• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

फुटको संघारमा जसपा: यस्तो छ फुटेपछिको सम्भावित परिदृष्य

64x64
नेपाल लाइभ शनिबार, जेठ १, २०७८  ०९:४३
1140x725

काठमाडौं– संघीय संसदको चौथो ठूलो शक्ति, जनता समाजवादी पार्टी(जसपा) स्पष्ट दुई धारमा विभाजित भएपछि निर्णायक क्षणमा सत्ता उलटपुलट हुने धेरैको आकलन असफल भएको छ। उसकै कारण नयाँ गठबन्धन सरकार बन्ने सम्भावना समाप्त भएको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि निरन्तरता पाएका छन्। तर, यसले जसपालाई भने गम्भीर संकटमा धकेल्ने आकलन हुन थालेको छ। 

सत्ताको चाबी लिएर बसेको जसपा यसबीचमा विभाजनको डिलसम्म पुग्ने र फर्कने भइरहेको थियो। फेरि अब यो पार्टी बिभाजनको डिलमा पुगेको छ। एउटै पार्टी भित्र बाबुराम भट्टराई–उपेन्द्र यादव र महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले दुई भिन्न पार्टीको जस्तो अभ्यास अघि बढाएपछि अब चाहिँ जसपा साँच्चिकै फुट्ने अड्कलबाजी हुन थालेका छन्। 

विषय सिधै सरकारसँग जोडिएको छ। महन्थ–राजेन्द्रपक्ष प्रधानमन्त्री ओलीको पक्षमा निरन्तर लागिपरेका छन्। उनकाविरुद्ध बाबुराम–उपेन्द्रपक्ष पनि उसैगरी सक्रिय छन्। नयाँ गठबन्धन सरकार बनाउने जोडबल सफल नभएपछि बाबुराम–उपेन्द्रपक्ष अहिले केही मौन देखिए पनि चुपचाप छैनन्। 

गत पुस ५ गते ओलीले प्रतिनिधि सभा विघटन गरेदेखि उनकाविरुद्ध उभिएका थिए, बाबुराम–उपेन्द्रपक्ष। त्यहीँबाटै महन्थ–राजेन्द्रपक्ष भने प्रधानमन्त्री ओलीका निरन्तर सहयोगी बनेका छन्।

महन्थ–राजेन्द्रको एक्सन कुर्दै बाबुराम–उपेन्द्र

भनाइ नै छ, राजनीतिमा केही कुरा असम्भव छैन। कुनै बेला ओलीसँग सबभन्दा कटुतापूर्ण सम्बन्ध कसैको थियो भने त्यो महन्थ ठाकुर र राजेन्द्र महतोकै थियो।

ओलीको पहिलो प्रधानमन्त्रीत्वकालमा उनीहरुले एक अर्कालाई विषवमन गर्न कुनै उपाय बाँकी राखेनन्। समयक्रममा महन्थ र राजेन्द्र नै अहिले ओलीलाई छाड्न नसक्ने अवस्थामा देखिएका छन्।

वैशाख २७ गते बिहान नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले ओलीविरुद्ध बन्ने संयुक्त सरकारको नेतृत्व लिनसमेत महन्थलाई औपचारिक प्रस्ताव गरेका थिए। तर, ओलीलाई नै सघाउने रणनीतिअनुरुप उनले यो प्रस्ताव पनि स्वीकार गरेनन्।

Ncell 2
Ncell 2
nimb
nimb

आफ्नो भागमा आएको प्रधानमन्त्रीको पदसमेत स्वीकार नगरेर ओलीलाई नै सघाउने उनीहरुको भूमिकालाई धेरैले आश्चर्यपूर्ण मानेका छन्। कतिपयले त महन्थ–राजेन्द्रपक्षको यस्तो निर्णयले उनीहरुमा बाह्यशक्तिको प्रभाव हदैसम्म देखिएको टिप्पणी पनि गरिरहेका छन्। 

पछिल्लो समय महन्थ–राजेन्द्रपक्षले आफ्नो सरोकार सरकार नभएर मुद्दा भएको र प्रधानमन्त्री ओलीबाटै मधेशका माग र मुद्दा सम्बोधन हुनसक्ने बताइरहेका छन्। जबकि, जसपाको बाबुराम–उपेन्द्रपक्ष भने ओलीबाट पहिल्यै धोका भएको निक्र्योलमा पुगिसकेको छ। बाबुराम–उपेन्द्रपक्षका एक नेता भन्छन्, पार्टी, मुद्दा सबै भताभुंग हुनेगरी उहाँहरुले किन यस्तो ओलीमोह देखाउनुभएको हो भन्ने बुझ्न सकिएको छैन।’

शुक्रबार संघीय संसद परिसर पुगेका जसपा अध्यक्ष उपेन्द्र यादवले ‘केही साथीहरुले बाटो बिराएको र गन्तव्य कहाँ हो भन्ने पनि थाहा नभएको’ टिप्पणी गरेका थिए।

