काठमाडाैं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा सांसद राजेन्द्र लिङ्देनलाई कोरोना संक्रमण भएको छ।
उनलाई दोस्रोपटक कोरोना संक्रमण भएको हो।
लिङ्देनको स्वास्थ्य अहिले सामान्य छ। उनी झापास्थित निजी निवासमा आइसोलेसनमा बसेका छन्।
झापा ३ बाट निर्वाचित लिङ्देन प्रतिनिधि सभामा राप्रपाका एकमात्र सांसद हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।