Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर १३, २०८३ Sun, Nov 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकारले पूर्णता नपाउँदै गण्डकीमा विवाद, अर्थ मन्त्रालय जसपाले पाउने सहमतिसँगै अरू सबै मुख्यमन्त्रीसँग रुष्ट

64x64
लिलु डुम्रे आइतबार, असार ६, २०७८  १९:४८
1140x725

काठमाडाैं- गण्डकी प्रदेश सरकारले पूर्णता नपाउँदै गठबन्धनका दलहरुबीच विवाद सुरु भएको छ। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनता समाजवादी पार्टीसँग गरेको सहमतिले विवाद उत्पन्न भएको हो।

विश्वासको मत प्राप्त गर्ने दिन अर्थात् असार ४ मा मुख्यमन्त्री पोखरेलले जसपाका संसदीय दलका नेता हरिशरण आचार्यसँग चारबुँदे सहमति गरेका थिए। सहमतिको तेस्रो बुँदामा जसपाले अर्थ मन्त्रालयसहित दुई मन्त्रालय पाउने उल्लेख छ। जसपाका दुई सांसद नै मन्त्री हुने बाटो उक्त सहमतिले खुलेको छ। जसपाका सांसद आचार्यले जेठ २९ मा विनाविभागीय मन्त्रीको शपथ पनि लिइसकेका छन्।

दुई सांसद रहेको जसपालाई शक्तिशाली अर्थ मन्त्रालय सुम्पने मुख्यमन्त्री पोखरेलको सहमतिप्रति कांग्रेस सांसद र सत्ताको अर्को सारथि माओवादी केन्द्र असन्तुष्ट बनेका छन्। अर्कोतर्फ जसपाले सहमतिअनुसार आफूले मन्त्रालय पाउनुपर्ने दाबी छोडेको छैन।

कांग्रेस र माओवादी केन्द्रले चार/चार, जसपाले दुई र स्वतन्त्रले एक मन्त्रालयको जिम्मेवारी लिने दलहरुबीच सहमति बनेको थियो। कांग्रेसले चार मन्त्रालय मुख्यमन्त्रीसहित पाउने आन्तरिक सहमति बनेको छ। मुख्यमन्त्री र जसपाबीच भएको सहमतिले मन्त्रीमण्डल विस्तारमा अड्चन आइसकेको माओवादी केन्द्रका सांसद हरिबहादुर चुमानले बताए। ‘विश्वासको मत गुम्ने भएकाले बाध्य भएर अर्थ मन्त्रालय दिनेगरी सहमति गरेको कांग्रेसले माओवादी केन्द्रलाई भनेको छ,’ चुमानले भने।

कांग्रेस र जसपाबीचको सहमति भएकाले दुई दलले निकास दिनुपर्ने तर्क माओवादीको छ। मन्त्रालय टुंग्याउन विधि बनाउन माओवादीले माग गरेको छ। माओवादीले सुझाएको विधिबारे चुमानले भने, 'पहिलो दल, दोस्रो दल हुँदै क्रमश: मन्त्रालय रोज्ने प्रणाली बनाऔं। त्यसो हुँदा विवाद आउँदैन। कांग्रेस मुख्यमन्त्री भएपछि त्यसपछिको रोजाइ हाम्रो हुन्छ।’ शक्तिशाली अर्थ मन्त्रालय जसपालाई दिन नहुने मत कांग्रेसभित्रै बढेको छ। ठूलो दलको हैसियत तथा मुख्यमन्त्रीकै दलसँग अर्थ मन्त्रालय हुनुपर्ने मत कांग्रेसमा छ। भौतिक पूर्वाधार मन्त्रालय माओवादी केन्द्रको पहिलो रोजाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

विश्वासको मत दिने अन्तिम समयमा आएर मुख्यमन्त्री पोखरेलसँग अर्थ मन्त्रालय पाउनेगरी फुत्काएको जसपाले सहमतिबाट पछि हट्न नमिल्ने अडान लिएको छ। ‘मन्त्रीमण्डल विस्तार हाम्रो कारणले हुन नसकेको होइन। सहमति गर्ने अनि त्यसलाई कार्यान्वयन नगर्नेका कारण मन्त्रीमण्डलले पूर्णता पाउन नसकेको हो,’ जसपाका विनाविभागीय मन्त्री आचार्यले भने, ‘सहमति कार्यान्वयन हुनुपर्छ। हामीविना कांग्रेस-माओवादी सरकारमा टिक्ने सक्छन् भने टिकिराखुन्। जसपाले नै यिनीहरुको लागि निर्णायक भूमिका खेलेको हो।’

गण्डकीमा मुख्यमन्त्री कार्यालयसहित भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छन्।

मुख्यमन्त्री पोखरेल र जसपाबीच भएको सहमति।

असार ४ मा विश्वासको मत लिनुअघि नयाँ सरकारलाई टिकाउन मुख्यमन्त्री पोखरेलले जसपाका धेरै माग सुनुवाइ गरिदिएका थिए। जसपाकै मागबमोजिम उक्त दल र जनमोर्चालाई लाभ हुनेगरी 'डबल थ्रेसहोल्ड' खारेज गर्न मुख्यमन्त्रीले सहमति जनाएका थिए। प्रदेश सभाको कूल सांसदमा १० प्रतिशत नभएका दलका सचेतकले ठूला दलका सचेतकसरह सेवा तथा सुविधा नपाउने व्यवस्था थियो। १० प्रतिशतको थ्रेसहोल्ड हटाएपछि जसपा र जनमोर्चाका सचेतकले ठूला दलका सचेतकसरह सुविधा प्राप्त गर्ने छन्। एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले भने, ‘थ्रेस होल्ड हटाउने कुरा पहिले पनि भएको थियो। अहिले सत्ता समीकरण सहज बनाउन सहमति गरिएको होला।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्रदेश सरकारलाई सुव्यवस्थित रुपमा सञ्चालन गर्न सबै दलबाट दुई/दुई जना प्रतिनिधि रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गर्ने सहमतिको अर्को बुँदामा उल्लेख छ।

प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १९:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ कालो झण्डा देखाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेपछि हिन्दु सम्राट सेनाले त्यसको विरोध गरेको छ । शनिबार, मंसिर १२, २०८३
कांग्रेस सहमहामन्त्री खतिवडा भन्छन्– ‘संविधानले नचिनेका व्यक्तिबाट शासन भइरहेको छ’ शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार गठन भएको नौ महिना बित्दा पनि मुलुकको अवस्थामा सुधार नआएको बताए। न्यायपालिका,... शनिबार, मंसिर १२, २०८३
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले भेटे राष्ट्रपति शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ शनिबार, मंसिर १२, २०८३
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा? शनिबार, मंसिर १२, २०८३
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने शनिबार, मंसिर १२, २०८३
पृथ्वीराजमार्गको भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता शनिबार, मंसिर १२, २०८३
छठघाटमा वृद्धको हत्या गर्नेलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्