काठमाडौं- सानीमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) मा २४ लाखभन्दा बढीले आवेदन दिएका छन्। साउन २० गतेदेखि २४ गतेसम्म खुला गरिएको आईपीओमा बुधबार साँझसम्म २४ लाख १९ हजार १२७ जनाले आवेदन दिएका हुन्।
तीन अर्ब ६९ करोड ४३ लाख ४४ हजार रुपैयाँ रकम बराबरको तीन करोड ६९ लाख ४३ हजार ४४० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ। उक्त कम्पनीका अनुसार मागको तुलनामा ६.८४ गुणा बढीको आवेदन परेको थियो।
कम्पनीले निष्काशन गरेको सेयरमध्ये तीन लाख कित्ता कर्मचारीलाई र तीन लाख कित्ता सामूहिक लगानी कोषलाई सुरक्षण गरी बाँकी ५४ लाख कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन्। मागभन्दा बढीको आवेदन परेकाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।