• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
देउवाको उल्टो यात्रा थालनी !
64x64
रामेश्वर बोहरा आइतबार, साउन १०, २०७८  १९:१७
1140x725

प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरबारमा पदबहाली गरेको दुई सातापछि आइतबार आफू नेतृत्वको गठबन्धन सरकारमा सम्भवतः ‘सर्वाधिक महत्त्वपूर्ण’ सारथी भेट्टाएका छन्। देउवाका ती सारथी हुन्- नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ।

रामेश्वर बोहरा।

श्रेष्ठ प्रधानमन्त्री देउवाका ‘सर्वाधिक महत्त्वपूर्ण’ सारथी किन पनि हुन् भने देउवाको खास परीक्षा अहिलेको कोरोना महामारीसँग लड्नु हो। त्यसबाट जोगाउन सबै नेपालीलाई यथाशक्य कोरोना खोप उपलब्ध गराउनु र संक्रमितहरुलाई प्रभावकारी स्वास्थ्योपचार प्रबन्ध गर्नु पर्नेछ। र, त्यो काम गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वको सफलता वा असफलता समग्रमा प्रधानमन्त्री देउवा र उनी नेतृत्वको गठबन्धन सरकारको सफलता र असफलतासँग जोडिनेछ।

तर, देउवाले आफ्नो यति महत्त्वपूर्ण ‘सारथी’का रुपमा जसलाई चयन गरेका छन्, त्यो घटना मात्रैले पनि धेरैलाई निराश तुल्याएको छ। र, यसले प्रधानमन्त्री देउवा हिँड्न खोजेको अबको बाटो पनि प्रष्टै देखाइदिएको छ।

देउवाले ‘स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैसँग राख्दै’ राज्यमन्त्रीमा जिम्मेवारी दिएका श्रेष्ठ नेपाली कांग्रेसका सांसद हुन्। यस हिसाबले हेर्दा उनको नियुक्ति अस्वाभाविक देखिँदैन। तर, श्रेष्ठको संसदमा ‘इन्ट्री’ जसरी चामत्कारिक हिसाबले भएको थियो, त्यसैगरी उनी देउवा क्याबिनेटमा प्रवेश गरेका छन्।

यो पनि पढ्नुहोस्

स्वार्थ बाझिने समितिमा बसेर कानुन बनाएका श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीआइतबार, साउन १०, २०७८

निजी विद्यालय सञ्चालन गरेर शिक्षा क्षेत्रका ‘नामी व्यवसायी’ कहलिएका श्रेष्ठ आर्थिक शक्तिकै बलमा कांग्रेसको सांसद बनेको तथ्य कतैबाट छिपेको छैन। संसद्‌मा पुगेपछि उनी स्वार्थ बाझिने समितिमा बसेर शिक्षासम्बन्धी नीति र कानुन बनाउन पनि संलग्न भए। पछिल्लो समय उनको व्यवसाय शिक्षामा मात्र सीमित छैन, उनले बैंकदेखि घरजग्गा व्यवसायसम्ममा हात हालेका छन्। पछिल्लो समय त उनले ‘देशकै नामी अस्पताल सञ्चालक’ बन्ने लक्ष्यसहित निजी अस्पतालमा लगानी बढाउँदै लगेका थिए। उनको त्यो ‘लक्ष्य’मा अवरोध बन्न सक्ने ठाउँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मात्र थियो। त्यही मन्त्रालयको जिम्मेवारी यसरी सिधै स्वार्थ बाझिने व्यक्तिलाई सुम्पेका छन् देउवाले।

एकछिनका लागि श्रेष्ठले खडा गर्न खोजेको यस्तो ‘बिजनेस इम्पायर’लाई बिर्सिदिऊँ। यो दुनियाँभरको मथिंगल हल्लाइदिएको कोरोना महामारीको कालखण्ड हो जसविरुद्ध काबु पाउन अति विकसित मुलुकहरुलाई पनि हम्मे परेको छ। कोरोना संक्रमणको तेस्रो लहरको जोखिम सन्निकट बनिसकेको र यो लहर पहिलो र दोस्रो लहरभन्दा डरलाग्दो हुने प्रक्षेपण भइरहेको छ।

