काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रचण्डपथ अँगालेको आरोप लगाएका छन्। बालुवाटारमा आइतबार आयोजित पत्रकारसँगको अन्तरक्रियामा उनले यस्तो आरोप लगाएका हुन्।
'सचेतक पुष्पा भुसालले भनेको सुनेँ- ओलीले गराएको चुनावमा भाग लिन्नौं,' ओलीले भने, 'यो कुन डेमोक्रेसीको कुरा पर्छ यो? कांग्रेसको बोली सुनेर ताज्जुब लाग्छ।'
कांग्रेस नेताहरुले प्रचण्डलाई गुरु ठानेर हिँडेको उनको आरोप छ। 'जनताको पपुलर भोट ल्याएको प्रधानमन्त्री छ अहिले, उहाँहरुले नै गराएको चुनावबाट बहुमत प्राप्त गरेको हुँ,' उनले भने, 'आफ्नै नेतृत्वमा कांग्रेस पराजित भएको होइन?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।