• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ २२, २०८२ Thu, Feb 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीको कदमले देउवालाई अनुकूल बनेको समय

64x64
लिलु डुम्रे बिहीबार, जेठ १३, २०७८  २१:००
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच महिनापछि प्रतिनिधि सभालाई दोस्रो पटक विघटन गरे। गत पुस ५ मा गरिएको विघटनलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले फागुन ११ मा ब्युँत्याइदिएको थियो। त्यसयता प्रतिनिधि सभाप्रति पटकपटक असन्तुष्टि राख्दै आएका उनले गत जेठ ७ गते राति दोस्रोपटक प्रहार गरेका हुन्। प्रधानमन्त्रीको सिफारिस राष्ट्रपतिले मध्यरातमै सदर गरिदिइन्।

पहिलोपटक प्रतिनिधि सभा विघटन हुँदा विरोधमा उत्रिने र अहिले विरोध गरिरहेका दलहरु तिनै छन्। त्यतिबेला प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद् विघटनलाई असंवैधानिक ठहर गरेको थियो। तर, पुनःस्थापनाको मागलाई बलियोसँग भने उठाउने रुचि देखाएको थिएन। कारण थियो- पार्टी संस्थापन पक्षको निर्वाचन मोह। संस्थापन र इतर समूहका नेताहरुबीच सडक आन्दोलनमा जाने विषयमा पनि मतान्तर थियो। केन्द्रीय समितिमा संस्थापन पक्ष हाबी भएसँगै संस्थागत रुपमा संसद् पुनःस्थापनाको माग कांग्रेसले उठाउन सकेन। यद्यपि, संस्थापन पक्षले अदालतको निर्णय मान्छौँ भनेर अभिव्यक्ति दिइरहे, इतर पक्षले अदालतको निर्णय जे सुकै आए पनि कांग्रेसले आफ्नो ‘पोसिजन’ स्पष्ट पार्नुपर्नेमा जोड दिइरहे।

त्यतिबेला वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रतिनिधि सभा पुनःस्थापना पक्षमा उभिनलाई पार्टीभित्र दबाब सिर्जना गरेका थिए। सो पक्ष सडक संघर्षको पक्षमै थियो। तर, देउवाले भने ‘जुलुसका लागि पैसा छैन’ भन्दै टारेका थिए। नेताहरुको विरोधाभाषी अभिव्यक्तिले कांग्रेसले आशातित लाभ लिन सकेन। अर्कोतर्फ, सडक संघर्षको मियो खोजेका तत्कालीन नेकपाको प्रचण्ड-माधव पक्षले पनि कांग्रेसको साथ पाउन सकेनन्।

यी पाँच महिनामा राजनीतिमा अनेक उतारचढाव आए। नेकपा पार्टी पूर्ववत् एमाले र माओवादी केन्द्रमा फर्कियो। प्रधानमन्त्री ओलीले सरकार बन्ने विकल्प नभएको दाबीसहित फेरि संसद् विघटन गरे। संसद् पुनःस्थापनाको पक्षमा कांग्रेस–माओवादी केन्द्र, माधव नेपाल पक्षीय एमाले, जनता समाजवादी (उपेन्द्र पक्ष) र राष्ट्रिय जनमोर्चा छन्। प्रतिनिधि सभा विघटनलाई अघिल्लोपटक विरोध गरेको जसपाकै अर्को धार महन्थ–राजेन्द्र समूहले सत्तारुढ एमालेलाई नै साथ दिएको छ।

देउवाले प्रधानमन्त्रीका लागि १४९ सांसदको हस्ताक्षर संकलन गरी गत शुक्रबार राष्ट्रपति कार्यालयमा दाबी गरेका थिए। त्यसलाई राष्ट्रपतिले अस्विकृत गरेर प्रतिनिधि सभा विघटन गरिएपछि १४६ जनाको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने, प्रतिनिधि सभा पुनःस्थापना गर्नुपर्ने लगायतका माग उनीहरुको छ।

