• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

३९ महिनापछि गण्डकीबाट सत्ताको नेतृत्व लिँदै कांग्रेस, यी हुन् अब बन्ने मुख्यमन्त्री

64x64
नेपाल लाइभ शुक्रबार, जेठ २८, २०७८  १७:५७
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमले गण्डकी प्रदेश सरकारको नेतृत्वमा कांग्रेस पुग्ने भएको छ। संसद् विघटन गर्ने प्रधानमन्त्रीको कार्यबाट एकत्रित भएका विपक्षी गठबन्धनको बलियो रुप गण्डकीमा देखिएको छ।

विपक्षी गठबन्धनको बलियो सम्बन्ध भएकै कारण एमाले सत्ताबाट बाहिरिनुपर्ने स्थिति आएको छ। विपक्षी गठबन्धनलाई फुटाउने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पहलले सार्थकता प्राप्त गर्न नसकेपछि विपक्षी दलको सरकार बन्ने भएको छ।

विपक्षीलाई लगातारको हण्डर 
३९ महिना प्रमुख प्रतिपक्ष रहेको कांग्रेसलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदको समर्थन रहने भएको छ। वैशाख २ बाट मुख्यमन्त्रीको दाबी गरेका नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेल दुई महिनापछि सत्ताको बागडोर सम्हाल्ने स्थानमा पुग्न लागेका हुन्।

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी हुँदै गर्दा अघिल्लो रात अर्थात् वैशाख १ को मध्यरातमा मुख्यमन्त्रीको सिफारिसमा तत्कालीन प्रदेश प्रमुख अमिक शेरचनले संसद् बैठक अन्त्य गरिदिए। संसद् अन्त्य गरेपनि हिम्मत नहारेका विपक्षी दलले वैशाख २ मा प्रदेश प्रमुखसमक्ष संसद्को विशेष अधिवेशनका लागि समावेदन दिए।

वैशाख १३ मा संसद्को विशेष अधिवेशन बोलाइयो। वैशाख १५ मा मुख्यमन्त्री गुरुङ विरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने कार्यसूची थियो। तर, दुई सांसद हराए। जनमोर्चाका खिमविक्रम शाही सम्पर्कविहीन भए भने स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) संसद्‌मा उपस्थित भएनन्।

जनमोर्चाले सोही दिन आफ्ना सांसद हराएको सूचना संसद्‌मा दर्ता गराएका कारण मतदान प्रक्रिया सुरु हुन सकेन। शाही सदनमा उपस्थित भएर मतदान प्रक्रियामा भाग लिएको भए विपक्षी गठबन्धनको ३१ मत खस्ने थियो। मुख्यमन्त्री गुरुङ सोही दिन पदमुक्त हुने थिए। यसरी विपक्षी दलको पहिलो प्रयास सफल हुन सकेन।

वैशाख २६ मा मुख्यमन्त्री गुरुङले राजीनामा दिए। सरकारको अर्को विकल्प खुल्यो। संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार बनाउन दाबी गर्न नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले आव्हान गरिन्। प्रदेश प्रमुखले उपलब्ध गराएको तीन दिनमा विपक्षी दलले बहुमत पुर्‍याउन सकेनन्। जनमोर्चाले आफ्ना सांसदबाट हटाएको पत्र प्रदेश प्रमुखकहाँ नपुग्दै कृष्ण थापाको ‘गैरकानुनी कारबाहीलाई मान्यता नदिनू’ भनी पत्र प्रदेश प्रमुख कार्यालयमा पुगिसकेको थियो।

बहुमतको आधार पेश गर्ने अन्तिम दिन अर्थात् वैशाख २९ मा बहुमत पुर्‍याउन कुनै पक्षले पनि सकेन। वैशाख १५ मा जनमोर्चाका शाहीका कारण असफल भएको विपक्षी गठबन्धन वैशाख २९ मा सोही दलका सांसद थापाका कारण विफल भयो।

Ncell 2
Ncell 2
nimb
nimb

वैशाख २९ मा सरकार बनाउन संविधानको अर्को धारा आकर्षित बन्यो। १६८ (३) अनुसार ठूलो दलको आधारमा गुरुङ नै मुख्यमन्त्रीमा दोहोरिएर शपथ लिए। जनमोर्चाका सांसद थापाले जेठ २३ मा सर्वोच्चबाट थमौती प्राप्त गरे। विपक्षीलाई फेरि धक्का लाग्यो। एक महिनाभित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक प्रावधान अनुसार बिहीबार मतदान भयो। गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि पदमुक्त भए।