यस्तो बेलामा स्वास्थ्य मन्त्रालयको नेतृत्व यथाशक्य टुंग्याउन जति जरुरी थियो, त्योभन्दा जरुरी थियो योग्य र क्षमतावान व्यक्तिलाई यसको नेतृत्वमा पुर्‍याउनु। १६ जना जनस्वास्थ्यविज्ञले केही दिनअघि मात्र सार्वजनिक अपिलमार्फत् प्रधानमन्त्री देउवालाई स्वास्थ्यमन्त्री छिटो नियुक्त गर्न ध्यानाकर्षण गर्दै भनेका थिए– योग्य र क्षमतावान व्यक्तिलाई मन्त्रालयको जिम्मा देऊ। जनस्वास्थ्यविज्ञहरुको यो अपिल आम नेपालीको मनोविज्ञानको सोझो प्रतिनिधित्व गर्ने अपिल नै थियो। श्रेष्ठको नियुक्ति प्रधानमन्त्री देउवा आम मनोविज्ञानप्रति बेपरवाह बनेको दृष्टान्त हो।

राजनीतिशास्त्री प्रा‍. कृष्ण पोखरेलको ठम्याइ छ– प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालय हाँक्ने व्यक्तिको चयनमार्फत् आफूमाथि आफैंले प्रश्न उठाएका छन्। ‘मन्त्री नहुनुभन्दा हुनु ठीक होला, उनले गर्ने कामबारे अहिल्यै टिप्पणी गरिहाल्न नमिल्ला, तर जसलाई प्राथमिकता दिइएको छ, त्यसले प्रश्न उब्जाएको छ’, स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्ने प्रधानमन्त्रीको निर्णयबारे पोखरेलले भने, ‘कोभिडको यो महामारीमा सबैले योग्य र अनुभवी स्वास्थ्यमन्त्री अपेक्षा गरेका थिए। नियुक्त भएका मन्त्रीको पृष्ठभूमि छाडिदिउँ, यो संकटका बेला शून्यबाट सुरु गरेर काम गर्नुपर्ने मन्त्रीले कस्तो पर्फर्मेन्स दिन सक्लान्? प्रधानमन्त्रीज्यू आफूसँग भएको प्रभावकारी वाण प्रयोग गर्नु साटो नयाँ प्रयोग गर्नेतिर पुग्नुभो, यो उपयुक्त भएन।’

कोरोना महामारीसँग जुध्न चुस्त तयारीमा लाग्नुपर्ने बेला पूर्ववर्ती ओली सरकार स्वास्थ्य सामग्री खरिदका क्रममा अपारदर्शी क्रियाकलाप र मन्त्री फेरबदलमा रमाएको थियो। सिधै स्वार्थ बाझिने व्यक्तिलाई यस्तो बेला स्वास्थ्य मन्त्रालयको बागडोर सुम्पेर देउवा त्योभन्दा अझै अगाडि बढेका छन्। यसले यो विघ्न संकटबाट गुज्रिरहेको मुलुकका प्रधानमन्त्रीको प्राथमिकता के हो भन्ने गम्भीर प्रश्न उब्जाएको छ।

यो पनि पढ्नुहोस्

निजी अस्पतालमा लगानी बढाएका उमेश श्रेष्ठको स्वास्थ्य मन्त्रालयमा ‘इन्ट्री’आइतबार, साउन १०, २०७८

दुई दिनअघि मात्र गण्डकी प्रदेशमा भएको एउटा घटनाबाट देउवा प्रश्नको घेरामा परेका थिए। कांग्रेसले नेतृत्व गरेको गण्डकीको गठबन्धन सरकारको मन्त्रिपरिषद्लाई पूर्णता दिनेक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँका कांग्रेस नेता दोबाटे विकलाई शपथमा आउन खबर गरिसकेका थिए। तर, शपथ हुँदै गर्दा विकको नाम काटियो र अप्रत्यासित रुपमा बिन्दुकुमार थापाले उनको ठाउँमा आन्तरिक मामिला तथा कानुनमन्त्रीको शपथ लिए।

