• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

यसरी हटाउन सकिन्छ सीमान्तकृत समुदायको जीविकोपार्जन समस्या

सागर जीसी बुधबार, असार २३, २०७८  ०७:००
1140x725

सीमान्तकृत समुदायलाई राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिकरूपमा पछाडि पारिएको छ। भूगोल, धर्म, लिंग, जाति, भेषभूषा, असमझदारी, बहिष्करण लगायत कारणले पनि सीमान्तकृत बनाइएको छ। यस्ता समुदायलाई अहिले पनि जीविकोपार्जनमा समस्या छ।

तुलनात्मक अध्ययनबाट थाहा हुन्छ कि, कुनै एक ठाउँको सवल समुदाय अर्को ठाउँमा सीमान्तकृत हुनसक्छ। उमेरसँगै सीमान्तीकरणको अवस्था बढ्दो वा घट्दो हुनसक्छ। जस्तै, बालकबाट किशोर र युवा हुँदै गर्दा सीमान्तीकरण घट्दै जान्छ। फेरि वृद्ध बन्दै जाँदा सीमान्तीकरण बढ्दै जान्छ।

सामाजिक रूपमा सीमान्तकृत समुदाय विभिन्‍न अवसरबाट वञ्चित छन्। त्यसैले आफ्नो क्षमता अनुसार समाजमा योगदान दिन सक्दैनन्। राजनीतिक वा राजनीतिक प्रतिशोधका कारणले बहिष्करणमा परेकाहरूलाई विकास निर्माणका छलफल तथा कार्यक्रममा सहभागी गराइँदैन। आर्थिक सीमान्तीकरणले व्यक्ति वा समुदायलाई आधारभूत सेवा, आम्दानीका अवसर र रोजगारीको पहुँचबाट टाढा पुर्‍याउँछ।

राष्ट्रले विकासको फड्को मार्न सीमान्तकृत जाति र समुदायलाई सामाजिक, आर्थिक र राजनीतिक पहुँचमा ल्याउन जरूरी छ। सरकारले नीति नियम, योजना तर्जुमा र कार्यक्रम निर्माण गर्दा उनीहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ। नेपालमा रहेका विभिन्‍न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरूले पनि सीमान्तकृत समुदायका लागि काम गरिरहेका छन्। तर, अपेक्षित नतिजा प्राप्त हुनसकेको छैन।

सीमान्तकृत समुदायका समस्याहरूः

  • आफ्ना समस्या निर्धक्कसँग राख्न सक्दैनन्, जसले गर्दा उनीहरूका समस्याको सुनुवाइ हुँदैन।
  • सरकारले व्यवस्था गरेका विभिन्‍न सेवा सुविधाबारे जानकार नहुँदा ती सुविधाबाट वञ्चित हुन्छन्।
  • गरिबीको कारणले गर्दा शिक्षाजस्तो महत्त्वपूर्ण आधारभूत आवश्यकताबाट वञ्चित हुनसक्छन्।
  • फरक भौतिक तथा सांस्कृतिक मूल्य हुन्छन्, जसलाई अन्य समुदायले स्वीकार गरेका हुँदैनन्।
  • सीमान्तकृत समुदायका महिलालाई पारिवारिक निर्णयको अधिकार नहुनसक्छ। बालविवाह, सामाजिक सुरक्षा र यौन हिंसाबाट बढी प्रभावित हुन्छन्।
  • सामाजिक भेदभाव तथा अन्य समुदायको असहयोग हुन्छ।
  • सीमान्तकृत समुदायको बसोबास भएको ठाउँमा विकासको पहुँच कम हुन्छ।

यी प्रतिनिधि समस्या मात्र हुन्। सीमान्तकृत समुदायले यसबाहेक अन्य धेरै समस्या भोग्नुपरेको छ। 

जीविकोपार्जन उकास्न गर्नुपर्ने प्रयास
सर्वप्रथम सीमान्तकृत समुदायको जीविकोपार्जन उकास्नु आवश्यक छ। यसका लागि मानिसको चेतनास्तर बढाउनुपर्छ। केयर बंगलादेशले गरेको अध्ययनअनुसार त्यसका लागि तीनवटा रणनीतिक दृष्टिकोणहरू अवलम्बन गर्नु जरुरी हुन्छ।