सरकार बनाउने संविधानका धारा सकिँदै जाँदा विपक्षीलाई १६८ (५) को मात्रै विकल्प थियो। अविश्वासको प्रस्ताव फेल गराएर पनि बहुमतका लागि विपक्षी दललाई ३१ मत आवश्यक पर्नेथियो। उनीहरुको पक्षमा थियो जम्मा ३०। विपक्षीको साथ बनेर आइदिए युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ ( दीपक मनाङे)। मनाङे आएसँगै विपक्षी गठबन्धनमा ३१ मत सहितको बहुमत पुग्दछ। त्यसो त विपक्षी गठबन्धनले बहुमत पुर्‍याउने अर्को आधार पनि शुक्रबार निर्माण भएको छ।

बिहीबार पार्टीको ह्विप उल्लंघन गरी तटस्थ बसेका थापालाई सांसदबाट बर्खास्त गरिएको छ। थापा हटेपछि फेरि बल विपक्षी दलको पक्षमा पुगेको छ। थापाको सांसद पद नरहेपछि ३० जनाले नै विपक्षी गठबन्धनले सरकारको दाबी गर्न सक्ने अवस्था बनेको थियो। तर, पोखरेल ३१ सांसदसहित प्रदेश प्रमुखकहाँ मुख्यमन्त्रीको दाबी गर्न गए। 

को हुन् गण्डकीमा हुन लागेका मुख्यमन्त्री?
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा प्रस्तावित कृष्णचन्द्र नेपाली पोखरेलको नाम त्यति नसुनिएपनि उनको राजनीतिक इतिहास लामो छ। नेपाली कांग्रेसका नेता उनले प्रजातान्त्रिक आन्दोलनका क्रममा जेलनेल सहे। जागिरसमेत गुमाए। २००६ सालमा जन्मिएका पोखरेलले २०२२ सालदेखि राजनीतिमा प्रवेश गरेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गत निर्वाचनमा नवलपुर (पूर्वी नवलपरासी) १ को ‘क’बाट प्रत्यक्ष निर्वाचित भएका थिए उनी। उनी गण्डकी प्रदेश सभामा कांग्रेस संसदीय दलको नेता हुन्। नेपाली कांग्रेसमा उनी बुवाको प्रेरणाबाट सक्रिय भएका हुन्। उनका पिता  गोवर्द्धन शर्मा तनहुँको कांग्रेस राजनीतिमा सक्रिय थिए। शर्मा प्रजातन्त्रका सेनानी तथा कांग्रेसका केन्द्रीय सदस्य समेत भए। पोखरेल माहिला छोरा हुन्। पोखरेल परिवार तनहुँबाट बसाइँसराइ गरी पूर्वी नवलपरासीमा पुगेको थियो।

कांग्रेसको १२औं महाधिवेशनबाट केन्द्रीय समिति सदस्य बनेका पोखरेलले लामो समय नवलपरासी कांग्रेसको नेतृत्व सम्हालेका थिए। बहुदलीय व्यवस्थाको शुरुआतसँगै उनी नवलपरासीको जिल्ला सभापति बनेका थिए। २०४८ सालदेखि निरन्तर १९ वर्ष नवलपरासी कांग्रेसको सभापति बने।

प्रजातन्त्र बहालीका लागि उनले पटक–पटक जेल जीवन बिताए। काभ्रे र तनहुँमा पोखरेल शिक्षक भएर काम पनि गरेका थिए। विद्यालय तहमा उनले राजनीतिशास्त्र, भूगोल र इतिहास पढाए। शिक्षक भई राजनीतिमा सक्रिय भएको आरोपमा तत्कालीन शासकले उनको शिक्षक पेसा खोस्यो। २०२९ देखि २०३६ सम्म उनले अध्यापन गरेका थिए। उनी कानुनी सेवामासमेत आबद्ध भएका थिए।

निर्वाचन बहिष्कार गर्ने क्रममा २०३७ साल र पहिलो जनआन्दोलन २०४६ मा उनी जेल चलान गरिए। पोखरेल २०४८ सालको निर्वाचनमा नवलपरासी–४ बाट उम्मेदवार बनेका थिए। यसैगरी, २०७० सालको संविधान सभा निर्वाचनमा नवलपरासी क्षेत्र नं. ३ प्रत्यक्षतर्फबाट उनी उम्मेदवार थिए। तर, निर्वाचित हुन सकेनन्। 

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १७:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी
सम्बन्धित सामग्री
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा उनले सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा बुझाएका हुन्। बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी संसदीय सुनुवाइ समितिमा चार देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ जारी रहेको छ। बुधबार, असोज २८, २०८३
सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी बुधबार, असोज २८, २०८३
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा बुधबार, असोज २८, २०८३
बेली ब्रिज नबन्दा तुइनबाट दशैँको यात्रा (तस्बिरहरू) बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्