• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ १४, २०८२ Wed, Jan 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गण्डकीमा विपक्षी रणनीति : सरकार बनाउन नसके चुनावमा साझा उम्मेद्‌वार उठाउने

64x64
लिलु डुम्रे बुधबार, जेठ २६, २०७८  १३:१७
1140x725

काठमाडौं- गण्डकी प्रदेशमा विपक्षी गठबन्धनको सरकार बन्न नसक्ने अवस्था भएमा ती दलले चुनावमा साझा उम्मेद्‌वार उठाउने रणनीति बनाएका छन्। संसद्‌मा एक मत नपुग्दा सरकार बनाउनबाट विपक्षी गठबन्धन वञ्चित हुनुपर्ने देखिएको छ। राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा सत्ता पक्षसँग नजिकिएपछि विपक्षी दलले सरकार बनाउने अवस्था टाढिएको हो। 

बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको लिँदैछन्। मुख्यमन्त्री गुरुङले विश्वासको मत प्राप्त गर्ने आधार छैन। संविधानको १६८ (३)  को अनुसार ठूलो दलको आधारमा पुनः शपथ लिएका गुरुङले ३१ मत पुर्‍याउन सम्भव छैन।

एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार गुरुङले बिहीबार विश्वासको मत लिन लागेका हुन्। उनको पक्षमा एमालेका २७ र स्वतन्त्र एक सांसद छन्। विपक्षी दलका सांसदले उनलाई मत दिने अवस्था नरहेकाले २८ सांसद उनको पक्षमा देखिन्छन्। बहुमत सिद्ध गर्न उनलाई तीन सांसद अपुग हुन्छन्।

यता, विपक्षी गठबन्धनमा कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनमोर्चाका तीन र जसपा दुई सांसद छन्। जनमोर्चाका कृष्ण थापा तटस्थ बस्ने मनस्थितिमा छन्। जनमोर्चाका एक सांसदले विपक्षी गठबन्धनलाई साथ नदिँदा उक्त पक्षमा ३० सांसद पुग्दछन्। ६० जना प्रदेश सभा रहेको गण्डकीमा बहुमतको सरकार बनाउन ३१ मत आवश्यक पर्दछ।

एमालेले विश्वासको मत नपाउने तथा विपक्षी गठबन्धनलाई सरकार बनाउन सांसद संख्या अपुग हुँदा मध्यावधी निर्वाचनतिर प्रदेश धकेलिने देखिएको छ। बिहीबार गुरुङले विश्वासको मत प्राप्त नगरेसँगै नयाँ सरकारको विकल्प सुरु हुन्छ। संविधानको १६८ (५) अनुसार कुनै एक सांसदले सरकार बनाउने आधारसहित दाबी पेश गर्न प्रदेश प्रमुखले आव्हान गर्ने व्यवस्था छ। 

हालसम्मको गृहकार्य हेर्दा मुख्यमन्त्री गुरुङले पूरा कार्यकाल निरन्तरता पाउने सम्भावना देखिएको छैन। १६८ (५) अनुसार सरकार बनाउन अन्य दलले एमालेलाई साथ दिने सम्भावना नभएपछि गुरुङको पाँच वर्षे कार्यकाल छोट्टिने भएको हो। एमालेकै नेतृत्वमा सरकार बनाउन गुरुङले पहल पनि गरेका छन्।

सहमतिको सर्वदलीय सरकार बनाउने पहलका लागि सत्ता पक्षकै बलमा बुधबार बैठक बसेको थियो। भौतिक पूर्वाधार मन्त्री तथा सरकारका प्रवक्ता समेत रहेका रामशरण बस्नेतलाई अन्य दलसँग छलफल गर्न गुरुङले खटाएका छन्।

बुधबार भएको सत्ता र विपक्षी दलको बैठकमा दुवै पक्ष आ आफ्नो अडानमा कायम रहेका थिए। एमालेको नेतृत्वलाई स्विकारेर जान नसकिने कांग्रेसको मत थियो। कांग्रेस सांसद विन्दुकुमार थापाले भने,‘ १६८ (५) को अनुसार सरकार बनाउन माओवादी केन्द्र वा जसपाको नेतृत्व स्वीकार्न तयार छौं। एमालेको नेतृत्व स्विर्कादैनौं।’ अन्य दलको नेतृत्वको सरकारमा एमाले सहभागी हुनुपर्ने जिकिर विपक्षी दलको थियो। एमालेसँगको संवाद ‘क्लोज’ भएको कांग्रेस सांसद थापाले बताए।