हुन त ओलीसँग सबभन्दा पहिले मिलाप गर्ने उपेन्द्र नै थिए। उनी मधेशका मुद्दा ओलीबाटै सम्बोधन हुने निक्र्योल गरेर तत्कालीन समाजवादी पार्टीबाट ओली सरकारमै सहभागी भएका थिए। पछि आफूलाई अपमानपूर्ण व्यवहार गरिएको भन्दै उनले सरकार छाडेका थिए।

Xtrem

Xtrem

जसपाका बाबुराम–उपेन्द्रपक्ष यतिखेर महन्थ–राजेन्द्रपक्षले कस्तो कदम चाल्छन् भनेर पर्खिरहेका छन्। उनीहरुले सरकारलाई बाहिरै बसेर समर्थन गर्छन् वा सरकारमै जान्छन् भन्ने विषयलाई यो पक्षले नियालिरहेको छ। पार्टी एक हुने वा नहुने भन्ने विषय अब महन्थ–राजेन्द्रपक्षकै हातमा रहेको बाबुराम–उपेन्द्रपक्षका नेता नवराज सुवेदीले बताए। ‘जसपा फुट्ने वा जुट्ने महन्थ–राजेन्द्रजीहरुको हातमा छ। हामीले केपी ओलीलाई प्रतिगमनकारी भनेका छौं, उहाँहरु काँध थाप्न जानु भएको छ’, सुवेदीले भने, ‘उहाँ (महन्थ–राजेन्द्रपक्ष)हरु ब्याक हुने देखिएको छैन। त्यो हुँदा पार्टी एक हुने सम्भावना पनि कम देखिन्छ।’ 

तर, महन्थ–राजेन्द्रपक्षमा रहेका जसपा नेता लक्ष्मणलाल कर्णले अहिलेसम्म एउटै पार्टी भएकाले विभाजन हुनेतिर सोच्न नहुने बताए। भविष्यमा जसपा कता जान्छ त्यो घटनाक्रमले बताउँदै जाने कर्णको भनाइ छ। 

जसपा फुटे के हुन्छ?

ओलीलाई समर्थन गरेर जाने वा संयुक्त सरकार बनाउने भन्ने विषयलाई लिएर जसपा विभाजन भएमा महेन्द्र राय यादव बाहेक तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीकै अवस्थामा जसपा विभाजित हुने देखिएको छ।

शीर्ष नेतामा यादवले मात्रै राजपा छोड्ने देखिएको छ। त्यसो भएमा पहिलो विकल्प यसअघिकै पुरानै राजपा र समाजवादी पार्टी ब्युँताएर जाने सम्भावना बढ्ने छ। पार्टी एकताको रुपमा राजपाको हृदयश त्रिपाठी समूहसँग एकता हुन सक्ने नेताहरुले आकलन गरेका छन्। 

चुनावी गठबन्धनमा भने राजपा ओलीपक्ष वा कांग्रेससँग तालमेल गरेर जाने तयारीमा देखिन्छ। त्यो हुन नसके एक्लै निर्वाचनमा जाने उसको तयारी छ।

विभाजित अवस्थामा भएको समाजवादी पक्ष माओवादी केन्द्रमा जोडिने सम्भावना देखिएको छ। बाबुराम–उपेन्द्रपक्ष दुबै कम्युनिस्ट पृष्ठभूमिका भएकाले माओवादीको नाम परिवर्तन गरी नयाँ पार्टी बनाएर एकतामा जान सक्ने देखिएको छ। पार्टी एक हुने स्थिति नभएमा पनि यो पक्ष माओवादीसँग चुनावी तालमेलको मोर्चामा जान सक्ने आकलन गरिएको छ।

प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  ०९:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट]
प्रचण्डको चिन्ता : देशमा स्वाधीनताको संकट, जनतामा महँगीको मार
बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार
सम्बन्धित सामग्री
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] ७ हजार ४३ मत खसेकोमा अहिलेसम्म २ हजार २ सय ३१ मत गनेर सकिएको छ । आइतबार, असोज २५, २०८३
प्रचण्डको चिन्ता : देशमा स्वाधीनताको संकट, जनतामा महँगीको मार आज भिडिओ सन्देश जारी गर्दै भोटेकोशीको प्रलयकारी बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति भएको अवस्थामा मितव्ययी ढङ्गले चाडपर्व मनाउनु उ... आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले पारेको असरको खबरले अत्यन्त दुःखी बनाएको छ :  डा.शशांक सामाजिक सञ्जालमार्फत डा.कोइरालाले बाढीले नदी किनाराका बस्ती तटीय क्षेत्रमा पारेको असरको खबरले आफू दुखित बनेको बताएका हुन् । आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
प्रचण्डको चिन्ता : देशमा स्वाधीनताको संकट, जनतामा महँगीको मार आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार आइतबार, असोज २५, २०८३
हनुमानढोकाको दसैँघरमा राखियो जमरा (तस्बिरहरू) आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले पारेको असरको खबरले अत्यन्त दुःखी बनाएको छ :  डा.शशांक आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्