• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

श्राप नबनोस् बालबालिकाको प्रतिभा

64x64
पुष्पा थपलिया सोमबार, वैशाख २०, २०७८  ०७:०५
1140x725

काठमाडौं- एउटा सानो गाउँमा जन्मिएको बालक, जो गितार, ड्रम र पियानो भनेपछि हुरूक्कै हुन्थ्यो। पढाइमा वास्ता नगर्ने ऊ जतिखेर पनि बाजामा मात्रै ध्यान दिएको देखेर उनकी आमा रिसले भुतुक्कै हुन्थिन्। कहिलेकाहीँ त बालकले आमाको पिटाइ पनि पाउँथ्यो तर ऊ बाजा बजाउन छाड्दैनथ्यो।

एक दिन ती आमाले आफ्नो छोराले गीत गाइरहेको सुनिन्। छोराको स्वर निकै मिठो थियो। घरमा कोही आउँदा त हामीलाई छोराछोरीको प्रतिभा ती पाहुनालाई देखाउन मन लाग्छ। ती आमालाई पनि त्यस्तै भयो। त्यही समय स्थानीय गायन रियालिटी शोको आयोजना हुने भयो। ती आमाले छोरालाई रियालिटी शोमा सहभागी गराइन्। त्यहाँ बालकले दोस्रो स्थान प्राप्त गर्न सफल भयो।

उनले छोराले गीत गाइरहेका भिडियोहरू रेकर्ड गर्दै युट्युबमा अपलोड गर्न थालिन्।

बालकको चर्चा दिन प्रतिदिन बढ्दै गयो। उनले विभिन्न कन्सर्टहरूमा प्रस्तुति दिन थाले। हेर्दाहेर्दै, ती बालकको भिडियो राखिएको च्यानल त्यो देशकै सबैभन्दा धेरै दर्शक बटुल्ने माध्यम बन्न थाल्यो।

एक जना संगीतका व्यापारीले पनि ती बालकको स्वर सुने। बालकको स्वरमा मदहोस् भए, र आफ्ना एल्बम तिनैको आवाजमा रेकर्ड गराउने सोच बनाए।

यो कुराले बालककी आमा निकै खुसी भइन्। बालकको आवाजमा गीत निस्कियो र उनी संसारकै सबैभन्दा चर्चित गायक बन्न पुगे।

०००

माथिको घटना कुनै काल्पनिक कथा हैन। न त यो घटनामा देखिएजस्तै ती सफल बालकको कथा सुखद् नै छ।

Ncell 2
Ncell 2
nimb
nimb

उनी हुन्- संसारभर चर्चा कमाएका सफल गायक जस्टिन ड्रियो बिबर। उनी बाहिरबाट जति सफल छन्, भित्र उत्तिकै दुःखी पनि। उनका लागि संगीत उपहार हो, साथै श्राप पनि।

उनले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको बायोपिक भिडियो ‘डार्क सिजन’मा कसरी करोडौंको भीडमा एक्लिए भन्ने कुरा बाँडेका छन्।

उक्त भिडियो एक वर्ष पुरानो हो। भिडियोमा उनले आफू १३ वर्षदेखि गाँजा खान सुरू गरेको बताएका छन्। उनले भनेका छन्, ‘मलाई गाँजा यति धेरै मनपर्‍यो कि, सबै कुरा छाडेर गाँजामात्रै खान पाए हुन्थ्यो भन्ने हुन थाल्यो।’

गायक जस्टिन बिबर। तस्बिर: एजेन्सी

उनले विस्तारै लागुऔषध लिन थाले। एक समय त यस्तो आयो, उनी उठ्नेबित्तिकै लागुऔषध लिन्थे अनिमात्रै दिनको सुरूआत हुन्थ्यो। कहिलेकाहीँ ‘ओभर डोज’ भएर उनी ढल्थे। उनका बडिगार्डहरू आउँदै पल्स छाम्थे, र जिउँदै छ भन्ने सुनिश्चित गरेर फर्कन्थे।

