काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको विपक्षी गठबन्धन सांसदहरूको हस्ताक्षर संकलन अभियानमा जुटेको छ। 
नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हस्ताक्षर संकलन शुरु भएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष र एमालेकाे माधवकुमार नेपाल पक्षका सांसदले हस्ताक्षर गर्ने बताइएको छ।
आफूहरुसँग १४९ सांसद रहेको उनीहरूको दाबी छ।
कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता नेपाल भने कांग्रेस दलको कार्यालयबाट निस्केर छुट्टै छलफलमा जुटेका छन्। 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।