 फाइल तस्वीर : प्रधानमन्त्रीको सचिवालय।
                                        
                                            फाइल तस्वीर : प्रधानमन्त्रीको सचिवालय।
                                        
                                    
                                                             
                            
                            काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः प्रधानमन्त्रीमा दाबी गरेका छन्। शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर उनले प्रधानमन्त्रीमा दाबी गरेका हुन्।
राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकोमा उनले दिउँसो शीतल निवास पुगेर दाबी गरेका हुन्।
ओलीले १५३ जना सांसद्को हस्ताक्षर बुझाएको दाबी उनका मुख्य सल्लाहकार विष्णु रिमालले गरेका छन्। एमालेका १२१ र जसपाका ३२ जना सांसद्को समर्थन आफूलाई रहेको दाबी ओलीले गरेको उनले बताएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्दै शीतलनिवास पुगेका छन्।
 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।