• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार १०, २०८३ Wed, Jun 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
संवैधानिक नियुक्तिबारे कानुनविद्को टिप्पणी

‘यस्तै हो भने कानूनी राज्य र संसदीय अभ्यास बाँकी रहन्न’

64x64
नेपाल लाइभ आइतबार, वैशाख २६, २०७८  २१:३५
1140x725

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित अध्यादेशबाट दोस्रोपटक केही रिक्त संवैधानिक निकायमा नियुक्तिको सिफारिस गरेका छन्। आइतबार संवैधानिक परिषद्‍को बैठक राखेर उनले सिफारिसको निर्णय गराएका हुन्।

परिषद्‍का अध्यक्षसमेत रहेका ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित परिषद्‍को बैठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोग, लोक सेवा आयोगलगायतका निकायमा पदाधिकारी सिफारिस गरेको छ। यद्यपि, नियुक्तिबारे भएको निर्णय सार्वजनिक गरिएको छैन। 

संवैधानिक परिषद्‍को आजको बैठक प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले बहिष्कार गरेका थिए।

पहिलोपटक गत मंसिर ३० गते जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संसद्‍मा प्रवेश नगराइ दोस्रोपटक जारी गरिएको थियो। वैशाख २१ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेश दोस्रोपटक जारी गरेकी थिइन्। पहिलोपटक जारी भएको अध्यादेश पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा पेस भए पनि प्रक्रियामा जान पाएन।

नेपाली कांग्रेससहितका दलहरूले विरोधको सूचना दर्ता गराएपछि सरकारले फेरि पेश नगरेपछि उक्त अध्यादेश निस्क्रिय बनेको थियो। त्यसरी निस्क्रिय भएको परिषद्‍को अध्यादेश पुनः जारी गर्दै प्रधानमन्त्री ओलीले आफू सत्ताबाट बाहिर जाने अंकगणित बन्दै गर्दा केही पदमा आफू अनुकूलका व्यक्तिहरूलाई सिफारिस गरेका छन्। संवैधानिक कानुनका जानकार एवं सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले यो कार्य गलत भएको बताउँछन्।

विश्वासको मत लिनुभन्दा अघिल्लो दिन संवैधानिक परिषद्‍को बैठक राख्दै नियुक्तिका लागि सिफारिस गर्नु र एक पटक जारी भएर संसद्‍मा पुगेपछि प्रक्रियामै नगएको अध्यादेशलाई फेरि दोस्रोपटक ल्याएर गरिएको नियुक्तिले असंवैधानिक र गलत संसदीय अभ्यास सुरू हुन गएको कानुनविदहरू बताउँछन्। पहिलोपटक गरेको सिफारिसको विरुद्ध सर्वोच्च अदालतमा सात थान मुद्दा विचाराधीन रहेको र अन्तर्राष्ट्रिय समुदायसमेतले नियुक्ति अपारदर्शी भएकाले सच्याउन भन्दै आएको अवस्थामा फेरि गलत बाटोबाट अध्यादेश जारी गर्दै नियुक्ति गर्नु कानुनी शासनविपरीत हुने उनीहरूको टिप्पणी छ। आफ्ना मान्छे नियुक्ति गर्न प्रधानमन्त्री ओलीले संसदीय अभ्यास र विधिको शासन ठाडै मिचेको उनीहरू बताउँछन्।

1140x725
आइतबार बसेको संवैधानिक परिषद्‍को बैठक।

पूर्वन्यायाधीश केसीले प्रधानमन्त्री आफैं विश्वासको मत लिन लागेको अवस्थामा संवैधानिक परिषद्‍को बैठक राखेर गरेको सिफारिस गलत अभ्यासको विजारोपण भएको टिप्पणी गरे। ‘यस्तो बेलामा अध्यादेशबाट राज्य चलाउन खोज्नु गलत हो,’ उनले भने, ‘अध्यादेशविरुद्धका मुद्दा नै विचाराधीन रहेको अवस्था र संसद्‍मा पनि पेस नभएकाले फेरि सोही अध्यादेश जारी गरी नियुक्तिका लागि सिफारिस गर्नुले गलत नियतबाट काम गरेको देखिन्छ।’

अन्तर्राष्ट्रिय समुदायले समेत नेपालको नियुक्तिमा आलोचना गरिरहेको समयमा थप विवादित नियुक्ति गर्नुले प्रधानमन्त्री ओली गैरसंवैधानिक कार्यमा झन् हौसिएको देखिएको पूर्वन्यायाधीश केसीले बताए।

nimb
nimb
Ncell 2
Ncell 2

आइतबार संवैधानिक परिषद्‍को बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा जानु पनि गलत भएको उनको भनाइ छ। ‘प्रधानन्यायाधीशले पहिले जारी गरेको अध्यादेश विवादित भएको र सर्वोच्चमा मुद्दा सुनुवाइको क्रममा रहेकाले अहिले नबसौँ भन्नुपर्ने थियो,’ पूर्वन्यायाधीश केसीले भने, ‘सँगै बसेर सिफारिसमा भाग लिनुले संविधान कार्यान्वयन नभई गलत अभ्यासको साक्षी बसेको देखियो।’