प्रथम रणनीतिअनुसार सीमान्तकृत समुदायका व्यक्तिहरूको आधारभूत आवश्यकता परिपूर्तिको प्रयास हुनुपर्छ। त्यस्ता आवश्यकतामा गास, बास, कपास, शिक्षा र उनीहरूको मान सम्मान पर्छ। दोस्रो रणनीतिअनुसार केही छोटो समयमा नै उनीहरूलाई सशक्तीकरण, पहुँचमा वृद्धि र सीप विकास गराउनुपर्छ। तेस्रो रणनीतिमा व्यक्ति वा समुदाय सीमान्तकृत बन्‍नका कारणहरूको निराकरण हुनुपर्छ। जस्तै, सुशासनमा वृद्धि, पक्षपात, भेदभाव, भ्रष्टाचार तथा हत्या हिंसाको निर्मूलीकरण यसमा पर्छन्। यो रणनीति केयर बंगलादेशको सहरी क्षेत्रमा बस्ने सीमान्तकृतहरूको जीविकोपार्जनमा परिवर्तन गर्नका लागि गरिएको प्रयासको लामो अनुभवबाट विकास गरिएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

चित्रः सीमान्तकृत समुदायको जीविकोपार्जन उत्थानका उपायहरू (सेन्डरसन एट. अल., २०१२)

सीमान्तकृत समुदायको जीविकोपार्जन सवलीकरण गर्न सामर्थ्य परियोजनाको प्रयास
सन् २०१९ को सुरुआतदेखि केयर नेपालको आर्थिक सहयोगमा सामर्थ्य परियोजनाअन्तर्गत् राष्ट्रिय कृषक समूह महासंघ नेपालले प्रदेश २ र १ का क्रमशः सिरहा र उदयपुर जिल्लामा करार खेती सञ्चालन गरिरहेको छ। सीमान्तकृत समुदायको जीविकोपार्जनमा सुधार ल्याउन यो परियोजना सञ्चालन गरिएको हो। परियोजना सिरहाको भगवानपुर गाउँपालिकाबाट सुरू भएर सिरहाकै सखुवानन्कारकट्टी र विष्णुपुर गाउँपालिका तथा उदयपुरको बेलका र कटारी नगरपालिकाका विभिन्‍न स्थानमा सञ्चालनमा छ। 

यी स्थानीय तहका १० सीमान्तकृत समुदायका २१७ घरधुरी करार खेतीमा आबद्ध छन्। उनीहरूले सगोलमा २६ कट्ठा जग्गा भाडामा लिएर दुई कट्ठा प्रतिव्यक्तिका दरले खेतीका लागि बाँडेका छन्। उनीहरूले डेढ वर्षमा उत्पादन गरेको तरकारी र अन्‍न आफू खाएर पनि प्रतिघर औसत २५ हजार रूपैयाँ आम्दानी गरेका छन्।

Xtrem

Xtrem

करार खेतीअन्तर्गत् सीमान्तकृत समुदायको तत्कालीन आवश्यकता पूर्तिका लागि कृषिमा संलग्न गराई प्रोत्साहनका लागि मल, बीउ, कृषि औजार र जग्गा भाडा सहयोग गरिन्छ। विभिन्‍न तालिम दिइन्छ। दीर्घकालीन उत्थानका लागि यसलाई स्थानीय सरकारको कार्यक्रममा नै समावेश गरेर अगाडि बढिन्छ।

जर्नल अफ इकोनोमी एण्ड इन्भारोमेन्टल साइन्समा प्रकाशित ‘सक्सेस फ्रम लिज बेस्ड फार्मिङ : अ केस स्टडी अफ दलित वुमन फार्मर ग्रुप फ्रम भगवानपुर सिरहा, नेपाल’ (दलित महिलाहरूको केस स्टडी, २०२१) का अनुसार सिरहाको भगवानपुर गाँउपालिकामा गरिएको करार खेतीबाट महिलाहरूको घरायसी निर्णय लिने क्षमतामा विकास भएको छ। कार्यक्रम लागू भएकामध्ये ८७.५ प्रतिशत घरधुरीमा महिला र पुरुषले सामूहिक रूपमा घरायसी निर्णय लिने गरेका छन्। विद्यालय जाने उमेरका शतप्रतिशत बालबालिका विद्यालय नियमित जान थालेका छन्। यसअघि दैनिक ज्यालादारी गर्ने उनीहरूमध्ये ८५ प्रतिशतको जीविकोपार्जनको स्रोत कृषि बनेको छ। यसबाट खाद्यसुरक्षामा पनि टेवा पुगेको छ।

