• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार २५, २०८३ Thu, Jul 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रिय सभा उपनिर्वाचन भिडन्त: लुम्बिनीमा एमालेलाई यसरी हराउँदैछन् विपक्षी गठबन्धनका पाण्डे

दुबै उम्मेदवार पार्टी परित्याग गरेका
64x64
लिलु डुम्रे बुधबार, जेठ ५, २०७८  ०९:४४
1140x725
राष्ट्रिय सभा उपनिर्वाचनका उम्मेदवार चन्द्रबहादुर खड्का र दृग नारायण पाण्डे

काठमाडौं– जेठ १७ गते लुम्बिनी प्रदेशमा हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा सत्तारुढ दल, नेकपा एमालेका उम्मेदवारले हार ब्यहोर्ने लगभग निश्चित देखिएको छ।

एमालेले अर्घाखाँचीका चन्द्रबहादुर खड्कालाई राष्ट्रिय सभा उपनिर्वाचनको उम्मेदवार बनाएको छ। राष्ट्रिय सभा सदस्य रहेका उनी एमालेतिर लागेपछि माओवादी केन्द्रले कारबाही गरेसँगै पदमुक्त भएका थिए। एमालेले पुनः राष्ट्रिय सभा सदस्य बनाउन खड्कालाई उम्मेदवार बनाएको छ। 

खड्काका प्रतिस्पर्धी छन् दृग नारायण पाण्डे। उनी पनि दल त्याग गरेर राष्ट्रिय सभाका उम्मेदवार बनेका हुन्। कपिलवस्तुका पाण्डेले वैशाख १९ मा लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएका थिए। एमाले परित्याग गरी उनी कांग्रेसमा प्रवेश गरेका छन्। दल अदलबदल गरी राष्ट्रिय सभा सदस्यको प्रत्यासी बनेका यी दुई उम्मेदवारमा पाण्डे हाबी हुने देखिएको छ।

एमालेका खड्कालाई सत्तारुढ दल र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखले मत दिनेछन्। अर्कोतर्फ, विपक्षी गठबन्धनका पाण्डेलाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र जनमोर्चाको मत प्राप्त हुनेछ। 

स्थानीय तह नै निर्णायक

लुम्बिनीका १२ जिल्लामा १०९ स्थानीय तह छन्। स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष उपनिर्वाचनमा मतदाता हुनेछन्। त्यसअनुसार स्थानीय तहबाट २१८ जनाले मत दिनेछन्। ८७ सदस्यीय प्रदेश सभाबाट ८३ जनाले मत दिनेछन्। स्थानीय तहका र प्रदेश गरी कुल मतदाता संख्या ३०१ पुग्दछ। प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उप्रमुखको मतभार १८ हुुन्छ। स्थानीय तहमा कुल मतभार तीन हजार ९२४ छ। प्रदेश सभामा कायम सांसदका आधारमा तीन हजार ९८४ मतभार छ।

स्थानीय तहमा विपक्षी गठबन्धनका उम्मेदवार पाण्डेलाई बढी मत आउने देखिएको छ। स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष विपक्षी गठवन्धनका बढी छन्। लुम्बिनीका स्थानीय तहमा कांग्रेसले ११ नगरपालिकामा मेयर जितेको छ भने उपमेयर १० स्थानमा जितेको छ। गाँउपालिकामा अध्यक्ष २७ स्थानमा जितेको छ भने उपाध्यक्षमा ३० स्थानमा जितेको छ। त्यस अनुसार कांग्रेसका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष गरी ६४ मतदाता छन्। 

तत्कालीन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)ले स्थानीय तहका दुई स्थानमा अध्यक्ष पदमा जित निकालेको थियो। उक्त दल कांग्रेसमा विलय भएकाले ती दुई अध्यक्षको मत पनि विपक्षी गठबन्धनमा जोडिएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

लुम्बिनीमा माओवादी केन्द्रले स्थानीय तहमध्ये नगरपालिकामा ६ स्थानमा प्रमुख र ८ स्थानमा उपप्रमुख तथा गाउँपालिकामा १३ स्थानमा अध्यक्ष र १४ स्थानमा उपाध्यक्ष जितेको थियो। माओवादी केन्द्रसँग स्थानीय तहमा कुल ४१ मतदाता छन्। 

तत्कालीन संघीय समाजवादी पार्टीको तर्फबाट लुम्बिनीमा उपप्रमुख १, अध्यक्ष ६, उपाध्यक्ष ४ गरी ११ जना विजयी भएका थिए। तत्कालीन संघीय समाजवादी पार्टी हालको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा भएकाले ११ जनाको मत पनि पाण्डेको पक्षमा खस्ने सम्भावना निश्चित जस्तै छ। तत्कालीन नयाँ शक्तिले एक स्थानमा उपाध्यक्ष पदमा जितेको थियो। उक्त दल समाजवादी हुँदै जसपासँग एकिकरण गरेकाले उसको मत पनि विपक्षी गठबन्धनमै पर्नेछ।
राष्ट्रिय जनमोर्चाले स्थानीय तहमा अध्यक्ष २ र उपाध्यक्ष २ स्थानमा जितेको छ। जनमोर्चाले विपक्षी दलहरुसँगै गठबन्धन बनाएकाले उक्त दलका स्थानीय तहका ४ जनाको मत पनि पाण्डेलाई जानेछ। 

यसरी कांग्रेसका ६६, माओवादी केन्द्रका ४१, जसपाका १२ र जनमोर्चाका ४ गरी स्थानीय तहमा विपक्षी गठबन्धनको १२३ मत छ। विपक्षी गठबन्धनले साझा उम्मेदवार बनाएका पाण्डेलाई १२३ जना सबैको मत खस्ने सम्भावना छ। स्थानीय तहको मतको आधारमा पाण्डेले दुई हजार २१४ मत प्राप्त गर्नेछन्।

