• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जसपा विग्रहको छायाँ : प्रदेश २ मा हावी हुँदै बाबुराम-उपेन्द्र

64x64
नेपाल लाइभ आइतबार, जेठ २३, २०७८  २२:०६
1140x725

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) दुई चिरामा विभाजित हुन थालेपछि त्यसको असर प्रदेश सभाहरूमा पनि देखिन थालेको छ। यसअघि लुम्बिनी प्रदेश सभामा जसपाको केन्द्रीय विग्रहको छायाँ देखिएको थियो। र, जसपा विग्रहको असर अब प्रदेश २ सभामा पनि देखिने भएको छ।

प्रदेश २ प्रदेश सभामा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष हाबी हुने देखिएको छ। जसपाका ५५ प्रदेश सभा सदस्यमध्ये बाबुराम-उपेन्द्र पक्षमा ३५ जना खुलेको दाबी गरिएको छ। प्रदेश सभामा जम्मा १०४ सदस्य छन्। 

जसपाको कार्यकारिणी समितिमा बाबुराम-उपेन्द्र पक्ष बहुमत भएकाले त्यसको असर प्रदेश सभामा समेत देखिएको छ। तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट २५ र समाजवादी पार्टीबाट ३० जना निर्वाचित भएका थिए।

पछिल्लो समय जसपा ध्रुविकरण बढ्दै गएपछि तत्कालीन राजपा पक्षका सांसदहरू बाबुराम–उपेन्द्र पक्षतिर तानिन लागेका हुन्। मुख्यमन्त्री लालबाबु राउत बाबुराम–उपेन्द्र पक्षका भएकाले मन्त्री पद र अन्य प्रलोभनमा पारेर आफ्नो कित्तातिर तानेको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षका एक प्रदेश सभा सदस्यले बताए।

‘मुख्यमन्त्री लालबाबु राउत बाबुराम-उपेन्द्र पक्षको हुनुहुन्छ। सत्तामा भएपछि मन्त्री पद वा अन्य कुनै प्रलोभनमा पार्न सजिलो हुँदोरहेछ यताबाट उता जानेको संख्या बढ्ने देखिन्छ’, ती प्रदेश सांसदले भने, ‘यदि पार्टी नै विभाजन हुने स्थिति भएमा राजनीतिक रुपमा बाबुराम–उपेन्द्रतिर लाग्दा फाइदा देखेकाले त्यता तानिएका छन्।’

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेश सभामा बहुमत भएकाले बाबुराम–उपेन्द्र पक्ष पेलेरै जाने रणनीतिमा छ। मुख्यमन्त्री राउतलाई संसदीय दलको नेता बनाएर उनीहरूले त्यसको शुरुआत गरिसकेका छन्। 

साविक राजपा पक्षले साथ छोडेमा बाबुराम–उपेन्द्र पक्षले कांग्रेस, नेकपा (माओवादी केन्द्र)सँग सहकार्य गर्ने तयारी थालिसकेका छन्।कुल १०४ प्रदेश सभा सदस्यमध्ये महन्थ–राजेन्द्र पक्षबाट २५ जना बाहिरिएमा दोस्रो विकल्पमा जाने बाबुराम-उपेन्द्र पक्षको तयारी छ।

त्यस्तो अवस्थामा १९ सिट भएको कांग्रेस, ८ सिट भएको माओवादीसँग यो पक्षले सहकार्यको हात अघि बढाउनेछ। यद्यपि, माओवादीले साथ नदिएर कांग्रेस एक्लैले मात्र साथ दिएपनि बहुमत पुग्ने छ। तर, बाबुराम–उपेन्द्र पक्ष तत्काल विकल्प खोज्ने पक्षमा देखिएका छैनन्। आफ्नो पार्टीमा बहुमत हुँदासम्म विकल्प नखोजिने बाबुराम-उपेन्द्र पक्षका एक नेताले बताए।

Xtrem
Xtrem

‘अहिले जसपाकै एकल बहुमत छ। यस्तो अवस्थामा अर्को पार्टीसँग बहुमतका लागि किन गुहार्नु पर्‍यो? महन्थ-राजेन्द्र पक्ष निस्कने अवस्था आएमा कांग्रेस र माओवादीसँग सहकार्य गरेर हाम्रै सरकार बन्छ’, ती नेताले भने।

आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले पनि जसपाको बहुमत भएकाले तत्काल अन्य पार्टीसँग सहकार्य गर्नुपर्ने अवस्था नरहेको प्रक्रिया दिए। ‘अहिले पार्टीमा यो पक्ष त्यो पक्ष भन्ने छैन सबै जसपा हौं’, मन्त्री यादवले भने, ‘जसपाको एकल बहुमत हुँदा अर्को पार्टीसँग सहकार्य गर्नुपर्ने अवस्था छैन।’

पार्टी नै विभाजन हुने स्थिति आएमा विकल्प सोच्न सकिने यादवले बताए। प्रदेशमा ६ मन्त्री र ५ राज्यमन्त्री छन्। जसमध्ये भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल मात्रै महन्थ–राजेन्द्र पक्षका हुन्। अरु सबै ५ मन्त्री बाबुराम-उपेन्द्र पक्षका हुन्।

यस्तै, ५ राज्य मन्त्रीमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा मात्रै महन्थ–राजेन्द्र पक्षकी हुन्। डिम्पल झा संघीय खानेपानी मन्त्री अनिल झाको श्रीमती समेत हुन्। अरु चार राज्यमन्त्री बाबुराम–उपेन्द्र पक्षकै छन्।

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  २२:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य बढ्यो
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ आज
वायुसेवा निगमको संरचनागत सुधार र फ्लीट विस्तार गर्न सांसद कार्कीको माग
सम्बन्धित सामग्री
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ आज पार्टी कार्यालय च्यासलमा अपराह्न ३ बजे शपथग्रहण कार्यक्रम हुने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्। शुक्रबार, असोज १६, २०८३
वायुसेवा निगमको संरचनागत सुधार र फ्लीट विस्तार गर्न सांसद कार्कीको माग शुक्रवार बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले निगमको व्यवस्थापकीय असफलता र यसका कारण सि... शुक्रबार, असोज १६, २०८३
भोटेकोशी बाढीपीडित भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको आश्वासन : ‘तपाईंहरू एक्लो हुनुहुन्न’ अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भोटेकोशी–रसुवा बाढीमा परी ज्यान गुमाएका र हराइरहेका भन्सार कर्मचारीका परिवारलाई पीडाको घडीमा एक्लो... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
सुनको मूल्य बढ्यो शुक्रबार, असोज १६, २०८३
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ आज शुक्रबार, असोज १६, २०८३
वायुसेवा निगमको संरचनागत सुधार र फ्लीट विस्तार गर्न सांसद कार्कीको माग शुक्रबार, असोज १६, २०८३
मिथिलाञ्चल क्षेत्रमा जितिया पर्व मनाईँदै शुक्रबार, असोज १६, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्