काठमाडाैं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बहुमत छैन भनेर विश्वासको मतबाट भागेका प्रधानमन्त्रीले बहुमत छ भनेर फेरि दाबी गर्दा दुनियाँ हाँसेको बताएका छन्।
बिहीबारमात्रै बहुमत जुटाउन नसक्ने निष्कर्षका साथ मार्गप्रशस्त गरेको बताएका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार एमालेका १२१ सांसद आफैंले र जसपाका ३२ जनाको सांसद महन्थ ठाकुर र राजेन्द्र महतोले गरेको बताएका थिए।
‘बहुमत छैन भनेर विश्वासको मतबाट भागेका प्रधानमन्त्रीले बहुमत छ भनेर फेरि दाबी गर्दा दुनियाँ हाँसेको छ १ लाज स्वयं लजाएको छ १,’ उनले लेखेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत अलमलमा नपरीकन संस्थाको गरिमा जोगाउन उनले सुझाव दिएका छन्।
‘राष्ट्रपति महोदया १ सतिसालको शिरमा हुनुपर्ने यहाँप्रतिको श्रद्धा बकैनाको फेदमा झरिसक्यो। अलमलको गोलमालमा संस्थाको गरिमा ओह्रालो अझै कति लगाउनु हुन्छ रु,’ उनले प्रश्न गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।