• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
राजेन्द्र महतोसँग अन्तर्वार्ता : उपेन्द्रजी जुन कारणले बाहिरिनुपर्‍यो, हामी त्यहीँ फर्कियौं
64x64
नेपाल लाइभ बिहीबार, वैशाख १६, २०७८  २१:४०
1140x725

प्रधानमन्त्री केपी शर्मा ओली  नेतृत्वकोसरकारको विकल्प खोज्ने प्रतिपक्षी दलहरुको अभ्यासले मूर्त रुप पाउन सकेको छैन। जनता समाजवादी पार्टी (जसपा) अनिर्णयको बन्दी बनेको छ। एक पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउन सक्रिय भइरहेको भनिएको बेला सरकारले मधेश आन्दोलनका क्रममा सरकारले मुद्दा लगाएका १२० जनालाई उन्मुक्ति दिने निर्णय गरेको छ। यो निर्णयपछि प्रधानमन्त्री ओली र जसपाको एक समूहबीच भएको सहमति ‘कार्यान्वयनको प्रक्रिया’मा गएको चर्चा चल्न थालेको छ। यो चर्चा सही हो वा सरकारले सहमतिको हात अघि बढाएको मात्रै हो? जसपाका वरिष्ठ नेता राजेन्द्र महतोसँग गरिएको संवादः

सरकारले तपाईंका मुद्दा सम्बोधन गर्न थाल्यो। अब सरकारलाई समर्थन दिने निर्णय कहिले हुन्छ?
यो देशमा सरकार र सत्ताबाहेक अरु कुरै हुँदैन? लोभीपापी देखाइहाल्ने, सत्तासँग जोडिहाल्ने?  देश र जनताको समस्याको त कुरै हुँदैन, यहाँ हामीलाई त कामै गर्न अप्ठ्यारो भयो। 

प्रतिपक्षी दल सरकार बनाउन अभ्यास गरिरहेका छन्। सत्तापक्ष सरकार टिकाउन संघर्षरत छ। तपाईं जतातिर लाग्नुभयो, त्यतैको सरकार बन्छ। कता लाग्ने भन्ने चासो त स्वाभाविक होला नि?
हामी पटक–पटक भनिरहेका छौं, सत्ताको खेलमा हामी छैनौं। कांग्रेसलाई सत्ता चाहिएको छ, एमालेलाई सरकार जोगाउनुछ र माओवादीलाई हटाउनुछ। उनीहरुको अजेन्डा सरकारसँग सम्बन्धित हो। तर, हाम्रो अजेन्डा सरकार बनिसकेको छैन। हामी त हाम्रा माग कसरी पूरा गराउने भन्नेमै छौं। पटक–पटक भन्दै आएका छौं, हामी निःशर्त माग–मुद्दा सम्बोधन गराउन लागेका छौं। 

झुठा मुद्दा लागेर केही जेल परेका थिए। कति मुद्दाका कारण फरार छन्।  घरपरिवारको विचल्ली थियो। बालबच्चा भोकै बस्ने अवस्था छ। हाम्रो आन्दोलनमा लागेका कारण उनीहरुलाई राहत हुने माग राख्नु हाम्रो दायित्व होइन र? त्यसका लागि हामीले काम गरेका छौं। त्यो प्रयोजनका लागि हामीले सबै सरकारलाई आग्रह गरेका छौं। यो सरकारले पहिले सुनेन, अहिले सुन्यो। अब माग पूरा गर्दा काम लाग्छ कि भनेर सुन्यो। उसको आफ्नो भित्री स्वार्थ होला। सत्ता जोगाउन सहयोग गर्ला भन्ने आशा होला। 

तपाईंहरुका माग–मुद्दा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले पूरा गर्‍यो। अब त तपाईंको पार्टीलाई नैतिक रुपमै विपक्षमा उभिन समस्या पर्‍यो है?
त्यो शर्त छैन। सरकारले लगाएको झुठा मुद्दा सरकारले नै फिर्ता लिने हो, यो उसको दायित्व हो। यो हामीमाथि ‘एहसान’ गरेको हो र? यो दायित्व हो, गुन लगाएको होइन। जहाँसम्म सरकारको सवाल हो, हामीले यसअघि पनि केपी ओली सरकारलाई समर्थन गरेका थियौं, यी माग–मुद्दाका लागि। पूरा नगरेपछि फिर्ता लियौं।

हाम्रो अर्को पार्टनर समाजवादी पार्टी सरकारमै सामेल भएको थियो। अन्तमा संविधान संशोधन प्रक्रियाका लागि कार्यदल बनाउनुपर्‍यो भनेर प्रस्ताव राखेको थियो। त्यो गरेन त्यतिबेला। सरकारलाई समर्थन चाहिने हो भने जुन ठाउँबाट डिरेल गरेको छ, त्यहीँबाट माग पूरा गर्न थाल्नुपर्छ। ती माग उपेन्द्रजीका मात्रै होइनन्, हाम्रा पनि थिए। नगरेपछि त्यहाँबाट भागेको होइन? 

