फाइल तस्वीर
काठमाडौं– प्रतिनिधि सभा विघटनविरुद्ध राष्ट्रपति कार्यालय शीतलनिवास अगाडि विरोध प्रर्दशनमा उत्रेका युथ कांग्रेसका ३ नेतालाई प्रहरी प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार राष्ट्रपतिले गरेको संसद विघटनको निर्णय विरुद्ध सांकेतिक विरोध गरिएको युथ कांग्रेसका संयोजक सचिन तिमल्सेनाले जानकारी दिए।
सितल निवास अघि प्रर्दशनमा उत्रेका मध्ये तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले नियन्त्रणमा लिएकाहरुमा केन्द्रीय संयोजक तिमल्सेना सहित केन्द्रीय सदस्य मनोज पुरी र बागमती प्रदेश संयोजक साजन योन्जन छन्।
प्रहरीले नियन्त्रणमा लिएका तीन जनालाई महानगरीय प्रहरी बृत्त महाराजगन्जमा राखिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।