राजदूत लोकदर्शन रेग्मी।
काठमाडौं- दुई नेपाली आवासीय राजदूतलाई गैरआवासीय राजदूतको पनि जिम्मेवारी प्रदान गरिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बेलायतका लागि नेपालका आवासीय राजदूत लोकदर्शन रेग्मी र जर्मनीका लागि नेपालका आवासीय राजदूत रामकाजी खड्कालाई थप देशको गैरआवासीय राजदूत नियुक्त गरेकी हुन्।
रेग्मीलाई आयरल्याण्ड तथा गणतन्त्र माल्टाका लागि र खड्कालाई स्लोभाक गणतन्त्रका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
उनीहरूलाई नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम जिम्मेवारी प्रदान गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले बताएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।