• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ १८, २०८२ Sun, Feb 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जसपा विग्रहको छायाँ : प्रदेश २ मा हावी हुँदै बाबुराम-उपेन्द्र

64x64
नेपाल लाइभ आइतबार, जेठ २३, २०७८  २२:०६
1140x725

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) दुई चिरामा विभाजित हुन थालेपछि त्यसको असर प्रदेश सभाहरूमा पनि देखिन थालेको छ। यसअघि लुम्बिनी प्रदेश सभामा जसपाको केन्द्रीय विग्रहको छायाँ देखिएको थियो। र, जसपा विग्रहको असर अब प्रदेश २ सभामा पनि देखिने भएको छ।

प्रदेश २ प्रदेश सभामा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष हाबी हुने देखिएको छ। जसपाका ५५ प्रदेश सभा सदस्यमध्ये बाबुराम-उपेन्द्र पक्षमा ३५ जना खुलेको दाबी गरिएको छ। प्रदेश सभामा जम्मा १०४ सदस्य छन्। 

जसपाको कार्यकारिणी समितिमा बाबुराम-उपेन्द्र पक्ष बहुमत भएकाले त्यसको असर प्रदेश सभामा समेत देखिएको छ। तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट २५ र समाजवादी पार्टीबाट ३० जना निर्वाचित भएका थिए।

पछिल्लो समय जसपा ध्रुविकरण बढ्दै गएपछि तत्कालीन राजपा पक्षका सांसदहरू बाबुराम–उपेन्द्र पक्षतिर तानिन लागेका हुन्। मुख्यमन्त्री लालबाबु राउत बाबुराम–उपेन्द्र पक्षका भएकाले मन्त्री पद र अन्य प्रलोभनमा पारेर आफ्नो कित्तातिर तानेको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षका एक प्रदेश सभा सदस्यले बताए।

‘मुख्यमन्त्री लालबाबु राउत बाबुराम-उपेन्द्र पक्षको हुनुहुन्छ। सत्तामा भएपछि मन्त्री पद वा अन्य कुनै प्रलोभनमा पार्न सजिलो हुँदोरहेछ यताबाट उता जानेको संख्या बढ्ने देखिन्छ’, ती प्रदेश सांसदले भने, ‘यदि पार्टी नै विभाजन हुने स्थिति भएमा राजनीतिक रुपमा बाबुराम–उपेन्द्रतिर लाग्दा फाइदा देखेकाले त्यता तानिएका छन्।’

Ncell 2
Ncell 2

प्रदेश सभामा बहुमत भएकाले बाबुराम–उपेन्द्र पक्ष पेलेरै जाने रणनीतिमा छ। मुख्यमन्त्री राउतलाई संसदीय दलको नेता बनाएर उनीहरूले त्यसको शुरुआत गरिसकेका छन्। 

साविक राजपा पक्षले साथ छोडेमा बाबुराम–उपेन्द्र पक्षले कांग्रेस, नेकपा (माओवादी केन्द्र)सँग सहकार्य गर्ने तयारी थालिसकेका छन्।कुल १०४ प्रदेश सभा सदस्यमध्ये महन्थ–राजेन्द्र पक्षबाट २५ जना बाहिरिएमा दोस्रो विकल्पमा जाने बाबुराम-उपेन्द्र पक्षको तयारी छ।

त्यस्तो अवस्थामा १९ सिट भएको कांग्रेस, ८ सिट भएको माओवादीसँग यो पक्षले सहकार्यको हात अघि बढाउनेछ। यद्यपि, माओवादीले साथ नदिएर कांग्रेस एक्लैले मात्र साथ दिएपनि बहुमत पुग्ने छ। तर, बाबुराम–उपेन्द्र पक्ष तत्काल विकल्प खोज्ने पक्षमा देखिएका छैनन्। आफ्नो पार्टीमा बहुमत हुँदासम्म विकल्प नखोजिने बाबुराम-उपेन्द्र पक्षका एक नेताले बताए।

‘अहिले जसपाकै एकल बहुमत छ। यस्तो अवस्थामा अर्को पार्टीसँग बहुमतका लागि किन गुहार्नु पर्‍यो? महन्थ-राजेन्द्र पक्ष निस्कने अवस्था आएमा कांग्रेस र माओवादीसँग सहकार्य गरेर हाम्रै सरकार बन्छ’, ती नेताले भने।

आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले पनि जसपाको बहुमत भएकाले तत्काल अन्य पार्टीसँग सहकार्य गर्नुपर्ने अवस्था नरहेको प्रक्रिया दिए। ‘अहिले पार्टीमा यो पक्ष त्यो पक्ष भन्ने छैन सबै जसपा हौं’, मन्त्री यादवले भने, ‘जसपाको एकल बहुमत हुँदा अर्को पार्टीसँग सहकार्य गर्नुपर्ने अवस्था छैन।’

पार्टी नै विभाजन हुने स्थिति आएमा विकल्प सोच्न सकिने यादवले बताए। प्रदेशमा ६ मन्त्री र ५ राज्यमन्त्री छन्। जसमध्ये भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल मात्रै महन्थ–राजेन्द्र पक्षका हुन्। अरु सबै ५ मन्त्री बाबुराम-उपेन्द्र पक्षका हुन्।

यस्तै, ५ राज्य मन्त्रीमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा मात्रै महन्थ–राजेन्द्र पक्षकी हुन्। डिम्पल झा संघीय खानेपानी मन्त्री अनिल झाको श्रीमती समेत हुन्। अरु चार राज्यमन्त्री बाबुराम–उपेन्द्र पक्षकै छन्।

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  २२:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पत्रकार दिनेश सिटौलाको निधन
महोत्तरी-२ : उम्मेदवारसँग मतदाताको गुनासा- बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार
सुशासन, उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट मुक्त हुने घोषणा पत्र ल्याउँछौ : देव गुरुङ
सम्बन्धित सामग्री
पत्रकार दिनेश सिटौलाको निधन उनी एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक रुप) बाट पीडित थिए । अछाममा गएका बेला अचानक बेहोस भएर ढलेपछि सिटौलालाई शुक्रबार काठमाडौं ल... आइतबार, माघ १८, २०८२
महोत्तरी-२ : उम्मेदवारसँग मतदाताको गुनासा- बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार नदी नियन्त्रणका लागि पक्की तटबन्ध र कुलोनहरका बाँध नबन्दा बर्सेनि आफूहरुले दुःख पाइरहेको उनको भनाइ छ । विगतमा ठाउँठाउँमा कटान र डुबा... आइतबार, माघ १८, २०८२
सुशासन, उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट मुक्त हुने घोषणा पत्र ल्याउँछौ : देव गुरुङ नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको दलको घोषणा पत्रमा  आर्थिक एजेन्डा कार्यक्रममा बोल्दै  गुरुङले  मुलुकको अर्थतन्त्र गम... आइतबार, माघ १८, २०८२
ताजा समाचारसबै
पत्रकार दिनेश सिटौलाको निधन आइतबार, माघ १८, २०८२
महोत्तरी-२ : उम्मेदवारसँग मतदाताको गुनासा- बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार आइतबार, माघ १८, २०८२
सुशासन, उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट मुक्त हुने घोषणा पत्र ल्याउँछौ : देव गुरुङ आइतबार, माघ १८, २०८२
आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
आज यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना आइतबार, माघ १८, २०८२
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्