• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

अब हामी कांग्रेस नै नरहने हो कि भन्ने चिन्ता बढ्यो– रामचन्द्र पौडेल

64x64
नेपाल लाइभ बिहीबार, वैशाख १६, २०७८  १५:१६
1140x725

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी र राष्ट्रिय राजनीतिको वर्तमान परिवेशमा संस्थापन (सत्ता पक्ष)सँग तीव्र असन्तुष्टि राख्ने नेतामा पर्छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको संसद पुनःस्थापना भइसकेपछि कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताउँदै आएका पौडेल आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाकै भूमिकाका कारण राष्ट्रिय राजनीति अनिश्चित बनेको आरोप समेत लगाउँदै आएका छन्। न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा पनि पौडेलले आफ्नो पार्टीका सत्ता पक्ष (सभापति देउवा) र सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेका छन्। पार्टीको महाधिवेशन तोकिएको समयमा नभए पार्टीकै अस्तित्व संकटमा पर्ने चिन्ता पनि पौडेलको छ। मुलुकको वर्तमान राजनीतिक अवस्था, भावी सम्भावना र चुनौतीमा केन्द्रित रहेर नेता पौडेलसँग गरिएको कुराकानीको  सारसंक्षेप  :

कोभिड १९ को दोश्रो लहर तीव्र रुपमा फैलिइरहेको छ। कोरोना नियन्त्रणका लागि सरकारको तयारी कस्तो लागेको छ, तपाईंलाई? 

आज भन्दा ३ हप्ता अगाडि प्रधानमन्त्रीले बालुवाटारमा सर्वदलिय बैठक गर्नुभएको थियो। त्यत्तिबेला नै मैले सरकारलाई भनेको थिएँ, अब तुरुन्तै तयारीमा जुट्नुपर्‍यो। आइसीयु, भेन्टिलेटर बढाउनुपर्‍यो। हस्पिटलहरुको प्रबन्ध राम्रो गराउनुपर्‍यो। स्वास्थ्य उपकरण, सुरक्षा उपकरणहरुको व्यवस्था तुरुन्त गरिहाल्नुपर्‍यो, र सीमानाका व्यवस्थित गर्ने काममा सबैभन्दा पहिला ध्यान दिनुपर्‍यो भनेर त्यो बेलामा नै सुझाव दिएको हो। तर, त्यो सुझावलाई सरकारले गम्भीरतापूर्वक लिएन। त्यसले गर्दा अहिले आइसीयु वेड अभाव, भेन्टिलेटरको अभाव भइरहेको छ। सीमाबाट मानिसरहरु अन्धाधुन्ध प्रवेश गरेर, सीमानामा चेक नभएर गाउँमा पसेर रोग फैलाउने काम भइरहेको छ। यो राज्यको लापरवाही हो। यसले गर्दा जनता कोभिडको मारबाट त्रसित भएका छन्।  

अब पार्टी राजनीतिको कुरा गरौं, एकजनामा कोभिड १९ को संक्रमण देखिएको थियो, तर ठूलो आशा गरिएको केन्द्रीय समितिको बैठक नै स्थगित भयो। के भन्नुहुन्छ?

यो बैठकको बारेमा मेरो उपसभापतिसंग कुरा पनि भयो। मैले त्यतिबेलै भनेको थिएँ, महाधिवेशनको मुखमा आएर कति महत्वपुर्ण निर्णयहरु गर्नुपर्नेछ। महाधिवेशनलाई असर पार्ने कुराहरु छन् अहिले मिटिङ किन स्थगित गर्ने भन्दा उहाँहरुले तपाई संवेदनशील हुनुभएन भन्ने कुरा गर्नुभयो। मैले भनेँ– संवेदनशील त किन नहुनु? तर डिस्टेन्स राखेर अन्त त काम त चलाईराखेकै छन् नि त।  राज्य सरकार पनि त चलिराखेकै छ। क्याबिनेटका मिटिङहरु पनि भइराखेकै छन्।

हाम्रो कार्यसमितिलाई अलिकति डिस्टेन्स मिलाएर, एक दुई जना ज–जसलाई देखिएको छ, उनीहरु बाहिर बसेर केन्द्रीय कार्यसमिति बैठक सञ्चालन गरौं भन्दा रोकिएको छ। मैले ३ वर्ष अगाडि नै हाम्रो पार्टीको महाधिवेशनका लागि आउन सक्ने समस्याहरुलाई बुझेरै अहिलेदेखि नै कार्यतालिका बनाएर काम गर्न थालौं, हामीले समयवद्ध भएर काम गरौं भनेर कार्यसमितिमा पनि, महासमितिमा पनि प्रस्ताव राखेकै थिएँ। तर त्यो बेलामा त्यसलाई महत्व दिइएन। त्यसलाई पन्छाउने कुरा गरियो। आज आएर साढे ५ वर्षमा अधिवेशन हुन्छ भनेर सभापतिले त्यही बेलामा जसरी भन्नुभयो र मेरो प्रस्तावलाई तर्काउनुभयो। यत्रो संकटमा हामी पुगिसकेका छौ।

महाधिवेशन समयमै सम्पन्न गर्ने काममा सभापति देउवाले सक्रियता नदेखाउनुको कारण के देख्नुहुन्छ?

