• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

महामारीको बेवास्ता गर्दै अवार्ड थाप्ने दौडधुपमा कलाकार

64x64
पुष्पा थपलिया बुधबार, वैशाख १५, २०७८  ०७:०४
1140x725

काठमाडौं- कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै यतिबेला विश्व फेरि त्रसित बनेको छ। केही देशले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लकडाउन गरिसकेका छन्। 

नेपालमा पनि यही वैशाख १६ गतेदेखि लागू हुने गरी विभिन्न जिल्लामा निषेधाज्ञा घोषणा भइसकेको छ। कोरोना संक्रमणको गति तीव्र बन्दै गइरहेको अवस्थामा कलाकारहरू भने अवार्ड थाप्ने दौडधुपमा देखिएका छन्। कोरोना नियन्त्रणका लागि भूमिका खेल्नुपर्ने बेला उनीहरू उल्टै सरकारले जारी गरेको निर्देशनको उल्लंघनमा लागेको देखिन्छ।

नेपाल लाइभले कोभिडको समयलाई कलाकारहरूले कसरी सदुपयोग गरिरहेका छन् भन्ने बुझ्ने कोशिस गरेको थियो। यही क्रममा मंगलबार दिउँसो अभिनेत्री अनु शाहलाई टेलिफोन सम्पर्क गर्दा उनले आफू अवार्ड थाप्न निस्कने तयारीमा रहेको बताइन्। यस्तो अवस्थामा पनि अवार्ड कार्यक्रम छ र? भनी प्रश्न गर्दा उनले उल्टै प्रतिप्रश्न गर्दै भनिन्, ‘सरकारले लकडाउन गरेको दिन त आउनै बाँकी छ हैन र?’

उनी नेपाल म्युजिक एण्ड फेसन शोको अवार्ड थाप्न हिँडेकी हुन्। अवार्ड थाप्नेमात्रै हैन, सुटिङलगायत काममा आफू व्यस्त रहेको उनले बताइन्। उनले भनिन्, ‘भोलि पनि सुटिङमा जाँदै छु।’

निषेधाज्ञा लागू हुन अझै दुई दिन बाँकी रहेकाले आफ्नो व्यस्तता बढेको उनको भनाइ छ। अनुले थाप्ने अवार्ड कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झाको उपस्थिति रहने आयोजकले जानकारी दिएको छ।

महामारीबीच अवार्डको दौडधुपमा रहेका अर्का कलाकार हुन् पल शाह। उनले सोमबारमात्रै एक अवार्ड शोमा सहभागिता जनाए। गत वर्षको लकडाउन खुलेपछि आधाभन्दा धेरै समय म्युजिक भिडियो छयांकनमा बिताएका शाह म्युजिक भिडियोसँग सम्बन्धित प्रायः अवार्ड शोमा पुग्न भ्याउँछन्।

सोमबार मात्रै उनले तेस्रो योङ माइन्ड इन्टरटेनमेन्ट अवार्डमा वर्षकै चर्चित कलाकारको अवार्ड थापे। उनले आयोजकलाई धन्यवाद दिँदै अवार्डसहितका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनीसँगै गायक दुर्गेश थापाले पनि योङ माइन्ड अवार्डको ट्रफी उचालेका छन्।

अन्य कलाकारले पनि उक्त समारोहमा अवार्ड थापेका थिए। धेरैले ट्रफी उचालेका तस्बिर पोस्ट गरेर सामाजिक सञ्जालको भित्ता रंग्याएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यी अवार्ड कार्यक्रम सरकारले भीडभाड हुने गरी सभा, समारोह तथा भेला नगर्न निर्देशन जारी गरेपछिका कार्यक्रमहरू हुन्।

कलाकारलाई ‘देशको गहना’ भन्ने गरिन्छ। यो कुरामा कलाकार स्वयं पनि गर्व गर्ने गर्छन्। तर, देशमा अप्ठ्यारो परिस्थिति आएको बेला पनि उनीहरू सरकारको निर्देशनविपरीत अवार्ड थाप्ने दौडधुपमा लागेका छन्।

हुन त हरेक कुराको आ-आफ्नै विशेषता हुन्छ। त्यसलाई अरूसँग तुलना गर्न मिल्दैन। तर, सबैतिर विपद्को बेला कलाकारले पनि आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने कुरा सामाजिक सञ्जालमा उठेको छ। 

किरण लामाले छिमेकी देशका कलाकारको उदाहरण दिँदै सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘हाम्रा देशका कलाकारले पनि देश समस्यामा परेको बेला सहयोग गर्नुपर्छ। हामीले नेपाली भएकैले नेपाली फिल्म हेर्छाैं भने हामीलाई समस्या परेका बेला उनीहरू किन आफैंमा रमाइरहेका छन्?’

