• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, वैशाख २७, २०८२ Sat, May 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
निषेधाज्ञामा घरेलु हिंसा : महिला र पुरुषको पीडा फरक-फरक
64x64
पुष्पा थपलिया बुधबार, जेठ १२, २०७८  ०७:०३
1140x725

काठमाडौं- कोरोना भाइरसको महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण मानिसहरू अहिले घरमै थुनिएका छन्। अत्यावश्यक सेवाबाहेक अन्य क्षेत्रमा काम गर्ने तथा व्यापार व्यवसाय गर्ने सबैको काम बन्द छ। यसरी घरमै रहँदा कोरोना भाइरस संक्रमणको जोखिम त घटाएको छ, तर यसले अन्य खालका समस्या बढाउँदै लगेको छ।

निषेधाज्ञाका कारण अधिकांशको आय स्रोत नै बन्द हुँदा आर्थिक समस्यामा परेको देखिन्छ। यहीबीचमा घरेलु हिंसासमेत बढ्न पुगेको सरोकारवाला निकायको तथ्यांक छ।

राष्ट्रिय महिला आयोगको ‘हेल्पलाइन’मा घरेलु हिंसाका उजुरी आउने क्रम बढेको हेल्पलाइन व्यवस्थापक पलिता थापा बताउँछिन्। उनका अनुसार गत वर्षको लकडाउनमा धेरै देखिएका यस्ता घट्नाका उजुरी यो पटकको निषेधाज्ञामा पनि आइरहेका छन्। हिंसामा बढी महिला पीडित भइरहेको उनको भनाइ छ। 

हेल्पलाइन व्यवस्थापक थापाले एउटा घटनाको उदाहरण दिँदै भनिन्, ‘गोकर्णेश्वरबाट आएको फोनमा एक महिलाले रूँदै भनिन्, लकडाउन भएदेखि श्रीमानले जतिखेरै कुटपिट मात्रै गर्छ।’

उनका अनुसार कामधन्दा बन्द भएपछि ती महिलाका श्रीमानको काम नै मद्यपान गर्ने र श्रीमती कुट्ने भएछ। श्रीमानले मार्ला भन्ने डरले नजिकको साथीकोमा शरण लिन पुगेपछि उनैको सल्लाहमा ती महिलाले फोन गरेको थापाले बताइन्।

कोभिडको दोस्रो लहर सुरू भएयता राष्ट्रिय महिला आयोगमा वैशाख मसान्तसम्म २२ वटा घरेलु हिंसाका उजुरी परेको पनि उनले जानकारी दिइन्। जसमा १४ वटा महिला हिंसाका केस छन्। बाँकी बलात्कारको प्रयास, चरित्र हत्या, आर्थिक यातना, मानाचामल, कुटपिट, बहुविवाहलगायतका उजुरी छन्।

शारीरिक र मानसिक हिंसामा महिला
अन्य समयमा पनि हिंसा नहुने हैन। तर, लकडाउनको समयमा महिला हिंसा बढेको बताउँछिन् महिला अधिकारकर्मी रञ्जना शर्मा। उनका अनुसार अन्य समयमा दुईपटक खाना पकाएर खुवाए पुग्थ्यो भने अहिले २४सै घण्टा महिलाले पुरुषको आदेश मान्नुपर्ने भएको छ। जसका कारण हिंसा पनि त्यही मात्रामा बढेको उनको भनाइ छ।

शर्माले एक उदाहरण दिँदै भनिन्, ‘सामाखुसीको सुकुम्बासी टोलमा बस्ने श्रीमान-श्रीमतीको एक जोडी बिहान उठेदेखि रातभर पनि झगडा गर्दा रहेछन्।’ उनका अनुसार त्यो जोडी यसअघि पनि झगडा गर्थे। तर, दिउँसो दुवैजना काममा जाने भएकाले झगडा कम हुन्थ्यो। निषेधाज्ञाका कारण दिनरात सँगै रहँदा झगडा भइरहने देखिएको उनले बताइन्।

Ncell 2
Ncell 2

शारीरिक र मानसिक हिंसामा पर्ने भने महिला नै बढी भएको उनले बताइन्। ‘महिला आयोगको रिपोर्ट हेर्ने हो भने दोस्रो लकडाउनमा २५ वटा केस मानसिक हिंसाको मात्रै आएका छन्। यदि यस्तै अवस्था रहे स्थिति भयावह हुने देखिन्छ,’ शर्माले भनिन्।

कोभिडको पहिलो लहरमा झण्डै ७०० महिलाले मानसिक हिंसाकै कारण आत्महत्या गरेको तथ्यांक उनले सुनाइन्। दोस्रो लहरमा यसको अवस्था झनै डरलाग्दो हुनसक्ने उनको भनाइ छ। 

लकडाउनमा यौनहिंसाको शिकार
प्रसूतिगृहकी चिकित्सकसमेत रहेकी महिला अधिकारकर्मी डा. रेणु अधिकारी लकडाउनमा अधिकांश महिला यौनहिंसाको शिकार बन्नुपरेको बताउँछिन्। ‘यौन मानिसका लागि आवश्यक कुरा हो, त्यसैले महिला-पुरुष सँगै हुँदा यौनको चाहना बढ्नु स्वाभाविक हो,’ उनले भनिन्, ‘लकडाउनमा मनोरञ्जनका सबै क्षेत्र बन्द हुँदा र घरबाहिर निस्कन नपाउने भएपछि यौनमा बढी केन्द्रित भएको पाइन्छ।’

