काठमाडौं- विपक्षी गठबन्धनका तीन शीर्ष नेताहरुबीच छलफल शुरु भएको छ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल जारी छ।
विपक्षी गठन्धनले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कमदविरुद्ध आइतबार सर्वाेच्चमा रिट दायर गर्ने तयारी गरेका छन्।
यसका लागि सांसदहरूको हस्ताक्षर समेत संकलन भइसकेको छ।
शुक्रबार मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै आउँदो कार्तिक २६ र मंसिर ३ गते चुनाव घोषणा गरेकी थिइन्।
जसविरुद्ध विपक्षी दलहरूले कानुनी र राजनीतिक उपचार खोज्ने बताएका थिए। यसअघि गत ५ पुसमा गरिएको प्रतिनिधि सभा विघटनको निर्णयलाई सर्वाेच्च अदालतले ११ फागुनमा उल्ट्याइदिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।