विकले आफूमाथि ‘अपराध भएको’ टिप्पणीबाहेक केही गर्न सकेनन्। विक रामचन्द्र पौडेलनिकट रहेर निरन्तर राजनीतिमा सक्रिय थिए, थापा भने व्यापारबाट कुस्त पैसा कमाएर एकाएक पार्टीमा प्रभाव जमाएका व्यक्ति थिए। र, कांग्रेसमा उनी सभापति देउवानिकट भनेर चिनिएका थिए। मुख्यमन्त्री पोखरेलले ‘देउवाको दबाब थेग्न नसकेर यस्तो निर्णय लिएको’ आफूनिकटहरुलाई जानकारी गराएका थिए।

गण्डकीको यो घटना अपवाद बन्न सक्थ्यो। देउवाले त्यो घटनालाई अपवादका रुपमा लिएर ‘शंकाको लाभ’ पाउन सक्थे। तर, आइतबारको घटनाले त्यसलाई अपवादका रुपमा लिने छुट दिँदै दिएन। जसरी गण्डकीमा उनले दलित समुदायबाट हुने स्वाभाविक र उचित प्रतिनिधित्वलाई छेकेर द्रव्यको बलमा राजनीतिमा उदाएका आफूनिकटलाई मन्त्री बनाए, अनि काठमाडौंमा ‘द्रव्य’कै आडमा राजनीतिमा पसेका व्यापारीलाई महत्त्वपूर्ण सारथी रोजे, त्यसले प्रधानमन्त्री देउवाको प्राथमिकता छर्लंग पारेको छ।

जानकारहरु भन्छन्- ‘नेपाली राजनीतिमा देउवालाई साम, दाम, दण्ड, भेद उपयोग गर्न माहिर खेलाडीका रुपमा चिनिन्थ्यो। नजिकिएको कांग्रेस महाधिवेशनलाई ध्यानमा राखेर उनी प्रधानमन्त्रीको पदलाई त्यसकै निम्ति प्रयोग गर्न खोज्दैछन्।’

सरकारप्रतिको आम धारणा मुलतः उसले गर्ने सेवा प्रवाहसँग जोडिएको हुन्छ तर, त्योभन्दा महत्त्वपूर्ण हुन्छ- उसले दिने सन्देश। संविधानको दायराभित्र चल्न नचाहेर भएको पूर्ववर्ती सरकारको बहिर्गमनसँगै सत्तारोहण गरेका देउवाले कामभन्दा अघि सरकारबारे एउटा बेग्लै छवि निर्माण गर्न भूमिका खेल्नु अत्यावश्यक थियो। त्यसको प्रस्थानविन्दु बन्न सक्थ्यो– मन्त्रिपरिषद्‌मा आउने सारथीको चयन। देउवा त्यसमै चुकेका छन्। र, उनले प्रधानमन्त्रीका रुपमा आफ्नो पाँचौं कार्यकाल यसअगाडिका बिर्सनलायक कार्यकालभन्दा भिन्न नहुने सन्देश आफ्नै कदममार्फत् दिएका छन्।

प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  १९:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामेश्वर बोहरा
बोहरा नेपाल लाइभका सम्पादक हुन्।
लेखकबाट थप
लोभ–डर–लोकरिझ्याइँ जितेका प्राज्ञको गुमनाम महाप्रस्थान
के नेपालका पार्टीहरु मर्दैछन्? (भाग ३)
के नेपालका पार्टीहरु मर्दैछन्? (भाग २)
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
शाहीको प्रश्न : जीबी राई कहाँ छन् ? गृहमन्त्री कुन दुलोमा लुकेर बस्नु भएको छ ? मंगलबार, असार २४, २०८२
रसुवा बाढी अपडेट: ५० जनाको उद्धार मंगलबार, असार २४, २०८२
रास्वपाले बहिस्कार गर्‍यो प्रतिनिधिसभा बैठक मंगलबार, असार २४, २०८२
रसुवा बाढीका कारण चार हाइड्रोपावरमा क्षति, २५० मेगावाट उत्पादन प्रभावित मंगलबार, असार २४, २०८२
प्रधानन्यायाधीशद्वारा तीन न्यायाधीशलाई शपथ मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्