• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

निषेधाज्ञामा घरेलु हिंसा : महिला र पुरुषको पीडा फरक-फरक

64x64
पुष्पा थपलिया बुधबार, जेठ १२, २०७८  ०७:०३
1140x725

काठमाडौं- कोरोना भाइरसको महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण मानिसहरू अहिले घरमै थुनिएका छन्। अत्यावश्यक सेवाबाहेक अन्य क्षेत्रमा काम गर्ने तथा व्यापार व्यवसाय गर्ने सबैको काम बन्द छ। यसरी घरमै रहँदा कोरोना भाइरस संक्रमणको जोखिम त घटाएको छ, तर यसले अन्य खालका समस्या बढाउँदै लगेको छ।

निषेधाज्ञाका कारण अधिकांशको आय स्रोत नै बन्द हुँदा आर्थिक समस्यामा परेको देखिन्छ। यहीबीचमा घरेलु हिंसासमेत बढ्न पुगेको सरोकारवाला निकायको तथ्यांक छ।

राष्ट्रिय महिला आयोगको ‘हेल्पलाइन’मा घरेलु हिंसाका उजुरी आउने क्रम बढेको हेल्पलाइन व्यवस्थापक पलिता थापा बताउँछिन्। उनका अनुसार गत वर्षको लकडाउनमा धेरै देखिएका यस्ता घट्नाका उजुरी यो पटकको निषेधाज्ञामा पनि आइरहेका छन्। हिंसामा बढी महिला पीडित भइरहेको उनको भनाइ छ। 

हेल्पलाइन व्यवस्थापक थापाले एउटा घटनाको उदाहरण दिँदै भनिन्, ‘गोकर्णेश्वरबाट आएको फोनमा एक महिलाले रूँदै भनिन्, लकडाउन भएदेखि श्रीमानले जतिखेरै कुटपिट मात्रै गर्छ।’

उनका अनुसार कामधन्दा बन्द भएपछि ती महिलाका श्रीमानको काम नै मद्यपान गर्ने र श्रीमती कुट्ने भएछ। श्रीमानले मार्ला भन्ने डरले नजिकको साथीकोमा शरण लिन पुगेपछि उनैको सल्लाहमा ती महिलाले फोन गरेको थापाले बताइन्।

कोभिडको दोस्रो लहर सुरू भएयता राष्ट्रिय महिला आयोगमा वैशाख मसान्तसम्म २२ वटा घरेलु हिंसाका उजुरी परेको पनि उनले जानकारी दिइन्। जसमा १४ वटा महिला हिंसाका केस छन्। बाँकी बलात्कारको प्रयास, चरित्र हत्या, आर्थिक यातना, मानाचामल, कुटपिट, बहुविवाहलगायतका उजुरी छन्।

शारीरिक र मानसिक हिंसामा महिला
अन्य समयमा पनि हिंसा नहुने हैन। तर, लकडाउनको समयमा महिला हिंसा बढेको बताउँछिन् महिला अधिकारकर्मी रञ्जना शर्मा। उनका अनुसार अन्य समयमा दुईपटक खाना पकाएर खुवाए पुग्थ्यो भने अहिले २४सै घण्टा महिलाले पुरुषको आदेश मान्नुपर्ने भएको छ। जसका कारण हिंसा पनि त्यही मात्रामा बढेको उनको भनाइ छ।

शर्माले एक उदाहरण दिँदै भनिन्, ‘सामाखुसीको सुकुम्बासी टोलमा बस्ने श्रीमान-श्रीमतीको एक जोडी बिहान उठेदेखि रातभर पनि झगडा गर्दा रहेछन्।’ उनका अनुसार त्यो जोडी यसअघि पनि झगडा गर्थे। तर, दिउँसो दुवैजना काममा जाने भएकाले झगडा कम हुन्थ्यो। निषेधाज्ञाका कारण दिनरात सँगै रहँदा झगडा भइरहने देखिएको उनले बताइन्।

Ncell 2
Ncell 2
nimb
nimb

शारीरिक र मानसिक हिंसामा पर्ने भने महिला नै बढी भएको उनले बताइन्। ‘महिला आयोगको रिपोर्ट हेर्ने हो भने दोस्रो लकडाउनमा २५ वटा केस मानसिक हिंसाको मात्रै आएका छन्। यदि यस्तै अवस्था रहे स्थिति भयावह हुने देखिन्छ,’ शर्माले भनिन्।

कोभिडको पहिलो लहरमा झण्डै ७०० महिलाले मानसिक हिंसाकै कारण आत्महत्या गरेको तथ्यांक उनले सुनाइन्। दोस्रो लहरमा यसको अवस्था झनै डरलाग्दो हुनसक्ने उनको भनाइ छ। 

लकडाउनमा यौनहिंसाको शिकार
प्रसूतिगृहकी चिकित्सकसमेत रहेकी महिला अधिकारकर्मी डा. रेणु अधिकारी लकडाउनमा अधिकांश महिला यौनहिंसाको शिकार बन्नुपरेको बताउँछिन्। ‘यौन मानिसका लागि आवश्यक कुरा हो, त्यसैले महिला-पुरुष सँगै हुँदा यौनको चाहना बढ्नु स्वाभाविक हो,’ उनले भनिन्, ‘लकडाउनमा मनोरञ्जनका सबै क्षेत्र बन्द हुँदा र घरबाहिर निस्कन नपाउने भएपछि यौनमा बढी केन्द्रित भएको पाइन्छ।’