नेपालमा सबैभन्दा ठूलो चिन्ता भनेको लोकतन्त्रमाथि यत्रो खेलवाड भइरहेको छ। सत्ता हत्याएपछि, सत्तामा पुगेपछि, चाहे त्यो पार्टीको सत्ता होस्, चाहे त्यो राज्यको सत्ता, जब सत्तामा पुग्छन् अनि त्यहाँ बसेर अन्धाधुन्ध कमिसनको खेल चल्छ  । अर्बौंका खेलहरु हुन्छन्। जसरी पनि आफू सत्तामा टिकीरहने, जसरी पनि सत्तालाई आफ्नो ग्रिपबाट उम्कन नदिने र लोकतान्त्रिक मूल्य, मान्यता र नैतिकता भन्ने कुरा केही पनि नराख्ने। आफूले गरेको विघटन (प्रतिनिधिसभा)लाई  अदालतले अवैधानिक भनिदिएपछि प्रधानमन्त्री (केपी शर्मा ओली)ले  एक मिनेट पनि पदमा बस्नुहुन्थेन। उनले तुरुन्तै राजीनामा गर्नुपथ्र्यो। उल्टो नकचरो भएर उहाँ के भनिरहनुभएको छ भने – यो संसदको के काम? यो त विकृति ल्याउँछ। विकृति कसले ल्याइरहेको छ? विकृति त अहिले सत्तामा रहेका मुठ्ठीभर केही नेताहरु, चाहे पार्टी सत्ता होस्, चाहे केन्द्रीय सत्ता होस्, सरकारको राज्यसत्ता होस्, तिनीहरुले देशमा विकृति ल्याएका छन्। चुनावमा जानुपर्छ, यो संसद काम छैन भन्ने प्रधानमन्त्री अहिले पोखरामा के गर्दैछन्?  लुम्बिनिमा के गर्दैछन्? यहाँ केन्द्रमा के गर्दैछन्? अनहोली (अप्राकृतिक गठबन्धन) एलाइन्स गर्दैछन्।

Ncell 2
Ncell 2
nimb
nimb

लोकतन्त्र भनेको त मर्यादापूर्ण व्यवस्था हो। जीवनपद्धति हो। तर, त्यतापट्टी त वास्तै छैन। मूल्य मान्यताप्रति वास्तै छैन। देश र जनतामा के असर पर्छ भन्ने वास्तै छैन। आम जनतामा राजनीति र व्यवस्थाप्रति नै वितृष्णा फैलाउने काम नेताहरुले गरिरहेका छन्। त्यसो भएको हुनाले हाम्रो पार्टीभित्र पनि, देशको राज्यसत्ता भित्र पनि अहिले जुन खेलहरु भईरहेको छ , यसले चिन्तित बनाएको छ मलाई।

लोकतान्त्रिक प्रक्रिया र अभ्यासहरु अंगिकार गर्नुपर्ने कुराबाट नेपाली कांग्रेस र सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओली दुवै च्युत हुँदैछन् भन्ने हो?

पार्टीभित्र परेको खट्पटलाई आधार बनाएर जसरी प्रधानमन्त्रीले संसदमाथि प्रहार गर्नुभयो, संविधानमाथि जसरी प्रहार गर्नुभयो र उहाँले चालेको कदमपछि गलत सावित भयो। त्यो कदम गलत सावित भइसकेपछि नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई तुरुन्तै राजीनामा गर भन्नुपर्ने र राजीनामा नगरेपछि अविश्वासको प्रस्ताव सदनमा पेश गर्नुपर्ने थियो। संख्या जतिसुकै होस्, कर्तव्य र दायित्व त पूरा हुन्थ्यो नि। हामी चाहिँ यहाँ जोखना हेरेर बस्ने? जोखना हेरेर बस्दा पहिलो अवसर गुम्यो। जुन बेलामा एमाले र माओवादी बनाएर अदालतले फैसला गरेको थिएन।

त्यो अवस्थामा कम्युनिष्ट पार्टी आफैंमा विभाजित भएर बहुसंख्यकले अविश्वासको प्रस्ताव अगाडि बढाएका थिए। त्यो बेला नै कांग्रेसले हाल्नुपर्ने (अविश्वासको प्रस्ताव) थियो। त्यो बेलाको अवसर गुम्यो। त्यो अवसर जानी जानी गुमाइयो।  के हो भित्र सांँठगाँठ थाहा छैन। त्यसपछि अहिले पनि पछाडि आएर कांग्रेसले जसरी तदारुकताका साथ धर्म निभाउनुपथ्र्यो, त्यो धर्म निभाएको छैन। हाम्रो नेतृत्वले त्यो धर्म निभाएको छैन। त्यो क्रियाशीलता र कर्तव्यपरायणता देखाएको छैन। हाम्रो नेतृत्वमा सरकार बनाउने केपी ओलीलाई राजीनामा गर्न लगाउने अथवा  हटाउने भनेर हाम्रो पार्टीमा हामीले निर्णय त गर्‍यौं।

