काठमाडौं– नेकपा एमालेको माधव कुमार नेपाल–झलनाथ खनाल समूहका सांसदहरु सिंहदरबारमा भेला हुन लागेका छन्।
भेला शुरु हुने समय नतोकिए पनि समाचार तयार पार्दासम्म १० जना सांसदहरु सिंहदरबारस्थित संसद सचिवालयमा पुगिसकेका छन्।
वरिष्ठ नेता माधव कुमार नेपालसहित १० जना सांसद सिंहदरबार पुगेका हुन्। अन्य सांसद पनि आउने क्रम चलिरहेको जनाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधि सभाको ‘विशेष अधिवेशन’ बोलाइएपछि पछिल्ला दिनमा राजनीतिक घटनाक्रम एकपछि अर्को गरी विकास भइरहेका छन्।
प्रधानमन्त्री ओलीले हठात् विशेष अधिवेशन स्थगित गर्ने वा अनय केही राजनीतिक ‘मुभ’ गर्नसक्ने भन्दै नेपाल–खनाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी समेत गरेका छन्।
सामूहिक राजीनामाका लागि शनिबार नै २३ जनाभन्दा बढी सांसदले राजीनामा पत्रमा हस्ताक्षर समेत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।