• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ २०, २०८२ Tue, Feb 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

देश फेरि चुनावतिरै जाँदैछ?

64x64
लिलु डुम्रे बिहीबार, असार ३१, २०७८  ०८:३१
1140x725

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट फुत्केर सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाको हातमा आइपुगे पनि त्यसले आवधिक निर्वाचनसम्म निरन्तरता पाउनेमा सुरुआतमै आशंकाहरु व्यक्त हुन थालेका छन्। आवधिक निर्वाचनसम्मै सरकारको निरन्तरताको लागि प्रधानमन्त्री देउवाले ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत पाउनुपर्ने हुन्छ। तर, अहिलेसम्म त्यसको बलियो आधार देखिएको छैन।

देउवाले साउन २८ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ। प्रतिनिधि सभामा अहिले २७१ जना सदस्य कायम छन्। बहुमतका लागि १३६ जनाले उनलाई मत दिनुपर्ने हुन्छ। तर, देउवाको पक्षमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, जनता समाजवादी (उपेन्द्र पक्ष) का १२, जनमोर्चाका १ र स्वतन्त्र १ जना गरी १२३ मत छ। उनीहरुले देउवालाई प्रधानमन्त्री बनाउन जेठ ७ मै समर्थन दिएका थिए। यसअनुसार देउवालाई थप १३ सांसद् आवश्यक पर्ने देखिन्छ।

जेठ ७ मा समर्थन दिएको र सर्वोच्चमा रिट दायर गर्दा पनि सहयोगी बनेको नेकपा एमालेको माधवकुमार नेपाल पक्षले देउवालाई विश्वासको मत दिनेमा अन्योल पैदा भएको छ। सो पक्षका २६ जनाले जेठ ७ गते हस्ताक्षर गरेका थिए, सर्वोच्चमा रिट दायर गर्दा भने २३ जनाले मात्रै हस्ताक्षर गरेका थिए। ती २३ जना वा त्यसमध्येका कोही १३ जनाले सहयोग गरेमा देउवा प्रतिनिधि सभाको बाँकी कार्यकालभरि प्रधानमन्त्री बन्न सक्छन्। तर, एमालेभित्र एकता प्रयास चलिरहेको अहिलेको परिस्थितिमा एमालेको नेपाल पक्षले मत नदिने अवस्था पनि सिर्जना हुनसक्छ। तर, नेपालपक्षका नेताहरुले भने देउवालाई विश्वासको मत दिने बताइरहेका छन्।

देउवासँग रहेको अर्को विकल्प भनेको जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको मत हो। यथास्थितिमा यो पक्षसँग २० सांसद् छन्। उनीहरु सबैले वा १३ जनाले विश्वासको मत दिएमा देउवालाई पर्याप्त हुन्छ। यतिबेला यो दलको आधिकारिकताको विषय निर्वाचन आयोगमा चलिरहेको छ। उसले साउनको पहिलो साता आधिकारिकताको टुंगो लगाउने बताइएको छ। त्यहाँबाट आउने नतिजाले देउवालाई केही सहज/असहज वातावरण बन्न सक्छ। तर, त्यसको स्वरुप कस्तो हुन्छ भन्ने एकिन छैन। उपेन्द्र यादव पक्षले आधिकारिकता पाए भने केही सांसद् उनीतिर थपिन सक्छन् र देउवालाई केही सजिलो हुनसक्छ। तर, आवश्यक मत नै पुग्ने अवस्थाचाहिँ देखिँदैन।

यथावस्थामा देउवालाई नसघाउने बताउँछन्, ठाकुर-महतो पक्षका नेता सुरेन्द्र झा। ‘अहिलेकै अवस्थामा देउवाजीलाई विश्वासको मत दिन सकिँदैन। हाम्रो राजनीतिक मुद्दाका विषयमा उहाँसँग पनि कुरा गर्छौं। हामीले मत दिने/नदिने निर्वाचन आयोगसँग सम्बन्धित भन्दा पनि हाम्रा मुद्दासँग हुनेछ’, उनी भन्छन्।

Ncell 2
Ncell 2

देउवाको नेतृत्वमा सरकार बनाउन निर्णायक भूमिका एमाले वरिष्ठ नेता नेपालको पनि थियो। तर, सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनःस्थापित हुने फैसला आएकै दिन उनले आफू पाँच दलीय गठन्धनबाट बाहिरिने बताएका छन्। तर, देउवालाई प्रधानमन्त्री बनाउन नेतृत्वदायी भूमिका खेलेकाले उनीमाथि देउवालाई विश्वासको मत दिनुपर्ने नैतिक बन्धन रहेकाले त्यो भूमिका निभाउने कतिपयको आकलन छ। संसद जोगाउन भूमिका खेलेका नेपालले त्यसलाई भंग हुन नदिने अवस्थामा पुर्‍याउनु उनको ‘दायित्व’ हुने पनि बताइन्छ।