केपी ओलीले सरकार जोगाउन हाम्रो सहयोगको अपेक्षा राखेका हुन् भने त्यसमा प्रवेश गर्नुपर्छ। जुन कारणले उपेन्द्रजी सरकार छाडेर आउनुभएको हो, त्यही ठाउँमा पुग्नुपर्‍यो सरकार। त्यसपछि बल्ल सरकारले हामीसँग अपेक्षा राख्न मिल्छ। हामीलाई नैतिक संकट सिर्जना हुन्छ। 

जुन कारणले समर्थन फिर्ता लिनुपर्‍यो हामीले, सरकार छाड्नुपर्‍यो उपेन्द्रजीले, त्यो त संविधान संशोधनको मुद्दा थियो। त्यसमा प्रवेश गर्नुपर्छ। 

सरकारले हिजोदेखि तपाईंका मूलमुद्दामध्ये एउटा सम्बोधन गर्‍यो। अन्य विषयमा पनि प्रवेश गर्न सकिन्छ भन्ने संकेत हो वा तपाईंहरुबीच भएको गोप्य सहमतिको कार्यान्वयन?
यो शुभ संकेत हो। यस्तो वातावरण अहिलेसम्म कुनै सरकारले बनाएको थिएन। हाम्रा कार्यकर्ताको मुद्दा फिर्ता लिने प्रक्रिया आरम्भ भएको छ। रेशम चौधरीजीको मुद्दा सर्वोच्च अदालतमा छ। अदालतले टुंगो लगाउला, त्यसपछि सरकार त्यसमा प्रवेश गर्ला। सरकारबाट सकारात्मक पहल भएको छ। वातावरण सहज बनेको छ। विश्वास गर्न सकिने काम अघि बढाउँछ कि? नागरिकता विधेयकको कुरा छ, त्यो तीन वर्षदेखि पेन्डिङ छ। त्यो किन राखेको छ? त्यो अघि बढाउन पर्छ। 

यी सबै कुरा लिएर पार्टीको बैठक बोलाउँछौं। पार्टीको बैठकपछि मात्रै हामी निर्णयमा पुग्छौं। 

दुई पक्ष दुई ध्रुवमा बाँडिएर पार्टीको बैठक नै बस्न सक्ने वातावरण छैन रे तपाईंहरुको?
तपाईंहरुले जे देखिराख्नुभएको छ। ठीक देखिराख्नुभएको छ। हामी निर्णय नगरेसम्म दुई ध्रुवमा बाँडिएका छौं। सत्ता समिकरणको अजेन्डा अहिले पनि बनिसकेको छैन। हामी यही सरकारबाट माग–मुद्दा पूरा गराउन लागिपरेका छौं, अरु केही साथी यो सरकारलाई नै हटाउनुपर्ने विचार पनि राखिराख्नुभएको छ। लोकतन्त्रमा पार्टीमा आफ्नो विचार राख्ने छुट छ। पार्टीको निर्णय जतिबेला हामी गर्छौं, त्यो बेला सवै एक ठाउँ हुन्छौं। 

तपाईंको पार्टीको निर्णय नै देशको निर्णय बन्ने अवस्था आयो। तपाईंहरुले निर्णय नगर्दा देश नै अनिर्णयको बन्दी जस्तो बनेको छ! निर्णय  त चाँडै गर्नुपर्ला नि?
किन हाम्रो निर्णय चाहिएको छ? देशमा त बहुमतको सरकार चलिरहेको छ। के आकाश खसेको छ? हामीले निर्णय गर्न त सरकार पहिले अल्पमतमा जानुपर्‍यो। संकट सिर्जना हुनुपर्‍यो। सरकारविरुद्ध अविश्वास प्रस्ताव आउनुपर्‍यो। केही पनि भएकै छैन। कसरी भयो हाम्रा कारण अनिर्णयको बन्दी?