पुसमा प्रतिनिधि सभा विघटन हुँदा एकैठाउँ उभिएर विरोध गर्न नसकेका दलहरु अहिले भने एकीकृत संघर्ष गरिरहेका छन्। जेठ ८ गते पाँच पार्टी आवद्ध विपक्षी गठबन्धनको बैठक बसेर प्रधानमन्त्री-राष्ट्रपतिको पछिल्लो कदमका विरुद्ध राजनीतिक र कानुनी रुपमा सशक्त किसिमले प्रतिवाद गर्ने निष्कर्ष निकालेका छन्। यो संघर्षको नेतृत्व स्वयं देउवाले गरेका छन्।

अघिल्लोपटक सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा जुलुस निकाल्न नहुने अडान लिने देउवाले यसपटक पुरानो बोलीको पुनरवलोकन गरेका छन्। देउवालाई प्रधानमन्त्री स्वीकार्न विपक्षी दलसहित आफ्नो दल एकमत छ। उनले पनि समन्वय बढाएका छन्। आफ्ना विश्वासप्रात्र रमेश लेखकलाई अदालती प्रक्रियाका लागि सक्रिय बनाएका छन्।

देउवाको पछिल्लो ‘मुभ’ले उनी ओलीले गराएको निर्वाचनमा जाने पक्षमा देखिँदैनन्। ओलीको नेतृत्वमा हुने निर्वाचन धाँधलीरहित हुनेमा उनलाई विश्वास देखिँदैन। त्यसलाई कांग्रेसका अन्य नेताको अभिव्यक्तिले पनि पुष्टि गर्छन्। ‘ओलीजीले आफ्नो हत्कण्डा मच्चाइरहनुभएको छ। उहाँले प्रधानमन्त्री भएर चुनाव गराए दुर्भाग्य हुन्छ। तसर्थ, हामीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनाव हुनुपर्छ भन्ने अडानमा छौं’, गत आइतबार कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै पार्टी महामन्त्री शशांक कोइरालाले भनेका थिए।

Ncell 2
Ncell 2

यसपटक प्रधानमन्त्री बन्ने आधार देखिएकैले देउवा चुनावी आशक्ति नदेखाई संसद् पुनःस्थापनाको पक्षमा उभिएको कांग्रेस नेता प्रदीप पौडेलको बुझाइ छ। अर्कोतिर, यतिबेला प्रधानमन्त्री ओलीसँग पनि उनको दूरी बढेको ठानिन्छ। त्यसको संकेत देउवाका गतिविधि र ओलीका अभिव्यक्ति दुवैले गर्छन्। केही दिनअघि प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई देउवाले ‘तपाईं’ नभनेकोमा असन्तुष्टि राख्नेदेखि कांग्रेस ‘प्रचण्डपथ’मा हिँडेको आरोप लगाएका थिए।

दोस्रोपटकको संसद् विघटनबाट सिर्जित परिस्थिति देउवाका लागि थप अनुकूल बनेको छ।

संसद् पुनःस्थापना भएको अवस्थामा देउवाले आफ्नै नेतृत्वमा निर्वाचन गराउन पाउने छन्। चुनावपछि पनि उनलाई थप लाभ प्राप्त हुने देखिन्छ। पूर्वनेकपा तीनतिर भएको छ। एमाले पनि ओली र माधवमा विभाजित भइरहेको छ, तत्काल मिल्ने सम्भावना लगभग टरेको छ। कांग्रेसको आधार क्षेत्र मानिने मधेशको शक्तिशाली शक्ति जसपा पनि विभाजन नै पर्खिरहेको छ। सबैको एकीकृत लाभ भने कांग्रेसले उठाउन सक्छ। कांग्रेसका कुनै कमजोरी सुधार नगरी लाभ पाउने परिस्थिति कांग्रेसको निम्ति तयार हुँदै गएको छ।