उनले थप लेखेका छन्, ‘त्यति धेरै फ्यान फलोइङ भएका कलाकारले केही नगरे पनि मास्क कसरी लगाउने, भीडभाडमा किन नजाने, सामाजिक दूरी किन कायम गर्नेजस्ता बिषयमा भिडियोमार्फत् जनचेतना फैलाउन सक्छन्।’

छिमेकी देशका कलाकार के गर्दै छन्?
बलिउड अभिनेता सोनु सुद यतिखेर जनचेतना फैलाउन व्यस्त छन्। उनी आफैं कोरोना पोजिटिभ भए पनि विभिन्न भिडियो अन्तर्वार्तामार्फत् जनचेतना फैलाउने काममा व्यस्त भएका हुन्। 

उनले सामाजिक सञ्जालमा टेलिग्राम च्यानल बनाएर सक्रिय युवाहरूलाई स्वयंसेवकका रूपमा खटाइरहेका छन्। ‘हाथ से हाथ मिलाएँगे, देशको बचाएँगे’ भन्दै उनले युवालाई एक ठाउँमा ल्याएका छन्। साथै, विभिन्न ठाउँबाट आएर अक्सिजन अभावको समस्यामा परेका तथा इमर्जेन्सीका बिरामीलाई उनले सहयोग गरिरहेका छन्।

अभिनता सुदको सामाजिक सञ्जाल हेर्ने हो भने अक्सिजन सकिएका, इमर्जेन्सीमा परेका बिरामीहरूलाई सकुशल उद्धार गरिएको विषय हेर्न र पढ्न पाइन्छ। उनलाई पञ्जाव सरकारले कोभिडसँग लड्नकै लागि निःशुल्क खटाएको छ। 

सुदले सीमामा अलपत्र परेका नेपालीलाई खाना र पानीसमेत वितरण गरेका थिए। उनी स्वयं उपस्थित हुँदा सबैले उनको नाममा नारा लगाएका थिए। भारतले उनलाई वास्तविक जीवनको हिरोको उपमासमेत दिएको छ। उनले कीर्गिस्तानमा अलपत्र परेका एक हजार भारतीय नागरिकलाई व्यक्तिगत रूपमा जहाज चार्टर्ड गरेर उद्धारसमेत गरेका थिए।

त्यस्तै, अभिनेत्री सुस्मिता सेनले दिल्लीका विभिन्न अस्पतालमा सिलिण्डर उपलब्ध गराएकी छन्। सेनले सामाजिक सञ्जाल ट्विटरमा सिलिन्डरको अभाव भएकाले त्यसको व्यवस्था गरेको बताएकी छन्। मुम्बईबाट दिल्लीसम्म अक्सिजन पुर्‍याउने उपाय नभेटेको भन्दै उनले सहयोगको अपिलसमेत गरेकी छन्।

सुस्मिता र सोनुजस्तै अन्य कलाकार पनि अहोरात्र कोभिडका बिरामीको सेवामा खटिएका छन्। अभिनेता सलमान खानले सम्पूर्ण अस्पतालका ‘फ्रन्टलाइनटर’ चिकित्सकका लागि खाना र पानीको व्यवस्था आफैं उपस्थित भएर गरिरहेका छन्। आर्थिक रूपमा सहयोग गर्न नसक्नेहरूले पनि जनचेतना फैलाउने काममा सामाजिक सञ्जालको भरपुर उपयोग गरिरहेका छन्।

प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड... मंगलबार, भदौ ३०, २०८३
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबीच खेल मैदानमा सम्बन्ध स... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
भोटेकोशी बाढीको नामकरण गर्दै सरकार, सात सदस्यीय वैज्ञानिक समिति गठन शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा थप १८ शव भेटिए, निकाल्ने प्रयास जारी शुक्रबार, असोज २, २०८३
भारत–नेपाल आईजीएससी बैठक सम्पन्न, व्यापार र पारवहन सहकार्य बढाउने प्रतिबद्धता शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गरेर २ करोड ५० लाख ठगी, दुई जना पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्