• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत २२, २०८२ Sun, Apr 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्रदूषणको हानि, जोगिने कसरी?

64x64
नेपाल लाइभ मंगलबार, जेठ २२, २०७५  ०९:३२
1140x725

नेपालका विभिन्न सहरको वायु प्रदूषणको स्थिति आँकलन गर्दा खतराको घन्टी बजिसकेको छ। प्रदूषणको असर तत्कालीन र दीर्घकालीन हुन्छ। केही सामान्य स्वास्थ्य समस्या तुरुन्तै देखिए पनि गम्भीर समस्या देखिन समय लाग्छ। चिकित्सकहरुका अनुसार अबको चारदेखि पाँच वर्षमा अहिलेको प्रदूषणको असर देखिनेछ। यही तरिकाले वायु प्रदूषण बढ्दै गएमा केही वर्षमै वायु प्रदूषणको चरम संकट भोगेका विश्वका केही सहरकै हविगतमा नपुगिएला भन्न सकिन्न।

अहिले नै भविष्यमा आउन सक्ने खतरालाई मूल्यांकन गरेर अघि बढ्नुपर्ने आवश्यकता छ। काठमाडौँको धुलोले आजित भएका यहाँका बासिन्दाले काठमाडौँलाई ‘धुलोमाडौँ’ भनेर व्यंग्य गर्न थालिसकेका छन्। हुन पनि घर बाहिर निस्किसक्नु छैन। धुलैधुलो, सास फेर्न पनि सकस पर्ने अवस्था। अहिले काठमाडौँको आकासमा मडारिरहेको धुवाँधुलो वायु प्रदूषणको कुन चरणमा होला भनेर धेरै चिन्तित छन्।

वायु प्रदूषण कसरी?

प्रदूषण भनेको हावाको गुणस्तरमा कमी आउनु हो। अर्थात् श्वासप्रश्वास प्रक्रिया अन्तर्गत हामीले सासभित्र लिने र बाहिर फ्याँक्ने गर्छाैं। यो शरीरका लागि अनिवार्य अक्सिजन परिपूर्ति गर्ने प्रक्रिया हो। तर, हावामा स्वास्थ्यका लागि नभई नहुने अक्सिजन मात्र होइन, धेरै मात्रामा हानी गर्ने तत्वहरु मिसिएका छन् भने त्यसलाई प्रदूषणका रुपमा बुझ्नुपर्छ।

हावासँगै विभिन्न कणहरु उडिरहेका हुन्छन्। ती हामीले सास फेर्दा सँगै शरीरभित्र जान्छन्। तीमध्ये कतिपय कणलाई हाम्रो श्वासप्रश्वास प्रक्रियाले पचाउँछ वा बाहिर निष्काशन गर्छ। कतिपय कणलाई भने केही गर्न सक्दैन र ती फोक्सोमा गएर बस्छन्। रक्तसञ्चार प्रणालीका माध्यमबाट शरीरका अन्य भागमा पुग्छन् र समग्र स्वास्थ्यस्थिति बिगार्छन्।

घाँटी चिलाए जस्तो हुने, खसखस हुने, औषधि खाँदा कम भएजस्तो हुने तर ठिक नहुने। खकार नआउने तर निकाल्न मन लागिरहने जस्ता समस्या अहिलेको धुलोका कारण निम्तिएका हुन्।

हावाको गुणस्तर हावामा रहेका हानिकारक कणहरुको मात्रा र साइज अनुसार मापन गरिन्छ। विश्व स्वास्थ्य संगठानले वायु प्रदूषण मापनका लागि १० पर माइक्रोमिटर (पिएम) भन्दा सानो र २ दशमलब ५ पर माइक्रोमिटर (पिएम) भन्दा सानो भन्ने मापन बिन्दु तय गरेको छ। हावामा साना कणको संख्या जति धेरै भयो उति यसको गुणस्तर कम ठानिन्छ। साना कणले स्वास्थ्यमा बढी समस्या सिर्जना गर्छन्। हावामा रहने विभिन्न हानिकारक वस्तु तथा रसायनका कणलाई विज्ञानसम्मत वर्गीकरण र व्याख्या गरिन्छ। त्यसअनुसार २ दशमलब ५ पिएमभन्दा साना कणलाई खतरनाक मानिएको हो। किनभने यी फोक्सोको भित्री भाग हुँदै शरीरका अन्य अंगसम्म फैलिन सक्छन्।