कथं, देउवाको सत्तारोहणको अवसर निर्माण भयो भने उनको सरकार चुनावी सरकार जस्तो हुन पुग्दछ। नयाँ निर्वाचनका लागि समय डेढ वर्ष पनि रहँदैन। देउवाले विश्वासको मत प्राप्त गरेनन् भने ६ महिनाभित्र निर्वाचनको मिति तोक्नुपर्ने हुन्छ। विश्वासको मत प्राप्त गरी आवधिक निर्वाचनसम्म सत्ता सञ्चालन देउवाले गरे भने पार्टीलाई क्षति पुग्ने डर पनि कतिपय कांग्रेस नेतामा छ।

‘तीन वर्षमा कम्युनिस्ट सरकारले जे जे गरेर जनतामा वितृष्णा पैदा भएको छ। सभापतिले डेढ वर्ष सत्ता चलाउँदा त्यसलाई बिर्साउने अवस्था बन्छ’, एक केन्द्रीय सदस्य भन्छन्। त्यसबेला कांग्रेसले जनमत आफ्नो पक्षमा नभए पनि भैपरी सरकारको नेतृत्व गर्नुपरेको सुनाउने छ। विकृति र विसंगतिको कारक कम्युनिस्टलाई थोपर्नेछ। चुनावलक्षित लोकप्रिय बजेट उसको प्राथमिकतामा पर्नसक्छ।

नेकपाको विग्रहले पार्टीमा देउवा थप शक्तिशाली हुने आकलन गरिएको छ। ओलीको विकल्प जुन तरिकाले पनि खोज्नुपर्ने मत पार्टीमा उठेकाले देउवा सर्वस्वीकार्य भएका छन्। प्रधानमन्त्री तथा पार्टी सभापति भएकै बेला आगामी निर्वाचनका उम्मेदवारलाई टिकट बाँड्ने अवसर उनको हातमा हुनेछ। त्यसबेला आफू निकटलाई अधिकतम टिकट वितरण गर्नेछन्।

परिणामतः अर्को चुनावबाट निर्वाचित हुने उनकै समूहका सांसद धेरै हुनेछन्। उनी निकटका संसद्‌मा आए भने पुनः संसदीय दलको नेता चयन हुने मौका देउवाकै हुनेछ। संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने पार्टी पार्टी विधानको आधारमा पुनः सत्ताको कार्यकारी प्रमुखमा पुग्ने बाटो देउवालाई खुल्नेछ।

कम्युनिस्टको विभाजनको प्रत्यक्ष लाभ कांग्रेसले सिट संख्या बढाएर प्राप्त गर्नेछ। प्राविधिक र गणितीय दुवै हिसाबले कांग्रेस बलियो हुने अवस्था पैदा हुन्छ। गत निर्वाचनमा 'असक्षम' सभापतिको दोष खेपेका देउवाले आफूलाई सक्षममा परिणत गर्ने अवसर पनि हुनेछ। गत निर्वाचनमा प्रत्यक्षतर्फ २३ सिटमा खुम्चिएको दललाई थप प्रभावशाली बनाउन सक्छन्। त्यसो भयो भने असक्षम सभापतिको दाग पनि मेटिनेछ। विपक्षी खेमाका नेताहरु भने सभापति सत्तामा गएर उनले शक्ति आर्जन गरे पनि पार्टी बलियो भने हुन नसक्ने बताउँछन्।

देउवाको लाभ यतिमा मात्रै सीमित हुँदैन। प्रधानमन्त्री भएकै समय उनले पार्टीमा थप शक्ति आर्जन गर्न लाग्नेछन्। सभापतिमा दोहोरिन अर्को खेमाका नेता आकर्षित गर्न सत्ता उनका लागि अर्को अस्त्र हुन पुग्दछ।