त्यो रुपमा देखिएको हो। सारमा त अल्पमतमै छ। माओवादीले त तपाईंको निर्णय कुरेर बसेको न हो? 
पहिले गर्नुपर्‍यो नि। कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउने र आफ्नो सरकार बनाउने भन्छ। हटाउनलाई अघि बढ्नुपर्दैन? ऊ अघि बढेपछि न अरुले सहयोग गर्ने कि नगर्ने भन्ने कुरा आउँछ। प्रधानमन्त्री बन्ने रे, बहुमतको सरकार छ, त्यसलाई हटाउने प्रक्रिया प्रारम्भ नगर्ने? पहिले नै उसलाई सहयोग गरिदिनुपर्ने रे। किन गरिदिन्छ उसलाई सहयोग कसैले? प्रक्रिया अघि बढायो भने हाम्रो पार्टीले पक्ष वा विपक्षमा कहाँ जाने निर्णय गर्छ।  माओवादीले केपी ओलीलाई हटाउनुछ भने किन विश्वासको मत दिइरहेको? विश्वासको मत फिर्ता भएपछि संकटमा परिहाल्छ सरकार। त्यसपछि हामीले पनि सोच्नुपर्छ। उनीहरुले आफ्नो काम गर्दैनन्, अनि दोष हामीलाई दिन्छन्। यस्तो पनि हुन्छ? 

उनीहरुले त तपाईंहरुलाई नै कुरेको रे। तपाईंहरुले निर्णय दिएलगत्तै पहलका लागि तयार नै छौं भनेका छन् नि, हैन र? 
यो बकबास हो। सत्ता चाहने र परिवर्तन चाहनेले अघि बढ्नुपर्छ। त्यसपछि हामी चिन्तन गर्छौं। अहिले त्यो अवस्था नै आएको छैन। हामी त हाम्रो काममै छौं। हाम्रो काम भनेको माग पूरा गराउने हो। त्यो जुन सरकारले गर्छ, त्यसैबाट गराउँछौं। 

हिजोको निर्णयपछि तपाईंहरुको सरकारसँग संवाद भयो होला। अब सरकारले कुन मुद्दाको सम्बोधन गर्छ? 
सरकारले हरियो झन्डा देखाएको हो। यस्तै अरु १० वटा मुद्दा छन्। ती मुद्दा फिर्ता गर्ने प्रक्रियामा छ भनिएको छ। केही दिनमा ती पनि फिर्ता होलान्। 

सरकारलाई अहिले तपाईंहरु चाहिएको छ। त्यसैले ऊ सकारात्मक छ। तर, तपाईंहरुका मुद्दासँग सकारात्मक नभएको त यसअघिको कामले देखाएकै छ। त्यही सरकारसँग लतारिनुपर्ने बाध्यता चाहिँ कसरी आइलाग्यो? 
हाम्रा लागि कोही नयाँ होइन। सबै एकपल्ट टेस्ट भइसकेका छन्। विगतमा सबैसँग कुरा गरेकै हो। कसैले पूरा गर्‍यो त? यो सरकारले कम से कम राम्रो संकेत देखाएको छ, अब संविधान संशोधनको प्रस्ताव पनि ल्याउँछ भन्ने हामीलाई विश्वास छ। सरकारले समर्थनको कुरा गर्‍यो भने हामी भन्छौं,  उपेन्द्रजी जुन कारणले सरकारबाट फिर्ता आउनुपरेको थियो, त्यहीँ फर्कियौं। त्यो प्रस्ताव कार्यान्वयन गरौं न त। आवश्यकता र औचित्यअनुसार संविधान संशोधन गरिनुपर्‍यो। त्यसपछि हामी पार्टीमा निर्णय गर्छौं। सहयोग गर्ने निर्णय भयो भने सहयोग हुन्छ। 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  २१:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पहिलो हाफ सकिँदा नेपाल ३–१ ले पछि, उच्वेकिस्तान १० खेलाडीमा सिमित
झापामा अटो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
पहिलो हाफ सकिँदा नेपाल ३–१ ले पछि, उच्वेकिस्तान १० खेलाडीमा सिमित शनिबार, असार २१, २०८२
झापामा अटो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते शनिबार, असार २१, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
अन्तिम समयमा त्रिविको सभा स्थगित, प्रधानमन्त्रीले समय दिएनन् शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्