काठमाडौं- नेकपा (एमाले) फुटको अन्तिम संघारमा पुगेका बेला दुवै पक्षबीच ‘निर्णायक वार्ता’ शुरु भएको छ।
सिंहदरबारस्थित संसद् सचिवालयको २ नम्बर भवनको ४११ नम्बर कोठामा वार्ता चलिरहेको छ। वार्तामा वरिष्ठ नेता माधवकुमार नेपाल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र अर्थमन्त्री विष्णु पौडेल सहभागी छन्।
नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा दिने अन्तिम तयारी गरेपछि ओलीले वार्ताका लागि आफ्ना दुई विश्वास पात्रलाई पठाएका हुन्।
यसअघि आइतबार नै बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले कुनै ‘नाटकीय’ परिवर्तन नभए सांसदहरूले सामूहिक राजीनामा दिने निर्णय गरेको थियो।
नेपालसहित उनी पक्षका नेताहरू संसद् सचिवालय पुगेपछि ओलीले नेम्वाङ र पौडेललाई वार्ताका पठाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।