संविधानले दिएको समय अनुसार भदौसम्म देउवाको कार्यकाल सकिन्छ। त्यस समय महाधिवेशन हुन नसके दलले वैधानिकता गुमाउनेछ। निर्धारित समयमा महाधिवेशन हुने सक्ने विश्वासिलो आधार अहिलेसम्म बन्न सकेको छैन। महाधिवेशनका कार्यसूची पटकपटक कार्यान्वयन हुन सकेको छैन। क्रियाशील सदस्यता र नवीकरणको कार्य नै सकिन सकेको छैन। सदस्यता नटुंगिएसम्म तल्लो तहको अधिवेशन शुरु हुन सक्दैन। असारमा तोकिएको कार्यतालिका अनुसार वडा तहदेखिको अधिवेशन हुने सम्भावना अहिलेसम्म देखिएको छैन। कार्यतालिका प्रभावित हुनुमा कोरोनालाई प्रमुख कारण भनिएको छ।

महामारीको समयले गर्दा समयमा महाअधिवेशन गर्न नसकिएको देउवाले दाबी गर्नेछन्। त्यसलाई इन्कार गर्न सकिने अवस्था पनि रहँदैन। सर्वोच्चले संसद् पुनःस्थापना गरेर देउवा प्रधानमन्त्री बन्ने ढोका खोल्यो भने संवैधानिक अड्चन हटाएर पनि महाधिवेशनलाई पर सार्न सक्ने सम्भावना देउवाले सिर्जना गर्नसक्छन्। बिहीबार प्रेस युनियन स्थापना दिवसको कार्यक्रममा पनि उनले पहिले संविधान बचाउन लाग्नुपर्ने र त्यसपछि महाधिवेशनमा केन्द्रित हुन सकिने बताएका छन्।

तत्काल सत्तारोहण सम्भव भयो भने देउवा ओलीको गति रोक्न सफल हुनेछन्। संवैधानिक र असंवैधानिक काम गरेर एकल नेताको रुपमा प्रस्तुत भइरहेका ओली तत्काललाई किनारा लाग्नेछन्, ठूलो दागसहित।

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  २१:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
ढुक्क हुनुस् चुनाव एकै दिनमा हुन्छ : प्रधानमन्त्री कार्की उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयुक्तको भुमिका प्रसंशनीय रहेको भन्दै धन्यावाद स... बिहीबार, माघ २२, २०८२
कांग्रेसले कसैसँग चुनावी गठबन्धन नगर्ने बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले पार्टीले सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाइसकेको... बिहीबार, माघ २२, २०८२
प्रधानमन्त्री कार्की र ओलीबीच छलफल करिब दुई घण्टा चलेको उक्त छलफलमा समसामयिक राजनीतिक परिस्थिति र निर्वाचनसम्बन्धी विषयवस्तुमा केन्द्रित रहेर संवाद भएको जनाइएको छ। बिहीबार, माघ २२, २०८२
ताजा समाचारसबै
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रुपमा मनाइने बिहीबार, माघ २२, २०८२
बुढानीलकण्ठमा श्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ बिहीबार, माघ २२, २०८२
जेनजी आन्दोलनमा सिंहदरबार आगजनी गर्ने चितवनका महेन्द्र गौतम पक्राउ बिहीबार, माघ २२, २०८२
यूएई र पाकिस्तानको जेलबाट २६१ जना अफगान कैदी कैद मुक्त भई स्वदेश फिर्ता बिहीबार, माघ २२, २०८२
६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो बिहीबार, माघ २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
विनितालक्षित ज्ञानेन्द्र शाहीको जवाफ– मेरो उम्मेदवारी कुनै पार्टी र व्यक्तिका विरुद्धमा होइन बिहीबार, माघ २२, २०८२
काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै बिहीबार, माघ २२, २०८२
४२ जेनजी सहिद परिवारलाई उपसचिवसरह 'मासिक २१ हजार ८०० रुपैयाँ पेन्सन बुधबार, माघ २१, २०८२
निगमले सार्वजनिक गर्‍यो नेपाल ग्यासको वितरण तालिका बुधबार, माघ २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्