काठमाडौं- राष्ट्रपतिले दिएको २१ घण्टा समयावधिमा विपक्षी दलहरु बहुमत जुटाउन सफल भएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नका लागि १४९ जना सांसदको हस्ताक्षर जुटेको छ।
शुक्रबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष तथा एमालेको माधवकुमार नेपाल पक्षको बैठकले आवश्यक बहुमत जुटाएको हो।
विपक्षी गठबन्धनमा एमालेका माधवकुमार नेपाल पक्षका २७, कांग्रेसका ६१, माओवादीका ४९ र जसपाका १३ सांसदले हस्ताक्षर गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार २१ घण्टाको समय दिएर शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।