• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २, २०८२ Wed, Dec 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

महामारीको बेवास्ता गर्दै अवार्ड थाप्ने दौडधुपमा कलाकार

64x64
पुष्पा थपलिया बुधबार, वैशाख १५, २०७८  ०७:०४
1140x725

काठमाडौं- कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै यतिबेला विश्व फेरि त्रसित बनेको छ। केही देशले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लकडाउन गरिसकेका छन्। 

नेपालमा पनि यही वैशाख १६ गतेदेखि लागू हुने गरी विभिन्न जिल्लामा निषेधाज्ञा घोषणा भइसकेको छ। कोरोना संक्रमणको गति तीव्र बन्दै गइरहेको अवस्थामा कलाकारहरू भने अवार्ड थाप्ने दौडधुपमा देखिएका छन्। कोरोना नियन्त्रणका लागि भूमिका खेल्नुपर्ने बेला उनीहरू उल्टै सरकारले जारी गरेको निर्देशनको उल्लंघनमा लागेको देखिन्छ।

नेपाल लाइभले कोभिडको समयलाई कलाकारहरूले कसरी सदुपयोग गरिरहेका छन् भन्ने बुझ्ने कोशिस गरेको थियो। यही क्रममा मंगलबार दिउँसो अभिनेत्री अनु शाहलाई टेलिफोन सम्पर्क गर्दा उनले आफू अवार्ड थाप्न निस्कने तयारीमा रहेको बताइन्। यस्तो अवस्थामा पनि अवार्ड कार्यक्रम छ र? भनी प्रश्न गर्दा उनले उल्टै प्रतिप्रश्न गर्दै भनिन्, ‘सरकारले लकडाउन गरेको दिन त आउनै बाँकी छ हैन र?’

उनी नेपाल म्युजिक एण्ड फेसन शोको अवार्ड थाप्न हिँडेकी हुन्। अवार्ड थाप्नेमात्रै हैन, सुटिङलगायत काममा आफू व्यस्त रहेको उनले बताइन्। उनले भनिन्, ‘भोलि पनि सुटिङमा जाँदै छु।’

निषेधाज्ञा लागू हुन अझै दुई दिन बाँकी रहेकाले आफ्नो व्यस्तता बढेको उनको भनाइ छ। अनुले थाप्ने अवार्ड कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झाको उपस्थिति रहने आयोजकले जानकारी दिएको छ।

महामारीबीच अवार्डको दौडधुपमा रहेका अर्का कलाकार हुन् पल शाह। उनले सोमबारमात्रै एक अवार्ड शोमा सहभागिता जनाए। गत वर्षको लकडाउन खुलेपछि आधाभन्दा धेरै समय म्युजिक भिडियो छयांकनमा बिताएका शाह म्युजिक भिडियोसँग सम्बन्धित प्रायः अवार्ड शोमा पुग्न भ्याउँछन्।

सोमबार मात्रै उनले तेस्रो योङ माइन्ड इन्टरटेनमेन्ट अवार्डमा वर्षकै चर्चित कलाकारको अवार्ड थापे। उनले आयोजकलाई धन्यवाद दिँदै अवार्डसहितका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनीसँगै गायक दुर्गेश थापाले पनि योङ माइन्ड अवार्डको ट्रफी उचालेका छन्।

अन्य कलाकारले पनि उक्त समारोहमा अवार्ड थापेका थिए। धेरैले ट्रफी उचालेका तस्बिर पोस्ट गरेर सामाजिक सञ्जालको भित्ता रंग्याएका छन्।

Ncell 2
Ncell 2

यी अवार्ड कार्यक्रम सरकारले भीडभाड हुने गरी सभा, समारोह तथा भेला नगर्न निर्देशन जारी गरेपछिका कार्यक्रमहरू हुन्।

कलाकारलाई ‘देशको गहना’ भन्ने गरिन्छ। यो कुरामा कलाकार स्वयं पनि गर्व गर्ने गर्छन्। तर, देशमा अप्ठ्यारो परिस्थिति आएको बेला पनि उनीहरू सरकारको निर्देशनविपरीत अवार्ड थाप्ने दौडधुपमा लागेका छन्।

हुन त हरेक कुराको आ-आफ्नै विशेषता हुन्छ। त्यसलाई अरूसँग तुलना गर्न मिल्दैन। तर, सबैतिर विपद्को बेला कलाकारले पनि आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने कुरा सामाजिक सञ्जालमा उठेको छ। 

किरण लामाले छिमेकी देशका कलाकारको उदाहरण दिँदै सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘हाम्रा देशका कलाकारले पनि देश समस्यामा परेको बेला सहयोग गर्नुपर्छ। हामीले नेपाली भएकैले नेपाली फिल्म हेर्छाैं भने हामीलाई समस्या परेका बेला उनीहरू किन आफैंमा रमाइरहेका छन्?’

