• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ९, २०८२ Wed, Dec 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

सञ्चार मन्त्रालयलाई संसदीय समितिको निर्देशन- टेलिफोन र इन्टरनेट सेवा प्रभावकारी बनाऊ

64x64
रासस बुधबार, साउन २७, २०७८  १७:३९
1140x725

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले टेलिफोन र इन्टरनेट सेवा प्रभावकारी बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ।

समितिको सिंहदरबारमा आज बसेको बैठकमा समितिका सभापति कल्याणीकुमारी खड्काले समितिका सदस्यबाट आएको सल्लाह सुझाव मनन गर्दै टेलिफोन र इन्टरनेट सेवा चाँडोभन्दा चाँडो भरपर्दो बनाउन मन्त्रालयलाई निर्देशन दिएकी हुन्।

उक्त अवसरमा उनले निर्माण तथा संशोधनका क्रममा रहेका ऐन कानूनसम्बन्धी विधेयक तत्काल सदनमा पेस गर्नसमेत नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देश गरिन्। सूचना तथा प्रविधिको उपयोगलाई बढीभन्दा बढी विश्वसनीय, सुरक्षित र पहुँचयोग्य  बनाउन सूचना प्रविधिको क्षेत्रमा तीव्र विकास र विस्तारका सन्दर्भमा विद्यमान ऐन नियमलाई परिस्कृत गरी वर्तमान आवश्यकता अनुरुप परिमार्जन गर्न एवं परिवर्तित सन्दर्भमा सम्पूर्ण कार्यालयलाई डिजिटल गर्ने प्रक्रिया तत्काल अघि बढाउन नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समितिले सुझाव दिएको छ।

यस्तै मोबाइल प्रयोगबाट हुने गरेको अवैध कार्य रोक्ने प्रक्रिया प्रभावकारी रुपमा कार्यान्यन गर्न समितिले मन्त्रालयको ध्यानाकर्षण गरेको छ। यसैगरी देशभरका हुलाक कार्यालय व्यवस्थित र प्रभावकारी बनाउनसमेत समितिले मन्त्रालयलाई निर्देशन दिएको छ। यसअघि बैठकमा भाग लिँदै समितिका सदस्य रामबहादुर विष्टले दुर्गम भेगका टेलिफोन सेवा अझै प्रभावकारी बन्न नसकेको गुनासो गरेका थिए।

सुदूरपश्चिमको पहाडी भेगमा रेडियो नेपालको सेवा भरपर्दो र प्रभावकारी बन्न नसकेको यथार्थ उनले सुनाए। 'इन्टरनेट सेवा नभइ नहुने भएकाले निःशुल्क गर्नुपर्छ,' उनले भने।

Ncell 2
Ncell 2

यस्तै समितिका सदस्य केदार सिग्देलले सूचना महामार्ग निर्माणको काम अलपत्र परेको, फाइबर बिछ्याउने काममा ढिलाइ भएको, फोर जी सेवा विस्तार हुन नसकेको, हुलाकमा कर्मचारी भए पनि काम नभएको, ताररहित सहर बनाउने योजना योजनामै सीमित बनेको तथा दुर्गममा मात्र नभइ सुगम क्षेत्रमासमेत रेडियो नेपालको सेवा प्रभावकारी बन्न नसकेको बताए।

समितिका अर्का सदस्य गणेश पहाडीले कोरोना महामारीका बेला विद्यालयमा इन्टरनेट सेवा पुर्‍याउन नसकेको, दुर्गममा मात्र होइन सुगममा पनि सबै क्षेत्रमा टेलिफोन सेवा भरपर्दो बन्न नसकेको, ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरी अप्टिकल फाइबर विस्तार गर्ने काम समयमै हुन नसकेको र सेक्युरिटी प्रिन्टिङ प्रेसको काम अघि नबढ्नुको कारणबारे मन्त्रालयसित जवाफ मागेका थिए।