Xtrem

Xtrem

केपी ओली हटाउने भनेर पार्टीले निर्णय गर्ने, पार्टी नेतृत्वले चाहिँ आलटाल गरेर बस्ने काम भयो। त्यसो भएको हुनाले मैले के देखिराखेको छु भने, जो नेतृत्वमा छन्, राज्यको नेतृत्वमा अथवा पार्टी नेतृत्वमा उनीहरु लोकतान्त्रिक मूल्य मर्यादाप्रति संवेदनशील भएनन्। उनीहरुलाई आफ्नो सत्ताको मात्रै चिन्ता भयो। त्यसले गर्दा मुलुकमा लोकतन्त्रमाथि चिन्ता छाउन थाल्यो। यो अहिलेको चिन्ताको विषय हो।

कोभिडका कारण महाधिवेशनका कार्यतालिकाहरु क्रमशः प्रभावित हुँदै जान्छन्, भदौमा महाधिवेशन नगर्दा वैधानिक रुपमा नै कांग्रेस रहन्न। महाधिवेशन गर्ने बाटो के हुन्छ त?

वैधानिकता र अवैधानिकताबारे हाम्रो पार्टीको नेतृत्वले पर्वाह गर्न नै छोड्यो। यस्ता कुरामा चिन्ता नै भइराखेको देखिन्न। हाम्रो पार्टीको कार्यकाल सकिएको त डेढ वर्ष भइसक्यो। अहिले पनि मानिसहरुलाई चिठ्ठी काटिँदै छ। नियुक्ति बाडिँदै छ। देशभरी त यो विभागको, प्रतिष्ठानको, उपशाखाको सदस्य भइस् भन्दै मान्छेहरुलाई अन्धाधुन्द अवैधानिक तरिकाबाट पत्र काट्ने काम भइरहेको छ। भ्रष्ट र विकृत तरिका अपनाएर पद दिएर आफ्नो पक्षमा जनमत बनाउने घिनलाग्दो खेलहरु अहिले पनि चलिराखेको छ। अहिले सबै क्षेत्रमा स्मूथली क्रियाशिल सदस्यता वितरण भयो, तर जहाँ सभापति र उपसभापतिको प्रभाव छ त्यहाँ खेल भयो। पार्टी प्रवेशको नाममा मनपरि ढंगले क्रियाशिल सदस्यता बाँड्ने, कब्जा गर्ने खालको नीतिनियत लिइएको छ। त्यसैले यो पार्टी कसरी बचाउने भन्ने संकटमा हामी छौं।

नराम्रो काम जतिको भारी पार्टी सभापतिलाई बोकएर मात्रै त हुँदैन होला नि, ट्र्याकमा त ल्याउनुपर्ने होला, कसरी ल्याउन सकिन्छ?

पार्टीलाई ट्र्याकमा ल्याउनका लागि हामीले गर्नेकुरा गरिरहेका छौं, तर नेतृत्वले ठीक ढंगले अधिवेशन गराउने कुरामा इमान्दारिता नदेखाउने हो भने हामी मात्रै बाहिर कराएर अधिवेशन समयमा समयमा सम्पन्न नहुन सक्छ। अधिवेशन समयमा सम्पन्न नहुँदा हाम्रो पार्टीको वैधानिकता नै संकटमा पर्छ। पार्टी विधानमा त संकट परिसक्यो। पार्टीको विधानले त हामी सदस्य नै होइनौं। शेरबहादुर जी सभापति पनि होइन। म केन्द्रीय सदस्य पनि होइन। अब देशको संविधान अनुसार भदौभन्दा उता हामी कोही पनि सदस्य रहदैनौं। कोही पनि पदाधिकारी रहदैनौं। हाम्रो कुनै पनि दाबी पार्टीमा हुँदैन। त्यसकारण अराजक स्थिति जन्मन्छ। त्यस्तो अवस्था आउँछ भने अल्टरनेटिभ उपाय सोच्ने कुरा हामी विचार गर्दैछौं। अहिले म भन्दिनँ कुन चाहिँ अल्टर्नेटिभ हुन्छ भनेर, तर पार्टीको अस्तित्व त बचाउनुपर्‍यो। नेपाली कांग्रेस त यो देशमा बच्नुपर्‍यो। लोकतन्त्रको पहरेदार नेपाली कांग्रेसलाई लोकतान्त्रिक मूल्य, मान्यता अनुसार बचाएर राख्ने कुरामा हामी प्रयत्न गर्छौं।

अबको वैकल्पिक बाटो के हुन्छ भनेर केन्द्रीय समितिमा कहिल्यै छलफपल गर्नुभएको छ? 

केन्द्रीय समितिमा कुनै छलफल भएको छैन। हुन त मैले आफ्ना कुरा समितिमा थोरै प्रवेश त गराएको छु। अहिले विकल्पबारे छलफल गर्ने बेला भएको छैन। अहिले त यही अधिवेशनलाई नै सम्पन्न गर्नेमा हामी छौं।

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १५:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्