हावामा हुने हानिकारक तत्व

nimb
nimb
Ncell 2
Ncell 2

धुलोधुवाँमा विभिन्न हानिकारक तत्व हुन्छन्। दाउरा, फोहोर, कोइला र गाडीको धुवाँधुलोका कारण कार्बनडाइअक्साइड, कार्बनमोनोअक्साइड निस्किन्छ। ढुंगा, बालुवा, सिमेन्ट जस्ता तत्व मिसिएका सडक, घर आदि भौतिक संरचना भत्काउँदा निस्किएको धुलो नै काठमाडौँको आकाशमा फैलिएको धुलोको प्रमुख स्रोत हो। यसमा सल्फरडाइअक्साइड, नाइट्रेटअक्साइड, सिलिका, ग्रेनाइट जस्ता रासायनिक तत्व नहोला भन्न सकिन्न। यसको असर तुरुन्तै नदेखिन सक्छ। अबको चार–पाँच वर्षपछि देखिएला। भविष्यमा काठमाडौँवासीलाई फोक्सो सम्बन्धी विभिन्न रोगसँगै ढुंगा फोड्ने र घर भत्काउने मजदुरलाई बढी देखिने एस्कोसिस, सिलिकोसिस जस्ता समस्या आउने सम्भावना प्रबल छ।

सिमेन्ट वा ढुंगामा प्रचुर मात्रामा सिलिका हुन्छ। सिलिका श्वाप्रश्वासको माध्यमबाट फोक्सोमा गयो भने त्यसलाई रक्त कोषिकाले तान्छ। यसलाई पचाउन वा फुटाउनन नसकिने हुनाले फोक्सोमा बसिरहन्छ। विस्तारै सास फेर्ने क्षेत्रमा खराबी आउँछ। पछि खत बस्छ र फाइब्रोसिस हुन्छ। सिलिका जस्ता हानिकारक तत्वहरु फोक्सोमा गएपछि क्षयरोग र फोक्सोको क्यान्सर हुने सम्भावना पनि उत्तिकै रहन्छ।

 आँखा बिझाउने, आँखा रातो हुने, आँसु आइरहने र सुक्खा हुने समस्या पनि अघिल्ला वर्षको तुलनामा वृद्धि भएको छ।

वायु प्रदूषणकै कारण मुटु सम्बन्धी रोग लाग्न सक्छ। श्वासप्रश्वासको माध्यमबाट छिरेका हानिकारक कणहरु कार्डियो भास्कुलर प्रणालीमै पुगेपछि शरीरको जताततै असर पुग्छ। ती त साना कणले पार्ने असर हुन्। ठूला कणले पनि विभिन्न समस्या ल्याउँछन्। काठमाडौँको धुवाँधुलोले नाक र घाँटी सम्बन्धी विभिन्न समस्या निम्त्याएका छन्। धुलोमा रहेका ठूला कण शरीरका यिनै अंगमा अड्किन्छन्। सामान्य हिसाबले बाहिर निस्किएनन् भने शरीरले आफ्नो प्रणालीको प्रयोग गरेर यी कणलाई बाहिर निकाल्छ। जसका कारण एलर्जिक राइनोसाइनोसाइटिस र फेरेन्जाटाइटिस बढिरहेको छ।

