• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

'तेल किन्न नसक्दा बन्दा उसिनेर पनि खाइयो'

64x64
नेपाल लाइभ शनिबार, असोज १४, २०७४  ०६:४५
1140x725
Ncell 2
Ncell 2
nimb
nimb
Xtrem
Xtrem

सिताराम कट्टेल उर्फ ’धुर्मुस’। २०५८ सालमा काठमाडौं छिर्दा देश दुःखद ऐतिहासिक मोडमा थियो। राजा वीरेन्द्रको वंशविनास भएको बिहानी उनी झापाबाट एक बोरा चामल, बुवाले दिएको १७ सय रुपैयाँ, एउटा सानो झोला र तन्ना बोकेर काठमाडौं प्रवेश गरेका थिए। 

जेठा छोरा भएका कारण धुर्मुसमाथि जिम्मेवारीको चाङ थियो। बुवाले मुखै फोडेर नभने पनि आमाको उपचार गराउँदा लागेको ३६ प्रतिशत व्याजदरको ऋण र भाइबहिनीलाई पढाउनुपर्ने जिम्मेवारी उनलाई राम्रैसँग थाहा थियो। 

उनको पढाई राम्रो थियो। त्यसैले बुवा घरमै बसेर छोराले स्थानीय बोर्डिङ स्कुलमा मास्टरी काम गरोस् भन्ने चाहन्थे। तर, धुर्मुसको मन काठमाडौंमा बसिसकेको थियो। खल्तीमा सुको थिएन। तरपनि उनी विश्वस्त थिए, यत्तिको मान्छेलाई काठमाडौंले कसो स्विकार नगर्ला!

तर, उनलाई के थाहा थियो र? सपनाको शहर भनेर चिनिने काठमाडौंमा सपना पूरा गर्न कति कष्ट झेल्नुपर्छ भनेर। 

काठमाडौंमा उनको ‘गडफादर’ कोही थिएन। न नातागोता कै कोही मान्छे, काठमाडौंमा जमेर बसेका थिए। उनले काठमाडौं प्रवेश गरेको २–३ दिन मै भाडामा कोठा लिएर बस्नु पर्यो। 

बुवाले काठमाडौंमा टिक्न दिएको पैसाबाट उनले पहिलो महिनाको किस्ता स्वरुप अग्रीम ८ सय रुपैयाँ घरभाडा तिर्नुपर्ने भयो। अब उनको हातमा थियो, कूल ९ सय रुपैयाँ। जुन पैसाले खाना पकाउने भाडा र स्टोभ किन्ने कि दैनिक गुजाराका सामान। उनको हालत पहिलो महिना मै पञ्चर भयो।  

‘मेरो हालत यति खराब थियो। भाटभटिनी पछाडि कोठा भाडा एक्लैले तिर्न नसक्ने भएपछि बोझ कम गर्न एउटा पार्टनर थप्ने निर्णय गरे। यसपछि पनि मेरो स्थिति सुध्रिएन,’ उनले भने, ‘केही नलागेपछि पहिलो डेरा छोडेर हास्य कलाकार खेम शर्मा बसेको घरमा ७ सय रुपैयाँ तिरेर कोठा सरे।’ 

धुर्मुस स्कूलमा चित्र कोर्थे। ब्यानर पनि बनाउँथे। त्यसैले उनलाई घर छोड्नुअघि विश्वास थियो। काठमाडौंमा केही काम नपाए बोर्ड रंगाएरै भएपनि टिक्न सक्छु। उनले काम खोजे पनि। तर, उनको सोचले त्यतिबेला हावा खायो, जब उनी काम खोज्दै बागबजारका विभिन्न पेन्टिङ पसलमा पुगे। ‘म त भ्रममा रहेछु। काम राम्रोसँग जानेकै रहेनछु। यसपछि ब्यानर बनाएर जागिर खाने ढोका सधैका लागि बन्द भयो,’ उनी सम्झन्छन्।  

धुर्मुसले काठमाडौंमा टिक्न सबैभन्दा पहिले मार्केटिङको काम गरे। पत्रिकामा प्रकासित हुने विज्ञापनमार्फत उनले जागिर प्राप्त गरेका थिए। उनले कमिसनको आधारमा किचनका सामान बेच्थे। उनलाई अहिले पनि आफूले बेचेको सामानको लिस्ट कण्ठस्त छ। ‘मैले ननस्टिक प्यान, कराई, मैन बत्तीको स्ट्यान्ड र ग्याँसको रेगुलेटर बेचेको छु,’ उनी सम्झिन्छन्।

