याउने प्रयास जारी: प्रचण्ड शनिबार, मंसिर १२, २०८३
अफगानिस्तानको विद्यालयमा विस्फोट, सात बालबालिकासहित १० जनाको मृत्यु शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सार्वजनिक यातायातमा राइफलको तस्बिरसहितको विज्ञापन ! शुक्रबार, मंसिर ११, २०८३
ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्