उनले थप लेखेका छन्, ‘त्यति धेरै फ्यान फलोइङ भएका कलाकारले केही नगरे पनि मास्क कसरी लगाउने, भीडभाडमा किन नजाने, सामाजिक दूरी किन कायम गर्नेजस्ता बिषयमा भिडियोमार्फत् जनचेतना फैलाउन सक्छन्।’

छिमेकी देशका कलाकार के गर्दै छन्?
बलिउड अभिनेता सोनु सुद यतिखेर जनचेतना फैलाउन व्यस्त छन्। उनी आफैं कोरोना पोजिटिभ भए पनि विभिन्न भिडियो अन्तर्वार्तामार्फत् जनचेतना फैलाउने काममा व्यस्त भएका हुन्। 

उनले सामाजिक सञ्जालमा टेलिग्राम च्यानल बनाएर सक्रिय युवाहरूलाई स्वयंसेवकका रूपमा खटाइरहेका छन्। ‘हाथ से हाथ मिलाएँगे, देशको बचाएँगे’ भन्दै उनले युवालाई एक ठाउँमा ल्याएका छन्। साथै, विभिन्न ठाउँबाट आएर अक्सिजन अभावको समस्यामा परेका तथा इमर्जेन्सीका बिरामीलाई उनले सहयोग गरिरहेका छन्।

अभिनता सुदको सामाजिक सञ्जाल हेर्ने हो भने अक्सिजन सकिएका, इमर्जेन्सीमा परेका बिरामीहरूलाई सकुशल उद्धार गरिएको विषय हेर्न र पढ्न पाइन्छ। उनलाई पञ्जाव सरकारले कोभिडसँग लड्नकै लागि निःशुल्क खटाएको छ। 

सुदले सीमामा अलपत्र परेका नेपालीलाई खाना र पानीसमेत वितरण गरेका थिए। उनी स्वयं उपस्थित हुँदा सबैले उनको नाममा नारा लगाएका थिए। भारतले उनलाई वास्तविक जीवनको हिरोको उपमासमेत दिएको छ। उनले कीर्गिस्तानमा अलपत्र परेका एक हजार भारतीय नागरिकलाई व्यक्तिगत रूपमा जहाज चार्टर्ड गरेर उद्धारसमेत गरेका थिए।

त्यस्तै, अभिनेत्री सुस्मिता सेनले दिल्लीका विभिन्न अस्पतालमा सिलिण्डर उपलब्ध गराएकी छन्। सेनले सामाजिक सञ्जाल ट्विटरमा सिलिन्डरको अभाव भएकाले त्यसको व्यवस्था गरेको बताएकी छन्। मुम्बईबाट दिल्लीसम्म अक्सिजन पुर्‍याउने उपाय नभेटेको भन्दै उनले सहयोगको अपिलसमेत गरेकी छन्।

सुस्मिता र सोनुजस्तै अन्य कलाकार पनि अहोरात्र कोभिडका बिरामीको सेवामा खटिएका छन्। अभिनेता सलमान खानले सम्पूर्ण अस्पतालका ‘फ्रन्टलाइनटर’ चिकित्सकका लागि खाना र पानीको व्यवस्था आफैं उपस्थित भएर गरिरहेका छन्। आर्थिक रूपमा सहयोग गर्न नसक्नेहरूले पनि जनचेतना फैलाउने काममा सामाजिक सञ्जालको भरपुर उपयोग गरिरहेका छन्।

प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
किताब जात्रामा कविताका साथमा गुन्जिए नायक नाजिर हुसेन उनले आफ्नो सानो हत्केलामा बाआमाका औंला समात्दै तातेताते गर्दै हिँडेको अनुभूति मात्र व्यक्त गरेनन्। आमाको न्यानो काख र कोखको चर्चा गर... बिहीबार, मंसिर २५, २०८२
भारतीय अभिनेता असरानीको निधन उनी ८४ वर्षका थिए। लामो बिरामीका कारण उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्। मंगलबार, कात्तिक ४, २०८२
निःसन्तान जोडीको कथामा रामजी ज्ञवालीले बनाए ‘निःशब्द’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म... शुक्रबार, साउन ९, २०८२
ताजा समाचारसबै
सुनको मूल्य सामान्य बढ्यो बुधबार, पुस २, २०८२
‘टनकपुर ब्यारेजबाट नेपालतर्फ पानी छाड्न भारतसँग समन्वय भइरहेको छ’ : ऊर्जा मन्त्री घिसिङ बुधबार, पुस २, २०८२
नागढुंगा–मलेखु सडक आजबाट खुला बुधबार, पुस २, २०८२
एमाले महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु बुधबार, पुस २, २०८२
भिरबाट लडेर वृद्धाको मृत्यु बुधबार, पुस २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ओली प्यानलबाट रघुजी पन्त उपाध्यक्षका उम्मेदवार मंगलबार, पुस १, २०८२
ओलीको समूहमा समेटिए सुहाङ नेम्वाङ र अमित लामा मंगलबार, पुस १, २०८२
ओलीको साथ छोड्दै ईश्वर प्यानलको सचिवमा समेटिए अग्नि खरेल मंगलबार, पुस १, २०८२
एमाले महाधिवेशन : मतदान बुधबार बिहान ८ बजेदेखि मंगलबार, पुस १, २०८२
हर्क साम्पाङको पार्टीका उपाध्यक्ष पक्राउ, बबरमहल विस्फोटको घटनामा बसिसकेका थिए जेल मंगलबार, पुस १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्