काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष कमल थापाले एमालेलाई एकता कायम राख्न सुझाव दिएका छन्।
शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई मेन्सन गर्दै अध्यक्ष थापाले फुटको डिलबाट फर्किएको भन्दै एकता कायम राख्न सुझाव दिएका हुन्।
एमाले वाम झुकाव भएको प्रजातान्त्रिक भएको भन्दै थापाले यो शक्ति कमजोर हुन नहुने उल्लेख गरेका छन्।
२०७४ सालमा देशी विदेशी शक्तिले राप्रपालाई फुटाइदिएको भन्दै उनले परम्परागत राष्ट्रवादी शक्ति क्षतविक्ष्त भएको र अहिले विस्तारै उठ्ने क्रममा रहेको उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।