फाइल तस्वीर।
काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच शुक्रबार पनि वार्ता हुने भएको छ। वार्तामा दोस्रो तहका नेताहरू समेत सहभागी हुनेछन्।
दुवै पक्षका नेताहरूबीच साँझ ६ बजे सिंहदरबारमा वार्ता हुने नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले बताए।
वार्तामा एमाले अध्यक्ष ओलीसँगै उनीनिकट रहेका स्थायी कमिटी सदस्यहरु विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल सहभागी हुने तय भएको छ।
त्यसैगरी, एमाले वरिष्ठ नेता नेपालसँगै उनको पक्षबाट स्थायी कमिटी सदस्यहरु भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी हुने तय भएको छ।
ओली र नेपालबीच बिहीबार पार्टीभित्रका समस्या समाधानका लागि कार्यदल गठन गर्ने सहमति भएको थियो। कार्यदल बन्न बाँकी नै रहेका बेला शीर्ष नेताहरुसहित वार्ता हुन लागेको हो।
सम्बन्धित समाचार :
ओली र नेपालसहित दुवै पक्षका नेताहरूको वार्ता आज साँझ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।