काठमाडौं– प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा २३ थान रिट निवेदन पेस भएका छन्।
सर्वोच्च अदालतको मुद्दा महाशाखाका प्रमुख बाबुराम दाहालले आइतबार अपराह्नसम्म २३ वटा रिट निवेदन पेस भएका जानकारी दिए।
अहिले सबै रिटमाथि अध्ययन थालिएको र सम्भवतः सोमबार मात्रै दर्ता हुने दाहालले जानकारी दिए।
शुक्रबार मध्यराति बसेको मन्त्रिपरिषदको बैठकको सिफारिसानुसार राष्ट्रपति विदादेवी भण्डारीले शुक्रबार मध्यरातमा नै संघीय संसदको प्रतिनिधि सभा विघटनको घोषणा गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।