मार्केटिङमा काम गर्दा पनि उनको आर्थिक अवस्था सुध्रिन सकेन्। बुवाट थप आर्थिक सहयोगको आशा थिएन। डेरामा मिलेर बस्ने सबै साथीहरुको आर्थिक अवस्था उस्तै थियो। उनले संघर्षको कहानी सुनाए, ‘डेरा बस्दा तेल किन्ने पैसा हुँदैनथ्यो। बन्दाकोबी पानीमा उसिनेर खान्थ्यौं।’



धुर्मुसले सुरू गरेको काम सजिलो थिएन। कहिले उनी पसलका सामान डोकोमा हालेर शहरका गल्ली चहार्थे, कहिले पोकोमा सकेजति सामान कोचेर सडकको दुबै छेउ नाप्थे। 

उनी सामान बिकाउन घन्टाै‌ं घाँटी सुक्ने गरि चिच्याउँथे–‘आयो आयो, भाँडा आयो’ भनेर। समान विक्रि भएको दिन उनी भरपेट खाना खान्थे। नभएको दिन आधापेट सुत्थे। एकदिन उनीसँग यस्तो घटना भएछ, जसका कारण उनले मार्केटिङको जागिर छोडिदिए। 

‘मैतिदेवीमा सामान बेच्दै थिए। रक्सीले मातेको एउटा मान्छे म नजिकै आयो र डुब्लिकेट माल बेच्छस् भनेर मुक्का पो हान्न थाल्यो,’ उनले मार्केटिङको जागिर छोड्नुको रहस्य खोले– ‘नाकबाट तरर रगत चुहियो। मैतिदेवी प्रहरी बिटतिर भागेर ज्यान जोगाएँँ।’ 

पिटाइ खाएको रात धुर्मुसलाई निन्द्रा परेन। उनलाई हनहनी ज्वारो आयो। मनभित्र अनेकौं तर्कना आएँ। बिहान उनी निर्णयमा पुगे, ‘अहँ, अब मार्केटिङको काम गरिदैन। बरु पढ्छु। बुवालाई पढाइका लागि कन्भिन्स गर्छु भन्ने लाग्यो।’

कुटाइ खाएको रात बुवासँग थप आर्थिक सहयोग माग्ने सोच पनि पलाएको थियो, उनको। तर, घरको कमजोर आर्थिक अवस्था सम्झेर बोल्ने आँट आएन। यसपछि उनलाई लाग्यो, पत्रकारिता गर्दा ठिक होला। उनी जागिर छोड्दा बचेको ८ सय रूपैयाँबाट ७ सय खर्च गरेर आरआर क्याम्पसमा मेजर इंग्लिस र पत्रकारिता विषयमा भर्ना भए।  

कलेजमा हुँदा उनी साथीहरुलाई जोक भनेर हँसाउने गर्थे। त्यो उनको रहर थिएन, बाध्यता थियो। धेरैलाई थाहा थिएन, कलेजको क्यान्टिनमा धुर्मुसले दिने गरेको हाँसो उनको भोक र अभावको कारण थियो। 

उनीसँग त्यतिबेला खल्तीमा खाजा खाने पैसा हुदैन्थ्यो। तर उनको जोक सुनेर खाजाको अफर गर्ने साथीहरु धेरै हुन्थे, कलेजमा। 

‘मेरो अवस्था यस्तो थियो, कसैले खाजा खुवाउँछन् कि भनेर जोक गर्थें। जोक भनेपछि साथीहरु मलाई कोठा र घरमा लैजान तछाडमछाड गर्थे,’ उनले भने– ‘करिब एक महिना यसरी नै टर्यो। तर, यसरी जीवन चल्दैन भन्ने लागेपछि यो पनि बन्द गरेँ।’ 

आरआरको क्यान्टिनमा केही वर्ष जोक भनिरहँदा उनी एकदिन काठमाडौंबाट अघाए। उनले घर नै फर्किने निधो गरे। यसबीच उनी सन्तोष पन्तको ‘हिजोआजको कुरा’मा सानो भूमिकामा झुल्किए पनि। उनीसँगै त्यतिबेला नयाँ कलाकार पनि सन्तोष पन्तका पुग्थे। घर फर्किएपछि उनले टिभीमा देखेछन्, सँगैका साथीहरु धमाधम डायलग बोलेर कलाकारिता गरिरहेका छन्, आफू भने हलो जोत्न गाउँ फर्किएको छु! 