यस्तो अवस्थामा कतिपय पुरुष जत्तिखेर पनि यौनसम्पर्कका लागि दबाब दिने र महिला यौनहिंसामा पर्ने गरेको उनले बताइन्। ‘मलाई धेरैले फोन गर्छन्, जतिखेरै यौनसम्पर्क राख्ने श्रीमानको चाहनाले दिक्क भएको बताउँछन्,’ डा. अधिकारीले भनिन्।  

shivam cement

shivam cement

आर्थिक हिंसामा पुरुष
अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८)को अवसरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा नायिका/निमात्री रेखा थापाले लकडाउनमा महिला हिंसामात्रै हैन, पुरुष हिंसा पनि भएको बताएकी थिइन्। उनले भनेकी थिइन्, ‘लकडाउनमा महिला हिंसाको कुरा मात्रै गर्‍यौं तर के ती विचरा पुरुषहरू पीडित भएनन्, जसले सम्पूर्ण परिवारलाई एक्लैको कमाइमा पाल्नुपरेको थियो?’

नायिका थापाले भनेजस्तै केस महानगरीय प्रहरी वृत्त कालिमाटीमा देखियो।

ताहाचल बस्ने रामहरि कठायतले श्रीमतीमाथि कुटपिट गरेको भन्दै उजुरी परेपछि वृत्तले उनलाई पक्राउ गर्‍यो। वृत्तका प्रहरीले बताएअनुसार घटनाको बयान यस्तो छ:

दुई बच्चा, आमा, श्रीमती र उनी जम्मा पाँच जना एउटा फ्ल्याट लिएर ताहाचलमा बस्दै आएका थिए। पाँच जनाको खर्च रामहरि एक्लैको थाप्लोमा थियो।

एक निजी कम्पनीमा काम गरेर उनले परिवार पालिरहेका थिए, तर लकडाउनकै कारण अहिले कम्पनी बन्द छ। एक दिन बिरामी परेर कार्यालय जान नपाउँदासमेत तलब काट्ने कम्पनीले घरमा बसेका रामहरिलाई मासिक तलब दिने कुरै भएन।

बच्चाको पढाइ अनलाइनबाट भइरहेको छ, त्यहाँ फि बुझाउनैपर्‍यो। बिरामी आमाको दिनदिनैको औषधि किन्नैपर्‍यो। घरबेटी मिति मर्न पाएको छैन पैसा माग्न आउँछ, दिनैपर्‍यो। त्यसबाहेक खाना र आधारभूत खर्च पनि टार्नपर्‍यो।

यो सबैको जोहो कसरी टार्ने भनेर सोचिरहेका बेला उनको दिमाग चक्कराउन गएछ। त्यही बेलामा श्रीमतीले नुन तेल सकियो, चामल पनि केही दिनमात्रै पुग्छ भनेर सुनाउन आइछन्। रिसको झोकमा श्रीमतीलाई एक थप्पड लगाएछन्।

श्रीमती रोएको सुनेर नजिकका कसैले प्रहरीलाई खबर गरिदिएछ र उनी महानगरीय प्रहरी वृत्तसम्म पुगेका रहेछन्। 

यो घटना सुन्दा जति सजिलो छ, भोग्दा उति गाह्रो। गत वर्ष लकडाउनकै कारण उनले मानसिक स्वास्थ्यको औषधिसमेत सेवन गर्नुपर्ने भएको रहेछ।

महिला अधिकारकर्मी शर्मा पुरुषहरू आर्थिक हिंसामा परेको स्वीकार गर्छिन्। निषेधाज्ञाका कारण आयस्रोत गुमाउँदा यस्तो समस्यामा परेको उनले बताइन्। शर्मा भन्छिन्, ‘हाम्रो समाज पहिलेदेखि नै यस्तै संरचनाले बन्यो। लकडाउनअघि महिलामा आर्थिक अधिकार र यसको शक्ति नभएकैले महिला हिंसा हुन्थ्यो भने अहिले पुरुषहरू आफैं यसको मारमा परेका छन्।’ मानसिक र शारीरिक हिंसामा पर्नेमा महिला रहेको उनको भनाइ छ।

घरेलु हिंसामा परे के गर्ने?
यतिखेर प्रहरीले घरेलु हिंसाको घटनामा खासै चासो देखाएको छैन। अपराध नै हुनेखालका घटना घटेमात्रै त्यो प्रहरी भएसम्म पुग्छ। 

तर, हिंसामा परे प्रहरी चौकी नै पुग्नुपर्छे भन्ने छैन। राष्ट्रिय महिला आयोगको पैसा नपर्ने टोल फ्रि नम्बर १६६००१२०००४ मा सम्पर्क गरेर आफ्ना समस्या सुनाउन सकिन्छ।

त्यस्तै नेपाल प्रहरीको १०० नम्बर या स्थानीय प्रहरी चौकीमा पनि फोन गरेर जानकारी दिन सकिन्छ।

प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
विनियोजन र खर्चबीचको खाडल पुर्न चाहन्छु : अर्थमन्त्री पौडेल शनिबार, वैशाख २७, २०८२
आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ शनिबार, वैशाख २७, २०८२
कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर शनिबार, वैशाख २७, २०८२
भारत–पाकिस्तान तनावले नेपालमा आर्थिक संकटको जोखिम, पूर्व गभर्नर चिरञ्जीवी नेपालको चेतावनी शनिबार, वैशाख २७, २०८२
तीन दिवसीय कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
अमेरिकी राजदूतलाई पाकिस्तानले भन्यो : भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्‍यो शुक्रबार, वैशाख २६, २०८२
नेपाली सीमा क्षेत्रबाट भारतीय भूमिमा प्रवेश नगर्न चिनियाँ नागरिकलाई दूतावासको निर्देशन शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए कुशल, को–को परे २५ भित्र? शनिबार, वैशाख २०, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्