लागुऔषधकै तालमा उनले लाखौं मानिसका अगाडि कार्यक्रम गरे। जसका कारण विभिन्न विवादमासमेत मुछिए। फ्यानले चिच्याएको सुनेर उनी चिडिन्थे, दर्शकले पानी फ्याँकेको भन्दै उनी स्टेज नै छाडेर हिँडिदिन्थे। फ्यानलाई स्टेजबाटै लात्ताले हान्थे, नजिक कोही आए पिट्न खोज्थे।

स्टेजबाटै दर्शकलाई अपशब्द प्रयोग गर्दै गाली गर्थे। क्यामरादेखि यति धेरै चिडिन्थे कि, उनले एकपटक पापाराजीलाई कारले हानेर समेत हिँडे। उनमा धनको घमण्ड चढेको थियो। चर्चाले यतिसम्म उन्मत्त भएका थिए, उनलाई अरू मानिस मानिस नै लाग्न छाडेको थियो।

कयौंपटक उनले हद पार गरेका छन्। पानी सफा गर्ने मोप बकेटमा पिसाब फेर्ने, छतबाट फ्यानलाई थुक्ने, छिमेकीको घरमा काँचो अन्डाले हान्नेलगायतका हर्कतले उनी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका लागि सधैं चासोको विषय बनिरहे। विभिन्न सञ्चारमाध्यमले यसबारे खोज गरे, अन्त्यमा कुरा टुंगियो उनको अभिभावकत्वमा।

जस्टिन अविवाहित आमाबाट जन्मिएका सन्तान हुन्। बिहे गर्ने उमेर नै नपुगेकी १९ वर्षीय प्याट्रिइले जन्माएको सन्तान जस्टिनका बाबु पनि अर्कै घरजम गरेर बसे। उनलाई उमेर नपुगेकी आमाले हुर्काइन्, बच्चा उमेरमा बाबुको माया पनि पाएनन्।

गतिलो अभिभावकत्व नपाएकै कारण जस्टिनले समूहको महत्त्व बुझ्न सकेनन्। उनी सामाजिक हुनै सकेनन्। हरेक खेलमा पोख्त उनी फुटबलसमेत एक्लै खेल्थे। जस्टिन साथीलाई बल पास गर्दै गोल गर्न मन पराउँदैनथे।

अहिले उनी विवाहित पुरुष बनेका छन्। आफूले कुलतको लत छाड्ने कोसिस गरिरहेको बताउँछन्। उनका दिमागी हालतलाई ठीक ठाउँमा राख्न ब्रेन डाक्टर छन्, जो कुन मनोदशाबाट गुज्रिरहेका छन् भन्ने पत्ता लगाउन हरदम जस्टिनकै पछि दगुरिरहेका हुन्छन्।

चिकित्सकको नियमित परामर्शमा रहे पनि उनी अहिलेसम्म आफ्नो हर्कतबाट बाहिर आउन सकेका छैनन्। उनी ‘डबल पर्सनालिटी डिसअर्डर’बाट गुज्रिइरहेका छन्। क्यामराको अगाडि मिठो कुरा गर्छन्, पछाडि आफ्नो पारा देखाइहाल्छन्।

भाइरल बनाउने गलत 'ट्रेन्ड'
नेपालमा पनि बालबालिकालाई भाइरल बनाउने ट्रेन्ड चलेको छ। हुन त, आफ्ना बालबालिका चर्चित बनेको कुन अभिभावकलाई मन नपर्ला र!  बालबालिकाको प्रतिभा सबैसामु पुर्‍याउन पाउनु अभिभावकका लागि गर्वको कुरा पनि होला। तर, के अभिभावकले आफ्ना सन्तान पनि सुपरस्टार जस्टिन बिबरकै मार्गमा हिँडेको मन पराउलान्? ऊ जस्तै अराजक बनेको सहन सक्लान्?