प्रधानमन्त्री देशको कार्यकारी प्रमुख भएकाले जिम्मेवार भएर काम गर्नुपर्नेमा त्यसो हुन नसकेको उनले टिप्पणी गरे। यसरी कानुनी शासन र संसद्‍लाई  कुल्चिएर हिँड्नु गलत भएको उनको भनाइ छ। अहिले प्रधानमन्त्री ओलीले गरेको गलत अभ्यास पछि आउनेहरूले पनि दोहोर्‍याउनसक्ने आशंकासमेत उनले व्यक्त गरे।

अन्तर्राष्ट्रिय समुदायले समेत संवैधानिक निकायहरुमा गरिएको नियुक्तिमा आलोचना गरिरहेको समयमा थप विवादित नियुक्ति गर्नुले उनी गैरसंवैधानिक कार्यमा झन् हौसिएको देखिएको पूर्वन्यायाधीश केसीले बताए।

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले सोमबार विश्वासको मत लिने बैठक आफैंले सिफारिस गरेर त्यसको अघिल्लो दिन संवैधानिक परिषद्‍बाट नियुक्ति गर्दै ओलीले गलत अभ्यास सुरू गरेको बताए।  यसरी अध्यादेशबाट सिफारिस हुँदा दुईपटक नै संसदीय शासन प्रणालीको मर्यादाको उपहास भएको उनले बताए। 

‘संसद्‍ले त्यो अध्यादेशलाई चिनेको छैन। नियमित अधिवेशन आउँदै छ,’ उनले भने, ‘तर, प्रधानमन्त्रीले परिषद्‍को बैठक राखेर संवैधानिक निकायमा पदपूर्ति गर्नु गलत अभ्यास हो।’ 

यो पनि पढ्नुहोस्

लोक सेवा आयोगको अध्यक्षमा ‘देउवाको कोटा’का रेग्मी सिफारिसआइतबार, वैशाख २६, २०७८

आइतबार गरेको सिफारिसले झन् विवाद सिर्जना गरेको उनको टिप्पणी छ। ‘संसदीय परम्परालाई छलेर गरिएको यो कार्यले संसद्‍को समेत उपहास गर्‍यो’, उनले भने, ‘भोलिका दिनमा आउने व्यक्तिहरूले पनि यसलाई निरन्तरता दिए भने कानुनी राज्य र संसदीय अभ्यास केही पनि रहँदैनन्।’

अधिवक्ता सुनिल पोखरेलले प्रधानमन्त्रीले संवैधानिक परिषद्‍को बैठक नै राख्न नपाउने प्रावधान संविधानमा नभएको बताए। तर, एउटै अध्यादेश दोस्रोपटक ल्याएर सिफारिस गर्ने कार्य गलत भएको उनले टिप्पणी गरे। ‘पहिलो अध्यादेश नै विवादित थियो, अदालतमा मुद्दा विचाराधीन छ,’ पोखरेलले भने, ‘संसद्‍मा पेस नगरी निस्क्रिय भएको अध्यादेश फेरि ल्याउने अनि संसद्‍को अधिवेशन पनि बोलाउने कार्य गर्न मिल्दैन।’ पटक–पटक एउटै गल्ती गरेर संविधानको उल्लंघन गर्ने कार्य भएको उनको बुझाइ छ।

‘अहिले एक पटक उनले अभ्यास गर्छन्, अनि त्यो अर्काे पटक अरूले पनि दोहोर्‍याउने निश्चित छ,’ पोखरेलले भने, ‘यसले  संविधान र संसदीय व्यवस्थाको भावना नै समाप्त गरिदिन्छ।’

प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  २१:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधि सभा बैठक सर्‍यो
टेम्पो भिरबाट खसालेको घटनामा पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति
अझै सुरु भएन रास्वपाको मतदान, केही समयमा हुने महामन्त्रीको दाबी
सम्बन्धित सामग्री
प्रतिनिधि सभा बैठक सर्‍यो संघीय संसद् सचिवालयले बैठक सूचना टाँस गरेर स्थगित भएको जानकारी गराएको हो । बुधबार, असार १०, २०८३
अझै सुरु भएन रास्वपाको मतदान, केही समयमा हुने महामन्त्रीको दाबी उनले केही घण्टामा मतदान प्रक्रिया सुरु हुने जानकारी दिए ।  ‘२–३ घण्टामा मतदान प्रक्रिया सुरु हुन्छ । पहिलो महाधिवेशन भएकोले अनुभवको... बुधबार, असार १०, २०८३
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक पार्टी केन्द्रीय कार्यालय सानेपाबाट जारी गरिएको कार्यतालिकाअनुसार विभिन्न प्रकारका सदस्यता सम्बन्धी कामहरू आगामी असार २० गतेसम्म सम्... बुधबार, असार १०, २०८३
ताजा समाचारसबै
प्रतिनिधि सभा बैठक सर्‍यो बुधबार, असार १०, २०८३
टेम्पो भिरबाट खसालेको घटनामा पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति बुधबार, असार १०, २०८३
अझै सुरु भएन रास्वपाको मतदान, केही समयमा हुने महामन्त्रीको दाबी बुधबार, असार १०, २०८३
होर्मुजमा फसेका ११ हजार नाविकको उद्धार सुरु बुधबार, असार १०, २०८३
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक बुधबार, असार १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रवि लामिछाने सभापतिमा निर्विरोध बुधबार, असार १०, २०८३
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक मंगलबार, असार ९, २०८३
२८ वर्षपछि विश्वकप खेलेको नर्वे नकआउट चरणमा प्रवेश मंगलबार, असार ९, २०८३
आज कहाँ-कहाँ हुनेछ वर्षा ? बुधबार, असार १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्