काठमाडाैं- नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल कोरोना संक्रमणमुक्त भएका छन्।
करिब एक हप्तादेखि नर्भिक इन्टरनेशनल हस्पिटल, थापाथलीमा उपचाररत खनालकाे आइतबार गरिएकाे परीक्षणकाे रिपाेर्ट नेगेटिभ आएकाे हाे।
अहिले स्वास्थ्य सुधारोन्मुख अवस्थामा रहेको उनले बताएका छन्।
'अहिले मेरो स्वास्थ्य सुधारोन्मुख अवस्थामा रहेको छ। केही समयको आराम पछि म अस्पतालबाट डिस्चार्ज भएर सक्रिय रुपमा कामकाजमा फर्कनेछु,' उनले सामाजिक सञ्जालमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।