काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता राजेन्द्र महतोले आफूहरु सत्ताको लागि भन्दा पनि देश र जनताको पक्षमा केन्द्रित रहेको बताएका छन्।
सिंहदरबारमा जसपा संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कुर्सीको लडाइँमा आफूहरु नलाग्ने बताएका हुन्। उनले प्रधानमन्त्री केपी ओली वा विपक्षी गठबन्धन कसको पक्षमा लाग्ने भन्नेबारे प्रस्ट जवाफ दिएनन्।
'हामी जनता र देशको हित जहाँ हुन्छ त्यतैतिर लाग्छाैं,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।