फाइल तस्वीर
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार छानबिन गर्न र संलग्नहरुलाई कारबाही गर्न कुनै कसर वाँकी नराख्ने दाबी गरेका छन्। शुक्रबार प्रधानमन्त्रीको शपथ पछि पदभार ग्रहण गर्ने क्रममा उनले यस्तो प्रतिवद्धता ब्यक्त गरेका हुन्।
‘जन्डिसको बिरामी जस्तो जता पनि पहेलो देख्ने काम भएको छ’ प्रधानमन्त्री ओलीले भने ‘भ्रष्टाचार भयो भनेर हल्ला गर्ने, भ्रम छर्ने र गलत प्रचार गर्नुका साथै हतोत्साही गर्ने प्रवृत्ति भएको छ। कहिपनि यस्तो वेलामा भ्रष्टाचार उपकरण र ओैषधि वा अन्यमा भ्रष्टाचार तथा अनुचित लाभ लिन्छ भने सरकारले कडाईका साथ कारबाही गर्छ।’
उनले अनियमितताको कुरालाई रोक्न सवैलाई आग्रह पनि गरे । ‘यसमा जो कोही होस् अनुचित लाभ लिनेलाई रोक्न सवै लाग्नुपर्छ,’ प्रधानमन्त्रीले भने, ‘कडाईका साथ म आगाडि वढ्न चाहान्छु। यो सरकार देश र जनताप्रति पूर्ण वफादारी छ।’ उनले भर्खर लिएको शपथको अक्षरहरु पालना गर्दै अघि वढ्ने बताए। सरकारले शपथलाई सक्रिय पालना र कार्यान्वयन गर्ने उनले बताए।
‘शपथका शब्दको कार्यान्वयनका निम्तिका सक्रिय प्रयास अघि वढाउने छु’ उनले भने ‘यस कुरामा कर्मचारी संयन्त्रवाट सदा झै इमान्दारीता र सक्रियतापूर्वक काम हुने भन्ने विश्वास गरेको छु।’ उनले आजका चुनौती र भोलिका अभिभारा पूरा गर्ने कुरामा कुनै कसर वाँकी नराखिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।