काठमाडौं- प्रतिनिधि सभाको विशेष अधिवेशन भोलि नै अन्त्य गर्ने सहमति जुटेको छ। आइतबार संसद् भवनको ल्होत्से हलमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भोलि नै सबै प्रक्रिया सक्ने निर्णय गरेको हो।
त्यस्तै, कोरोना संक्रमित सांसद्हरुलाई पनि विश्वासको प्रस्तावमाथि मतदान गर्ने व्यवस्था मिलाउने सहमति भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि सोमबारका लागि प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वान गरिएको गरिएको हो।
कांग्रेस सांसद एवं कार्य व्यवस्था परामर्श समिति सदस्य दिलेन्द्र बडुले भोलि नै विश्वासको मतको प्रक्रिया टुंग्याउने निर्णय भएको बताए। उनका अनुसार कोरोना संक्रमण देखिएका सांसदहरुले पनि मत दिन पाउने छन्। उनीहरूको व्यवस्थापन पीपीई लगाएर संसद् सचिवालयका कर्मचारीले गर्ने निर्णय भएको छ।
परीक्षण गर्न छुटेका सांसदहरुलाई भोलि नै 'एन्टिजेन टेस्ट' गरी प्रवेश गराउने व्यवस्था गरिने भएको छ। साथै, बैठकमा बोल्ने वक्तालाई थोरै समय बोल्न दिने र वक्ता धेरै नराख्ने निर्णयसमेत भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।