खोकी लाग्ने कारण

हामीले सास फेर्दा हावामा रहेका ससाना कणहरु फोक्सोमा रहेको हावाको फोकाहरु (एलबिआई) मा पुग्छन्। ती कण फोक्सोमा पुगेपछि त्यहाँ हुने रक्त कोषिकामा बस्छन्। हानिकारक तत्व नभएका कणहरु त्यहीँ पच्छन् वा शरीरको प्रक्रियाले बाहिर निकाल्छ। त्यस्ता कणलाई बाहिर निकाल्ने एउटा प्रक्रिया हो खोकी। घाँटीदेखि फोक्सोसम्म रहेका कणहरु निकाल्ने क्रममा खोकी लाग्ने गर्छ । ठूला कणहरु खोक्दा वा खकारका माध्यमबाट निस्किन्छन्। तर, साना कण फोक्सोमा यस्तरी गडेका हुन्छन् कि हत्तपत्त निस्किँदैनन्। शरीरले भने बाहिर निकाल्ने प्रक्रिया जारी राख्छ, त्यसैले लामो समयसम्म खोकी लागिरहन्छ।

अघिल्ला वर्षमा भन्दा निमोनिया भएर अस्पताल आउने बिरामीको संख्या बढेको छ। यसको कारण वायू प्रदूषण पनि हो। 

खोकी हावाका माध्यमबाट शरीरभित्र पसेका अनावश्यक कणहरु निकाल्ने प्रक्रिया हो। तर सबै अवस्थामा यी कणहरु बाहिर निस्किँदैनन्। निस्कन नसक्ने कणलाई शरीरको प्रणालीले फुटाएर निकाल्ने, अन्यत्र सार्ने वा पचाउने काम गर्छ। तर, कतिपय यस्ता कण हुन्छन्, जो फुट्दैनन्, पच्दैनन् र अन्यत्र सर्दैनन् पनि। फोक्सोमै गढेर बस्छन्। ती कण बसेको ठाउँमा एकखालको संक्रमण हुन्छ। जुन अन्यत्र फैलिँदै दीर्घकालमा फोक्सो सम्बन्धी विभिन्न रोगमा परिणत हुन्छ। क्रोनरी आर्टरी डिजिज, स्ट्रोक, क्यान्सर आदि रोग यसैको कारण हो।

किन आइरहन्छ खकार?

घाँटी चिलाउने, खसखस हुने, औषधि खाँदा कम हुने तर निको नहुने, खकार नआउने तर निकाल्न मन लागिरहने जस्ता समस्या अहिलेको धुलोका कारण निम्तिएका हुन्। कतिपयलाई खकार ननिकाल्ने तर निकाल्न खोजिरहने बानी परेको हुन्छ। यो चाहिँ प्रदूषणले निम्त्याएको मानसिक समस्या हो। जसले घाँटीमा केही छ भन्ने महसुस गराइरहेको हुन्छ।

शरीरको प्रणालीले घाँटीभन्दा तल पुगेका कणलाई खकारका माध्यमबाट निकाल्न खोज्छ। खकार शरीरको रोग प्रतिरोधी प्रणालीमै पर्छ। खकारले बाहिरबाट आएको फोहोरलाई बाहिरै निकाल्ने काम गर्छ। साथै,  श्वासप्रश्वासलाई सुक्खा हुनबाट जोगाउँछ पनि। प्रदूषणका कारण धेरै फोहोरका कण भित्र पुग्न थालेपछि यो प्रणाली बढी सक्रिय हुन्छ। अर्थात् खकार धेरै निस्किन थाल्छ। खकार लगातार निस्किरहने प्रक्रियालाई ‘एक्युड ब्रोन्काइटिस’ भनिन्छ। वर्षाैंसम्म यस्तै भइरह्यो भने यो ‘क्रोनिक ब्रोन्काइटिस’मा रुपान्तरित हुन्छ। खकार आइरहने भएकाले श्वासनलीमा स्थायी परिवर्तन आउँछ।

लगातार फोहोर बाहिर निकाल्नुपर्ने भएपछि खकार निकाल्ने ग्रन्थी ठूलो बन्छ। शरीरका हरेक अंग वा प्रणाली सामान्य रहे मात्र मानिस स्वस्थ रहन्छ। यसरी ग्रन्थी ठूलो भयो र निरन्तर खकार आइरह्यो भने त्यो असजिलो प्रक्रिया हुन जान्छ।

जोगिन के गर्ने?