स्थानीय तहमा लुम्बिनीमा एमालेका ९० जना प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष छन्। प्रमुख १६, उपप्रमुख १७, अध्यक्ष २७ र उपाध्यक्ष ३० जना एमालेबाट विजयी भएका थिए। राप्रपाले प्रमुख १ र उपाध्यक्ष १ स्थानमा जितेको छ। त्यसअनुसार एमालेका उम्मेदवार खड्काको पक्षमा स्थानीय तहका मतदाता ९२ जना हुनेछन्। स्थानीय तहबाट खड्कालाई एक हजार ६५६ प्राप्त हुनसक्छ।

लुम्बिनीको स्थानीय तहमा स्वतन्त्र २ जनाले प्रमुख र एक जनाले अध्यक्षमा जित निकालेका थिए। स्वतन्त्र रुपमा विजयी भएकाहरुको मत कता खस्छ, एकिन छैन। 

यसरी हेर्दा चार दलको साझा उम्मेदवार पाण्डेका पक्षमा स्थानीय तहबाट प्राप्त हुने मत दुई हजार २१४ छ। उनका प्रतिस्पर्धी एमाले उम्मेदवार खड्काको पक्षमा एक हजार ६५६ मत छ। यो गणितअनुसार पाण्डे ५५८ मतले स्थानीय तहमा अघि हुने देखिन्छ। राष्ट्रिय सभा उपनिर्वाचनमा पाण्डे विजयी हुन स्थानीय तहका मतदाता नै निर्णायक हुने देखिन्छ।

प्रदेश सभाको गणित

प्रदेश सभामा एमालेको पक्षमा ४२ सांसद देखिएका छन्। विपक्षी गठबन्धनतर्फ सभामुखसहित ४१ जना छन्। त्यसअनुसार ८३ जनाको मत राष्ट्रिय सभाका उम्मेदवारलाई खस्छ। मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा देखिएका सबै सांसदले खड्कालाई मत दिए भने उनलाई दुई हजार १६ मत प्राप्त हुन्छ। अर्कोतर्फ पाण्डेलाई ४१ जनाको मत खस्दा उनले एक हजार ९६८ मत प्राप्त गर्छन्। प्रदेश सभामा पाण्डेले प्रतिस्पर्धी खड्काभन्दा ४८ मत कम पाउने देखिन्छ।

स्थानीय तहमा ५५८ मतले अघि रहेका पाण्डेलाई प्रदेश सभामा ४८ मत कम भएपनि उनले जित निकाल्छन्। हालको अवस्था हेर्दा पाण्डेले ५१० मतसहित जित हात पार्ने देखिन्छ। स्वतन्त्र मतदाता तीन जनाको मत एमालेका खड्कालाई प्राप्त भए पनि उनले जित निकाल्न सक्ने छैनन्।

खड्कालाई माओवादी केन्द्रले हटाएपछि रिक्त रहेको राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनीमा जेठ १७ गते उपनिर्वाचन हुन लागेको हो। 

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  ०९:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
आत्मदाह प्रयास गरेका नेपालीको अवस्था चिन्ताजनक, न्याय माग्दै राहदानी विभागअगाडि प्रदर्शन उनको हाल वीर अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ । उपचारमा संलग्न प्लास्टिक सर्जन डा. पीयूष दाहालका अनुसार नेपालीको अवस्था गम्भीर र... बिहीबार, असार २५, २०८३
‘संविधान संशोधन’ कार्यदल अवैधानिक रहेको भन्दै पुनर्लेखनको प्रयास नगर्न सरकारलाई दलहरुको चेतावनी बिहीबार काठमाडौँमा संवाद डबलीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले वर्तमान सरकारलाई संविधानको आधारभूत संरचना परिवर्तन ग... बिहीबार, असार २५, २०८३
राष्ट्रिय सभाबाट एकै दिन ६ वटा विधेयक पारित सभाध्यक्ष नारायाण दाहालका अनुसार चार वटा अध्यादेश प्रतिस्थापन विधेयक र दुई वटा बजेट आश्रित विधेयक पारित गरेको हो । बिहीबार, असार २५, २०८३
ताजा समाचारसबै
टेलिकम बिलिङको मुद्दामा विशेष अदालतले दियो आरोपितहरूलाई सफाइ बिहीबार, असार २५, २०८३
आत्मदाह प्रयास गरेका नेपालीको अवस्था चिन्ताजनक, न्याय माग्दै राहदानी विभागअगाडि प्रदर्शन बिहीबार, असार २५, २०८३
‘संविधान संशोधन’ कार्यदल अवैधानिक रहेको भन्दै पुनर्लेखनको प्रयास नगर्न सरकारलाई दलहरुको चेतावनी बिहीबार, असार २५, २०८३
राष्ट्रिय सभाबाट एकै दिन ६ वटा विधेयक पारित बिहीबार, असार २५, २०८३
अबदेखि गण्डकीमा गाँजा खेती गर्न पाइने बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
सम्पत्ति शुद्धिकरणको आरोपमा अर्जेन्टिना फुटबल संघमाथि एफबीआईको अनुसन्धान बुधबार, असार २४, २०८३
आत्मदाह प्रयास गरेका नेपालीको अवस्था चिन्ताजनक, न्याय माग्दै राहदानी विभागअगाडि प्रदर्शन बिहीबार, असार २५, २०८३
यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु बुधबार, असार २४, २०८३
राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाह प्रयास बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्