Ncell 2
Ncell 2

प्रदेश प्रमुखले १६८ (५) को सरकार बनाउन आव्हान गरेपछिका विकल्पका विषयमा विपक्षी दलहरुले पटक पटक छलफल गरेका छन्। तर, सरकार बनाउने आधार भने तय गर्न सकेका छैनन्। माओवादी केन्द्रबाट सभामुख भएका नेत्रनाथ अधिकारीलाई राजीनामा गर्न लगाएर बहुमत पुर्‍याउने सन्दर्भमा पनि विपक्षी दलबीच छलफल चलेको छ। सभामुख पदबाट राजीनामा दिँदा विपक्ष गठबन्धनको पक्षमा ३१ मत पुग्ने आधार बन्छ।

तर, माओवादी केन्द्रका सभामुखले राजीनामा दिँदा संसदीय प्रक्रियामा सत्ता पक्षले अर्को व्यवधान खडा गर्नसक्ने डर विपक्षीमा छ। सभामुखले राजीनामा दिँदा आत्मघाती हुने सोचेका दलहरुले उक्त विकल्पलाई तत्काललाई थाति राखेका छन्। ‘सभामुखले राजीनामा नदिएर नै गठबन्धनको सरकार बनाउन छलफल भइरहेको छ’, माओवादी केन्द्रका सांसद दीपक कोइराला भन्छन्, ‘कृष्ण थापाले हाम्रो पक्षमा मत नदिएपनि सरकार बन्ने अरु विकल्प छन्। सरकार बन्नै सकेन भने चुनावी गठबन्धन बनाउँछौं।’

सभामुखले राजीनामा दिने संसदीय अभ्यास र त्यसले ल्याउने परिणामको जवाफका लागि दलहरुले केन्द्रको मुख ताकेका छन्।

यसैबीच, विपक्ष दलले माधव नेपाल पक्षका सांसद इन्द्रलाल सापकोटालाई तान्ने प्रयास पनि गरेका हुन्। सापकोटाले विपक्षी दलप्रति ‘ग्रिन सिंग्नल’ दिएनन्। बागलुङका एमाले जिल्ला अध्यक्ष समेत रहेका उनले पार्टी राजनीतिमा असर गर्ने भन्दै विपक्षी गठबन्धनको सरकार बनाउने कार्यमा सहयोगी बन्ने रुचि देखाएनन्। 

बिहीबार संसदको परिणाम पछि मात्रै थप गृहकार्यमा जुट्ने विपक्षी दलको तयारी छ। प्रदेश प्रमुखले नयाँ सरकार बनाउन दिएको समयावधिमा सभामुखको राजीनामा, एमालेभित्रको सांसदको राजीनामा लगायतका विषय त्यही अवधिका विकल्प भएको कोइरालाको भनाइ छ।

‘पृथ्वी सुब्बा गुरुङको नेतृत्वको सरकारमा विपक्षी गठबन्धन जाँदैन। गठबन्धनमा भएका दलको नेतृत्व सरकार बनाउन एमाले तयार भए सर्वदलीय सरकार बन्छ’, कोइरालाले भने, ‘हामीहरुको नेतृत्वमा एमाले सरकारमा आउँदैन। अहिलेकै गठबन्धनबाट साझा उम्मेदवार तय गरी चुनावमा जाने सैद्धान्तिक सहमति करिब भइसकेको छ।’

केपी ओली प्रवृत्तिका विरुद्ध लड्ने बाहेक अरु विकल्प नभएको उनको तर्क छ। चुनावी गठबन्धन बनाएर ओली पक्षविरुद्ध साझा रुपमा लड्ने गरी छलफल अघि बढेको कांग्रेस सांसद थापाको पनि भनाइ छ।

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १३:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
ऊर्जा क्षेत्रको अनुभवलाई राष्ट्रिय विकासको आधार बनाउने कुलमान घिसिङको दाबी उनले उक्त अनुभवलाई मुलुकको समग्र आर्थिक रूपान्तरणमा उपयोग गर्न सकिने धारणा व्यक्त गरेका हुन् । मंगलबार, माघ १३, २०८२
फागुन ७ गते जनकपुरधाममा विशेष सभा गर्दै काँग्रेस मंगलबार पत्रकार सम्मेलन गरी काँग्रेसका प्रवक्ता देवराज चालिसेले जनकपुरधाममा विशेष सभा गर्न लागेको बताएका छन्। मंगलबार, माघ १३, २०८२
रास्वपाका पूर्व सांसद श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश, हर्क साम्पाङले गरे स्वागत श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मंगलबार डा. श्रेष्ठलाई स्वागत गरेका छन्। साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ढाकाक... मंगलबार, माघ १३, २०८२
ताजा समाचारसबै
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
ऊर्जा क्षेत्रको अनुभवलाई राष्ट्रिय विकासको आधार बनाउने कुलमान घिसिङको दाबी मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्