वायु प्रदूषण नियन्त्रणको सवालमा सरकारले चाँडोभन्दा चाँडो सम्बोधन गर्नुपर्छ। धुलोका कारण आउने समस्या एकातिर छँदै छ। समग्र वायु प्रदूषणकै कारण आउने समस्या झन् जटिल बन्दै छ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार २ दशमलव ५ पिएमबाट मापन गर्दा हावामा बढीमा ४० सम्म धुलोधुवाँका कणहरु हुनुलाई स्वस्थ मानिन्छ। तर, अहिले काठमाडौँमा २ दशमलव ५ पिएम एक सय ९० सम्म पुगेको एउटा तथ्यांकले देखाएको छ। जसलाई हानिकारक हावा मानिन्छ।

अहिले प्रदूषणको स्थिति हानिकारक तहमा रहेकाले यसबाट जोगिन उपाय अपनाउनुपर्छ। औषधि–उपचारले शरीरमा पसेका हानिकारक तत्व निकाल्ने काम गर्छ। औषधिको सहायताले शरीरभित्र पसेका हानिकारक कण निकाल्दै जाने तर वायु मण्डलबाट कण भित्र पसिरहने हो भने त्यो उपचारको कुनै अर्थ रहँदैन। सकेसम्म सुरक्षित मास्क लगाएर हिँड्ने गर्नुपर्छ। सुरक्षित मास्क यसकारण भनिएको हो कि, बजारमा उपलब्ध सबै मास्कले धुलोधुवाँका साना कणहरु रोक्नै सक्दैनन्।

बिरामी, बच्चा र वृद्धलाई प्रदूषणले बढी असर गर्छ। त्यसैले बिहान र बेलुकीपख सकेसम्म बाहिर निस्कन दिनु हुँदैन। हावा स्थिर र चिसो अवस्थामा रहने भएकाले त्यो समय धुलोधुवाँका कण जमिनभन्दा धेरै माथि पुग्न पाएका हुँदैनन्। बिहान र बेलुकाको समयमा प्रदूषणका कणहरु श्वासप्रश्वासबाट छिटो शरीरभित्र पुग्छन्।

लामो समय खोकी लागिरहे, घाँटी खसखस भइरहे वा यस्तै अन्य समस्या देखियो भने जतिसक्दो चाँडो उपचारका लागि स्वास्थ्य संस्थामा पुगिहाल्नुपर्छ। बालबालिकामा त झन् श्वासप्रश्वास प्रणाली विकास हुने क्रममा रहने भएकाले यस्तो समस्या आएमा उपचारका लागि चिकित्सकको परामर्श लिन ढिलाइ गर्नु हुँदैन।

 डा. न्यौपाने काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालकी मेडिसिन विभाग प्रमुख हुन्।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०७५  ०९:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन
शुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले दियो अनुमति
डा. नारायण दत्त कँडेल महान्यायाधिवक्ता नियुक्त
सम्बन्धित सामग्री
शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रचलित कानुन तथा सर्वोच्च अदालतको आदेश विपरीत भर्ना प्रक्रिया अघि बढाइएकोप्रति ध्यानाकर्षण गराउँ... आइतबार, चैत २२, २०८२
शुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले दियो अनुमति अनुसन्धानको लागी उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडाैँ जिल्ला अदालतका सूचना अधिकारी दिपक श्रेष्ठले बताए । आइतबार, चैत २२, २०८२
डा. नारायण दत्त कँडेल महान्यायाधिवक्ता नियुक्त आइतबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । आइतबार, चैत २२, २०८२
ताजा समाचारसबै
शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन आइतबार, चैत २२, २०८२
शुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले दियो अनुमति आइतबार, चैत २२, २०८२
डा. नारायण दत्त कँडेल महान्यायाधिवक्ता नियुक्त आइतबार, चैत २२, २०८२
सभामुख डीपी अर्यालले लिए शपथ आइतबार, चैत २२, २०८२
एकैदिन नेप्से सूचक १०५ अंकले घट्यो आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म आइतबार, चैत २२, २०८२
कलाकार सागर लम्साल पक्राउ शनिबार, चैत २१, २०८२
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना समातिए शनिबार, चैत २१, २०८२
उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी शनिबार, चैत २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्