यस्तो अवस्थामा कतिपय पुरुष जत्तिखेर पनि यौनसम्पर्कका लागि दबाब दिने र महिला यौनहिंसामा पर्ने गरेको उनले बताइन्। ‘मलाई धेरैले फोन गर्छन्, जतिखेरै यौनसम्पर्क राख्ने श्रीमानको चाहनाले दिक्क भएको बताउँछन्,’ डा. अधिकारीले भनिन्।  

Xtrem

Xtrem

आर्थिक हिंसामा पुरुष
अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८)को अवसरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा नायिका/निमात्री रेखा थापाले लकडाउनमा महिला हिंसामात्रै हैन, पुरुष हिंसा पनि भएको बताएकी थिइन्। उनले भनेकी थिइन्, ‘लकडाउनमा महिला हिंसाको कुरा मात्रै गर्‍यौं तर के ती विचरा पुरुषहरू पीडित भएनन्, जसले सम्पूर्ण परिवारलाई एक्लैको कमाइमा पाल्नुपरेको थियो?’

नायिका थापाले भनेजस्तै केस महानगरीय प्रहरी वृत्त कालिमाटीमा देखियो।

ताहाचल बस्ने रामहरि कठायतले श्रीमतीमाथि कुटपिट गरेको भन्दै उजुरी परेपछि वृत्तले उनलाई पक्राउ गर्‍यो। वृत्तका प्रहरीले बताएअनुसार घटनाको बयान यस्तो छ:

दुई बच्चा, आमा, श्रीमती र उनी जम्मा पाँच जना एउटा फ्ल्याट लिएर ताहाचलमा बस्दै आएका थिए। पाँच जनाको खर्च रामहरि एक्लैको थाप्लोमा थियो।

एक निजी कम्पनीमा काम गरेर उनले परिवार पालिरहेका थिए, तर लकडाउनकै कारण अहिले कम्पनी बन्द छ। एक दिन बिरामी परेर कार्यालय जान नपाउँदासमेत तलब काट्ने कम्पनीले घरमा बसेका रामहरिलाई मासिक तलब दिने कुरै भएन।

बच्चाको पढाइ अनलाइनबाट भइरहेको छ, त्यहाँ फि बुझाउनैपर्‍यो। बिरामी आमाको दिनदिनैको औषधि किन्नैपर्‍यो। घरबेटी मिति मर्न पाएको छैन पैसा माग्न आउँछ, दिनैपर्‍यो। त्यसबाहेक खाना र आधारभूत खर्च पनि टार्नपर्‍यो।

यो सबैको जोहो कसरी टार्ने भनेर सोचिरहेका बेला उनको दिमाग चक्कराउन गएछ। त्यही बेलामा श्रीमतीले नुन तेल सकियो, चामल पनि केही दिनमात्रै पुग्छ भनेर सुनाउन आइछन्। रिसको झोकमा श्रीमतीलाई एक थप्पड लगाएछन्।

श्रीमती रोएको सुनेर नजिकका कसैले प्रहरीलाई खबर गरिदिएछ र उनी महानगरीय प्रहरी वृत्तसम्म पुगेका रहेछन्। 

यो घटना सुन्दा जति सजिलो छ, भोग्दा उति गाह्रो। गत वर्ष लकडाउनकै कारण उनले मानसिक स्वास्थ्यको औषधिसमेत सेवन गर्नुपर्ने भएको रहेछ।

महिला अधिकारकर्मी शर्मा पुरुषहरू आर्थिक हिंसामा परेको स्वीकार गर्छिन्। निषेधाज्ञाका कारण आयस्रोत गुमाउँदा यस्तो समस्यामा परेको उनले बताइन्। शर्मा भन्छिन्, ‘हाम्रो समाज पहिलेदेखि नै यस्तै संरचनाले बन्यो। लकडाउनअघि महिलामा आर्थिक अधिकार र यसको शक्ति नभएकैले महिला हिंसा हुन्थ्यो भने अहिले पुरुषहरू आफैं यसको मारमा परेका छन्।’ मानसिक र शारीरिक हिंसामा पर्नेमा महिला रहेको उनको भनाइ छ।

घरेलु हिंसामा परे के गर्ने?
यतिखेर प्रहरीले घरेलु हिंसाको घटनामा खासै चासो देखाएको छैन। अपराध नै हुनेखालका घटना घटेमात्रै त्यो प्रहरी भएसम्म पुग्छ। 

तर, हिंसामा परे प्रहरी चौकी नै पुग्नुपर्छे भन्ने छैन। राष्ट्रिय महिला आयोगको पैसा नपर्ने टोल फ्रि नम्बर १६६००१२०००४ मा सम्पर्क गरेर आफ्ना समस्या सुनाउन सकिन्छ।

त्यस्तै नेपाल प्रहरीको १०० नम्बर या स्थानीय प्रहरी चौकीमा पनि फोन गरेर जानकारी दिन सकिन्छ।

प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्