यसैगरी समितिका सदस्य सञ्जयकुमार गौतमले नेपाल टेलिकमको सेवा भरपर्दो बनाउनुपर्ने, टेलिफोनको महसुलतामा एकरुपता ल्याउनुपर्ने तथा हुलाक सेवा प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। समितिकी अर्का सदस्य रङ्‍गमती शाहीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ध्यान कर्णाली क्षेत्रमा पुग्न नसकेको गुनासो गरिन्।

'रुखमा चढेर फोन गर्नुपर्ने बाध्यता अझै विद्यमान छ,' उनले भनिन्। उनले हुम्लामा रेडियो नेपालको समाचारदाता राख्न माग गरिन्। 'समाचारदाता नै नहुँदा हुम्लाका समस्याबारे सिंहदरबार जानकार छैन,' सांसद शाहीले भनिन्।

यस्तै समितिका सदस्य टेकबहादुर बस्नेतले ‘नागरिक एप’ प्रभावकारी बनाउन सुझाव दिए। उनले सल्यानको ग्रामीण भेगमा टेलिफोन सेवाबाट वञ्चित हुनुपरेको गुनासो गरे। समितिको छलफल कार्यक्रममा सहभागी भएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव डिल्लीराम शर्माले समितिबाट प्राप्त सुझाव, सल्लाह तथा निर्देशनको पालना गर्दै मन्त्रालयको काम कारवाही अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। 'तत्काल गर्न सकिने काम अहिले नै गर्छौँ, नीतिगत रुपमा गर्नुपर्ने कामलाई चाँडै अघि बढाउँछौँ,' उनले भने। मौजुदा ऐनले सबै कुरा नसमेट्ने भएकाले आधारभूत कानुन नबन्दा काम गर्न कठिनाइ भएको निमित्त सचिव शर्माको भनाइ थियो।

हुलाक सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने मन्त्रालयको योजना रहेको सो अवसरमा उनले समितिसमक्ष जानकारी दिए। तत्कालीन र दीर्घकालीन रुपमा गर्ने काम कारवाही मन्त्रालयले अघि बढाउने उनले बताए। त्यसअघि निमित्त सचिव शर्माले मन्त्रालयको प्रमुख कार्यप्रगति तथा आगामी कार्ययोजनाको प्रतिवेदन समितिको बैठकमा प्रस्तुत गरेका थिए।

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १७:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
श्रम सम्झौता भएका देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध गराैँ : सञ्चारमन्त्री उनले भने,‘नेपालसँग श्रम सम्झौता भएका सबै देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध हुनुपर्‍यो । जहाँ जहाँ नेपाली डायस्पोरा छ। ती ती दे... मंगलबार, भदौ १७, २०८२
सूचनाको हकको सहज उपयोगका लागि डिजिटल प्लेटफर्म सार्वजनिक आयोगले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सूचनाको हकको सहज उपयोगका साथै सार्वजनिक निकायमा भएका काम कारवाहीका सूचनालाई डिजिटल प... बिहीबार, साउन १, २०८२
देशभर सामान्यतया बदली, पूर्वी तथा मध्य नेपालका केहि क्षेत्रमा वर्षाको सम्भावना महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बा... मंगलबार, असार १७, २०८२
ताजा समाचारसबै
रास्वपा सचिवालय बैठक : समानुपातिकमा छुटेका आकाङ्क्षीलाई पुनः अवसर बुधबार, पुस ९, २०८२
राप्रपा र राप्रपा नेपालबीच फेरि एकताको सहमति, लिङ्देन र थापाबीच अंकमाल बुधबार, पुस ९, २०८२
राप्रपा र राप्रपा नेपालबिच एकता गर्ने सहमति बुधबार, पुस ९, २०८२
प्रदेशको समानुपातिक सूचीमा रहेका १९ जनाको नाम हटाउने काँग्रेसको निर्णय बुधबार, पुस ९, २०८२
वडा र क्षेत्रपछि केन्द्रीय महाधिवेशन गर्न काँग्रेस बैठकमा गगन थापाको नयाँ प्रस्ताव बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
रवि र बालेनबीच ६ घण्टा लामो छलफलमा के के भयो? मंगलबार, पुस ८, २०८२
जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलायो मंगलबार, पुस ८, २०८२
सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्