पछिल्लो घटना हेर्ने हो भने सचिन परियार र उनका अभिभावकलाई उदाहरणका रूपमा लिन सकिन्छ। विभिन्न युट्युब च्यानलले बच्चालाई अगाडि राखेर बाबुआमाको झगडा गराइरहेका फुटेज छपक्कै छन्।

युट्युब च्यानलहरुमा प्रयोग गरिएका थम्ब।

त्यस्तै, अशोक दर्जी, शैलेन श्रेष्ठ, समिरा थापालगायतका पनि सचिनजस्तै समय काटेर बसेका बालबालिका हुन्। उनीहरूको चर्चा पहिले जति नभए पनि कम भने भएको छैन। यी बालबालिकाको गतिलो अभिभावकत्वले कुनै दुर्घटना निम्त्याउन नदेला भन्ने आश गर्न सकिन्छ।

तर, सचिन यी बालबालिकाजस्ता भाग्यमानी छैनन्। उनलाई अशोक दर्जीलाई जस्तो टंक बुढाथोकीको अभिभावकत्व मिलेको छैन, न शैलेन र समिराका बाबुआमा जस्ता शिक्षित अभिभावक नै। उनी बाबुआमाका झगडा, पत्रकार भन्नेहरूका ‘अन्टसन्ट’ प्रश्न अनि पढ्ने र केही सिक्ने उमेरमा सुटिङमा व्यस्त छन्। कोरोना महामारीले गर्दा उनी युट्युबमा पनि छाउन छाडिसके।

केही स्कूलहरू पनि छन्, भाइरल बनेका बच्चालाई पढाउँछु भन्ने अनि चर्चा सकिएपछि स्कूलबाटै निकालिदिने। त्यस्तो व्यवहारले त्यो बच्चा कसरी हुर्केला?

सचेत अभिभावक नहुनुको परिणाम
यी सबैको एउटै कारण अभिभावक गम्भीर नहुनु रहेको बताउँछिन् बाल मनोविश्लेषक गंगा पाठक। उनका अनुसार बालबालिकाको उमेर भनेको ‘फाउन्डेसन टाइम’ अर्थात् जीवन निर्वाह गर्न आवश्यक कुरा सिक्ने उमेर हो। पाठक भन्छिन्, ‘उनीहरूको मस्तिष्क १६ वर्ष नपुगेसम्म पूर्णरूपमा विकास भइसकेको हुँदैन। त्यो समयमा अभिभावकले जे कुरा उनीहरूलाई सिकाउँछन्, जस्तो कुरा शिक्षकले पढाउँछन्, बालबालिकाको आगामी जीवन त्यसैमा निर्भर रहन्छ।’

गंगा पाठक, बाल मनोविश्लेषक

अहिले अभिभावकको दिमागमा बालबालिका भाइरल गराउने चस्का बसेको भन्दै उनले भनिन्, ‘यदि समयमै ध्यान नदिने हो भने यसले भविष्यमा बालबालिकाको जीवन बर्बाद पार्न सक्छ।’

‘टिकटकजस्ता सामाजिक सञ्जालका कारण बालबालिकाले चर्चा कमाइरहेका छन्,’ उनले भनिन्, ‘यदि यो चर्चालाई निरन्तरता दिन सकिएन भने उनीहरू निराश बन्छन् र नराम्रो बाटो रोज्न पछि पर्दैनन्।’

उमेर पुगेका परिपक्व मानिसले समेत क्षणिक चर्चालाई सम्हाल्न गाह्रो पर्ने गरेको घटना स्मरण गराउँदै उनले भनिन्, ‘यस्ता दुर्घटनाबाट आफ्ना बालबालिकालाई जोगाउने भनेकै अभिभावकले हो।’

पाठकका अनुसार कोभिड महामारीको समय अभिभावकका लागि वरदान हो। आफ्ना बच्चा कस्तो मनोदशाबाट गुज्रिरहेका छन् भन्ने कुरा थाहा पाउन उनीहरूलाई समय मिलेको छ। उनले भनिन्, ‘बच्चालाई प्रविधिभन्दा टाढा लगेर प्राकृतिक तरिकाले हुर्काउने कोसिस गर्नुहोस्।’

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड... मंगलबार, भदौ ३०, २०८३
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबीच खेल मैदानमा सम्बन्ध स... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
भोटेकोशी बाढीको नामकरण गर्दै सरकार, सात सदस्यीय वैज्ञानिक समिति गठन शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा थप १८ शव भेटिए, निकाल्ने प्रयास जारी शुक्रबार, असोज २, २०८३
भारत–नेपाल आईजीएससी बैठक सम्पन्न, व्यापार र पारवहन सहकार्य बढाउने प्रतिबद्धता शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गरेर २ करोड ५० लाख ठगी, दुई जना पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्