काठमाडौं- नेकपा (माओवादी) केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रपतिले तुरुन्त प्रधानमन्त्री नियुक्त गर्नुको विकल्प नरहेको बताएका छन्।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर संविधानको धारा ७६ (५) अनुसार सरकार बनाउन दाबी गर्ने आह्वान संवैधानिक रुपमा त्रुटीपूर्ण र राजनीतिक रुपमा दुराशयपूर्ण भएपनि सर्वाेच्चले रिट दर्ता नगरेका कारण बहुमत सांसदहरूको समर्थनमा देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सारिएको बताएका छन्।
'नेका, हाम्रो पार्टी, राष्ट्रिय जनमोर्चाको संस्थागत पार्टी निर्णयसहित जसपाका बाबुराम भट्टराई, उपेन्द्र यादवसहित र नेकपा (एमाले) का झलनाथ खनाल, माधव नेपालसहितका बहुमत प्रतिनिधि सभा सदस्यहरु (१४९) को हस्ताक्षरको समर्थनले नेका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गरिएको छ। राष्ट्रप्रतिले संवैधानिकरुपमा तुरुन्त शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्नुको विकल्प छैन', श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।