‘म झापामा गोरू नै जोत्छु भनेर फर्केको थिएँ। तर मेरो मन यहाँ पनि रमेन’, पहिलो पल्ट अभिनयले काठमाडौं तानेको सम्झना सुनाउँदै उनले भने, ‘हिजोआजको कुरामा साथीहरूको प्रगति देखेपछि मलाई फेरि काठमाडौं फर्किन मन लाग्यो।’ 



यतिबेला संयोग नै मान्नुपर्छ, उनले काठमाडौंमा पुरानै डेरामा बास पाए।  पुनः काठमाडौं फर्केपछि उनले मोहन निरौलाको ’परिवर्तन नेपाल’ संस्थामा अभिनय सिक्न सुरु गरे। त्यही उनको भेट एकजना दौतरीसँग भयो। जसको नाम थियो, माग्ने बुढा अर्थात केदार घिमिरे।

धुर्मुसले कीर्तिपुरमा एउटा सडक नाटक ‘मेरै एउटा आगो निभाउ’ मा अभिनय गर्दा पहिलो पल्ट ८ सय रुपैयाँ पारिश्रमिक पाएका थिए। कलेजको वेलकम प्रोग्राममा कलेजको तर्फबाट प्रस्तुति दिँदा उनी जितु नेपालको नजरमा परे। 

‘मलाई अझै याद छ। मैले दोहोरो क्यारिकेचर गरेको थिए। माहौल पुरै हँसिलो भएको थियो। जितु दाइले हेरिरहनु भएको रहेछ। उहाँले भाइ धेरै राम्रो गर्नुभयो। स्क्रिप्ट लेख्न सक्नुहुन्छ भने मेरो ’गीताञ्जली’ कार्यक्रममा काम दिन्छु भन्नुभयो,’ उनी थप्छन, ‘मैले हुन्छ दाइ, म कोशिश गर्छु भने।’

यसरी धुर्मुस २०६० सालबाट ’गीताञ्जली’मा आवद्ध भए। यही सिताराम र केदारको जोडी जम्यो। जितु नेपालको उनीहरू माथिको विश्वासले ‘जिरे खोर्सानी’ जन्मियो। यसको सफलतापछि उनीहरुले ‘मेरी बास्सै’ सुरु गरे। टिभीबाट ’मेरी बास्सै’ प्रसारण हुन थालेपछि सिताराम र केदारको परिचय पनि बदलियो ’धुर्मुस’ र ‘माग्ने बुढा’ को रुपमा। अहिले नेपाली दर्शकमाझ सबैभन्दा बढि मुखमा झुण्डिएको नाम सम्भवत यही होला। 

काठमाडौंमा घर बनाउने सपना धुर्मुसले कहिल्यै देखिनन्। विगत सम्झिए, ‘घरमा ऋणको प्रवेश भएपछि सबै खुशी हराउँदो रहेछ। यसले अनेक समस्या निम्त्याउँछ। घरका सदस्यबीच धेरै मनमुटाव ल्याउने रहेछ। ३६ प्रतिशत ब्याजको ऋणले घरमा झैझगडा भइरहन्थ्यो।’

कलाकारिता फस्टाउँदै गएपछि उनले घरको सबै ऋण तिरे। ऋण तिरेको दिन उनी आफूलाई संसारकै सबैभन्दा ‘हलुका’ मान्छे सम्झिन्थे। गाँउका ज्योतिषले मंसिर १४ उता बिहे गर्दा अन्यथा हुने बताएपछि उनले कुञ्जना घिमिरेसँगको एक वर्षे लभलाई विवाहमा परिणत गरे। 

१४ गते विवाह भयो, १७ गतेदेखी स्वदेशविदेशका कार्यक्रमको लर्को लाग्न थाल्यो। उनले विवाहपछि धापाखेलमा जग्गा जोडे। 

‘विवाहपछि शंखमुल सरे। भाइलाई विदेश पठाए। पैसा ९ लाख जति बाँकी थियो। धापाखेलमा साढे दुई आना जग्गा किने। केही समयमै त्यो जग्गाको भाउ डबल भयो,’ उनले विगत सुनाए, ‘त्यो बेचे र धापाखेलमै अर्को जग्गा किनें। बचेको दुई लाखबाट घर बनाउने काम सुरू गरें। अपुग पैसा ऋण सापटीबाट मिलाएँ।’ 

यसरी कुनै समय डेरा भाडा तिर्न धौधौ पर्ने धुर्मुस काठमाडौंको रैथाने बने। 

उनको जीवन सहज बन्दै थियो। २०७२ सालमा एउटा कार्यक्रम लिएर अमेरिका उडेका थिए। २०५८ साल जस्तै अर्को घटनाले नेपाल हल्लियो। शक्तिशाली भूइँचालोले आधा मुलुक ध्वस्त भयो। हजारौं नेपाली घरबारविहिन बने। यसले उनको मन अमिलियो। अमेरिकामा अडिन सकेनन्। तुरुन्त देश फर्किए। 