बेलका नगरपालिकाको वडा नं ५ को ‘घुम्ने तरकारी उत्पादन महिला कृषक समूह’लाई सशक्तीकरणको उदाहरणको रूपमा लिन सकिन्छ। यो समूहमा सदा समुदायका १३ महिला छन्। परियोजनाको निरन्तर सहजीकरण र सहयोगपश्चात् उनीहरूको जीविकोपार्जनमा सामाजिक, आर्थिक र राजनीतिक परिवर्तन आएको छ।

सरसफाइ र स्वस्थ खानेकुराबारे जनचेतना बढेको छ। जाँड, रक्सी नखान र जुवा, तास नखेल्न सचेत भएका छन्। आफ्नो र छोराछोरीको सरसफाइमा ध्यान दिन थालेका छन्। जसकारण अन्य जातिका मानिसको उनीहरूप्रतिको सोच र व्यवहारमा परिवर्तन आएको छ। तरकारी किन्‍न र अन्य प्रयोजनका लागि मानिसहरू उनीहरूको टोलमा आउँदा बाह्य समाजसँग अन्तरक्रिया बढेको छ।

करार खेतीमार्फत् उनीहरू नगरपालिकासँग जोडिएका छन्। त्यसैले परियोजना र नगरपालिका दुवैबाट सहयोग प्राप्त गरिरहेका छन्। अहिले निर्धक्कसँग विभिन्‍न कार्यक्रममा आफ्नो माग राख्न सक्षम भएका छन्। उनीहरूको समुदायबाट पनि टोल सुधार समिति र राष्ट्रिय कृषक समूह महासंघमा आबद्धता छ। 

(जिसी सीमान्तकृत तथा जोखिममा रहेका समुदायको क्षेत्रमा कार्यरत संस्था, जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लीबर्ड)मा कार्यरत छन्।)

कलावतीको आत्मविश्वास
कलावती सदा (३७) घुम्ने तरकारी उत्पादन महिला कृषक समूहकी अध्यक्ष हुन्। जग्गा भाडामा लिएर गरिने (करार) खेती सुरुआत गर्नुअघि उनी समुदायका अरू महिलाजस्तै ज्याला मजदुरी गर्थिन्। माछा मार्ने काम पनि गर्थिन्। यतिले मात्र खान पुग्दैन थियो। तर, काम नहुँदा खाली बस्नुपर्थ्यो।

अहिले उनको दिनचर्या फेरिएको छ। उनी दिनभर व्यस्त रहन्छिन्। आफ्नो भागमा परेको दुई कट्ठा जग्गामा उनले करेला, बोडी, लौका, काँक्रो, प्याज लगाएकी छन्। खेतीबाट तीन सिजनको आम्दानी लिइसकेकी छन्।

उनले पहिलोपटक १३ हजार रूपैयाँ आम्दानी गरेकी थिइन्। दोस्रो पटक र तेस्रो पटक क्रमशः सात हजार र ११ हजार रूपैयाँ आम्दानी लिइन्। उनी राष्ट्रिय कृषक समूह  महासंघ नेपाल र टोल सुधार समिति दुवैमा सदस्य छिन्। कलावती भन्छिन्, ‘हाम्रो पहिलेको र अहिलेको जीवनमा धेरै परिवर्तन आएको छ। म पहिले कोहीसँग बोल्न सक्दिनथेँ। तर, अहिले महासंघ र टोल सुधार समितिमा सदस्य छु, र आवश्यकता अनुसार निर्धक्क आफ्नो विचार राख्नसक्छु। घर चलाउन श्रीमानसँग पैसा मागिरहनु पर्दैन।’

प्रकाशित मिति: बुधबार, असार २३, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्