नेपाल पक्षका केही ‘हार्ड लाइनर’ सांसदले देउवालाई विश्वासको मत दिनुपर्ने तर्क राख्दै आएका छन्। अर्कोतिर, बुधबार नै बालुवाटारबाट बालकोट पुगेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेता नेपाललाई पार्टीमा ठाउँ नभएको घोषणा गरिसकेका छन्। बुधबार निजी निवास बालकोट पुगेका ओलीले नेपाललाई एमालेमा फर्कन ठाउँ नै नदिने बताए। नेपालसँग रुष्ट ओलीले भने, ‘गल्ती कमजोरी स्विकारेर आउने अरुलाई पार्टीमा ठाँउ छ। माधवलाई गल्ती कमजोरी स्विकारे पनि पार्टीमा ठाउँ छैन।’

मंगलबारको राजीनामा सम्बोधनमा पनि उनले नेता नेपालको आलोचना गरेका थिए। नेपालकै कारण सत्ताबाट बहिर्गमन भएको उनको बुझाइ छ। हुन पनि २३ जना सांसदको हस्ताक्षर देउवाको पक्षमा नभएको भए उनले सत्ता छोड्नुपर्ने थिएन। एमालेका दुई समूहबीच द्वन्द्व बढ्दै गयो भने देउवालाई बहुमत पुर्‍याउन मद्दत पुग्छ।

पदमुक्त ओलीले निर्वाचन नै खोजेका छन्। कांग्रेस पनि निर्वाचनमा जान हिचकिचाउने देखिएको छैन। प्रतिनिधि सभा पाँच वर्षै कायम रहोस् भन्ने पक्षमा माओवादी केन्द्र मात्रै देखिएको छ। माओवादी केन्द्रले चाहेर मात्रै देउवा सरकारको बहुमत नपुग्ने भएपछि संविधानतः मुलुक निर्वाचनमा जानसक्ने देखिन्छ। कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौला देश निर्वाचनतिर जाने सम्भावना बढी रहेको बताउँछिन्।

देउवा पनि निर्वाचन हुने बुझाइमा रहेको मंगलबार गठन गरिएको मन्त्रिपरिषद्‌को कार्यविभाजनलाई लिएर आकलन गर्न थालिएको छ। उनले आफू निकट बालकृष्ण खाँडलाई गृहमन्त्रालयको जिम्मेवारी दिएका छन्।

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  ०८:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
‘नेताहरूले तलब खाएर नभई भ्रष्टाचार गरेर देश कमजोर भयो’ : बालेन स्थानीयको कुरा सुनेपछि बालेनले सुकुम्वासी समस्यालाई मानवीय र कानुनी दुवै पक्षबाट हेर्नुपर्ने बताएका थिए । बालेनले काठमाडौँको खोला कि... मंगलबार, माघ २०, २०८२
नेकपाले कसैसँग तालमेल नगर्ने रञ्जित तामाङको प्रष्टीकरण एमाले अध्यक्ष केपी ओली र रास्वपाका वरिष्ठ नेता बालेन साहसँग प्रतिस्पर्धामा रहेका तामाङले नेकपा कसैसँग चुनावी तालमेल नगरी एक्लै मैदान... मंगलबार, माघ २०, २०८२
निपाह भाइरस : जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी नेपालमा हालसम्म निपाह भाइरस पुष्टि नभएपनि जोखिमबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन अनुरोध गरे... सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
‘नेताहरूले तलब खाएर नभई भ्रष्टाचार गरेर देश कमजोर भयो’ : बालेन मंगलबार, माघ २०, २०८२
नेकपाले कसैसँग तालमेल नगर्ने रञ्जित तामाङको प्रष्टीकरण मंगलबार, माघ २०, २०८२
निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी मंगलबार, माघ २०, २०८२
प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त मंगलबार, माघ २०, २०८२
नवलपुरबाट २९० निर्वाचन प्रहरी स्याङ्जा पठाइयो मंगलबार, माघ २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
महावीर पुनले रिसाएर मन्त्री पद छाडेको प्रधानमन्त्री कार्कीको दाबी सोमबार, माघ १९, २०८२
पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु सोमबार, माघ १९, २०८२
समानुपातिकको बन्दसूचीबाट आयोगले हटायो ७६ जनाको नाम सोमबार, माघ १९, २०८२
ओपिडी सेवा २५ हजारसम्मको मात्र उपलब्ध गराउने स्वास्थ्य बीमा बोर्डको निर्णय सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्