नेपाल फर्केए लगत्तै उनी अमेरिकामा उठेको रकम बोकेर राहतमा होम्मिए। उनको सानो प्रयासले थुप्रै गाउँको तस्बिर बदलियो। सुरूमा उनी राहतका सामान्य काममा अल्झिएका थिए तर सिन्धुपाल्चोकको गाँउमा पत्नी ’सुन्तली’ सहित चर्पीको प्यान बोकेर उकालो लाग्दा एउटा सोचले जन्म लियो। त्यो सोच, धुर्मुसको नभई सुन्तलीको थियो। तर, आँट भने धुर्मुसकै हो। 

‘दिउँसो १ बजेको हुनुपर्छ। घाम लागिरहेको थियो। कुञ्जनाको मनमा एउटा सोच आएछ। उनी मलाई भनिरहेकी थिइन, नेपालको ७५ वटै जिल्लाका अति गरिब परिवारलाई एकै ठाउँमा बस्न मिल्ने गरि एकीकृत बस्ती निमार्ण गर्न सकिन्न,’ धुर्मुसले ठ्ट्यौली पारामा सुनाए– ‘म आफूलाई खुब भावुक सोच्थे। मेरो बुढी त म भन्दा पनि भावुक रहिछ। उसको सोचले मेरो मथिङ्गल हल्लियो। एकताको सन्देश पनि जाने। गरिबहरुको सेवा पनि हुने। मलाई कुञ्जनाको आइडियो खुब मन पर्यो।’ 

नेपालको योजना आयोगले सोच्न नसकेको कुरा पुरा गर्नु धुमुर्सका लागि पक्कै पनि सजिलो हुने कुरै थिएन। यसमा आर्थिक मात्र होइन, भौतिक सहयोग पनि चाहिन्थ्यो। 

धुर्मुस–सुन्तलीको जोडी काम सुरु गर्नुअघि नै हुँदैन भनेर हारे मान्ने पक्षमा थिएनन्। त्यसैले उनीहरुले परिणामको मतलब गरेनन्। ७५ जिल्लामै नसके पनि सुरुवात गर्न सकिने विश्वासका बीच उनीहरुले काम सुरु गरे। यसका लागि धुर्मुसले ठूलो संघर्षपछि बनाएको काठमाडौंको घर नै बेचिदिए। 

‘सुरुमा हामीले विभिन्न दाताहरुलाई आफ्नो प्रस्ताव सुनाउँदा धेरैले हामीलाई हावा भने। तर, सहयोग गर्ने मन पनि भेटियो,’ उनी भन्छन्। 

आज धुर्मुस–सुन्तलीले मिलेर ३ वटा एकीकृतवस्ती निर्माण गरिसकेका छन्। र, अर्को वस्ती निमार्णको कार्य सुरु भइसकेको छ। उनको ७५ जिल्लाका गरिबनिमुखालाई समेटेरे बनाउने महत्वाकांक्षी ‘मिनी नेपाल’ वस्ति योजन पाइपलाइनमा छ। तर, उनको सपना त्यति सहन छैन।

'एउटा घर बनाउँदा मान्छेले बाउको बिहे देख्छन्। हामी त घरभन्दा पनि मानवबीचको मन जोडिरहेका छौं,’ उनले भने, ‘घर हस्तान्तरण गर्दा मानिसको आँखामा देखिने खुसीले असंख्य कुरा भनिरहेको हुन्छ। म त्यसलाई पढ्ने प्रयास गरिरहेको छुँ।’

हिजो काठमाडौं छिर्दा धुर्मुस रित्तो हात प्रवेश गरेका थिए। यतिबेला उनीसँग करिब साढे २ करोड नेपालीको अटुट विश्वास जोडिएको छ। नाफा र घाटाको यो संसारमा उनी यसैलाई आफ्नो कूल पूँजी मान्दछन्। र, भन्छन्, ‘यो विश्वास म टुँट्न दिन्नँ।’

प्रकाशित मिति: शनिबार, असोज १४, २०७४  ०६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै
भोटेकोसी बाढी प्रभावितलाई दिपक–हिमा दम्पत्तीको ११ लाख सहयोग
सम्बन्धित सामग्री
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ र ४ जोड्ने बालुवाचौरस्थित तिल्चाखोला सडक पुल निर्धारित समयभन्दा करिब नौ महिनाअघि नै निर्माण सम्... बिहीबार, असोज १५, २०८३
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
भोटेकोसी बाढी प्रभावितलाई दिपक–हिमा दम्पत्तीको ११ लाख सहयोग बिहीबार, असोज १५, २०८३
वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने बिहीबार, असोज १५, २०८३
डडेल्धुराका २८ वर्षीय मेयर जोशीले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्